Dictionary

All Word

43401 धक्का ना. १. कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ; ठोकिने काम ; ठक्कर।
43402 धक्का ना. २. धकेल्ने वा ठेल्ने काम; धक्क्याइ।
43403 धक्का ना. ३. दुःख, शोक, हानि आदिबाट हुने मानसिक चोट; आन्तरिक आघात।
43404 धक्किनु अ.क्रि. धक्का खानु।
43405 धक्काधक्की ना. परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुऱ्याउने काम; धकेलाधकेल।
43406 धक्काधार ना. धक; सङ्कोच।
43407 धक्कु ना. फोस्रो धाक; बोक्रे फुर्ती; रवाफ।
43408 धक्क्याइ ना. धक्क्याउने क्रिया वा प्रक्रिया; धकेलाइ।
43409 धक्क्याइनु क.क्रि. धक्का दिइनु।
43410 धक्क्याउनु स.क्रि. १. एकले अर्कालाई बेसरी धक्का दिनु; धकेल्नु; ठेल्नु।
43411 धक्क्याउनु स.क्रि. २. चाँहिदोभन्दा बढी हाल्नु; कोच्नु।
43412 धक्क्याउनु स.क्रि. ३. समाप्त गर्नु; सिद्ध्याउनु।
43413 धक्क्याउनु स.क्रि. ४. पन्छाउनु; पर सार्नु।
43414 धज ना. १. आफ्नो कमजोरी लुकाएर बाहिर फुर्ती देखाउने काम; सेखी; तुजुक; घमन्ड।
43415 धज ना. २. तडकभडक देखाउने काम; ठाँटबाँट।
43416 धजा ना. धजो।
43417 धजाधजी ना. सानाठुला धजाहरूको समूह।
43418 धजिलो वि. १. सेखी गर्ने; घमन्डी।
43419 धजिलो वि. २. ठाँटिलो; भड्किलो।
43420 धजिलो वि. ३. धजैधजाले भरिएको; धजाहरू टाँगिएको।
43421 धजैधजा ना. सानाठुला धेरै धजाको समूह; धजाधजी।
43422 धजो ना. १. झन्डा; ध्वजा।
43423 धजो ना. २. देवदेवीलाई चढाइने वा लिङ्गाहरूमा टाँगिने कपडाको सानो टुक्रो; पताका।
43424 धजो ना. ३. कछाडको रूपमा पहिरिने कपडाको ठुलो टुक्रो; धरो।
43425 धज्जी ना. कसैको कमजोरी वा नराम्रो कुरा खोतल्ने काम; त्यस्तो कुरामा उडाइने खिल्ली; पर्दाफास।
43426 धड्नु स.क्रि. १. रोगले ग्रस्त तुल्याउनु; सिकिस्त हुनु।
43427 धड्नु स.क्रि. २. कडाइका साथ पक्रनु।
43428 धड्नु स.क्रि. ३. आक्रमण गर्नु, झम्टनु।
43429 धड्नु स.क्रि. ४. जबरजस्तीसित असुलउपर गर्नु।
43430 धड ना. १. टाउको, हात, खुट्टा आदि अङ्गबाहेकको शरीर।
43431 धड ना. २. शरीरको पछिल्लो भागमा करङहरू जोडिएर रहने मूल हड्डी।
43432 धडङ्गाहा वि. ठुलो घड भएको; ढाड ठुलो भएको (व्यक्ति)।
43433 धडपकड ना. १. धड्ने र पक्रने काम; जबरजस्तीसँग गरिने पक्राउ।
43434 धडपकड ना. २. कडिकडाउसँग ताकिता गर्ने वा समाउने काम।
43435 धडपकड ना. ३. रोगले बेसरी च्याप्ने स्थिति; सिकिस्ती।
43436 धडाइ ना. धड्ने भाव, क्रिया वा प्रक्रिया।
43437 धडाइनु क.क्रि. धड्न लाइनु; धड्ने पारिनु।
43438 धडाउनु प्रे. क्रि. धड्न लाउनु; धड्ने पार्नु।
43439 धडाधड क्रि.वि. चाँडोचाँडो काम सिद्ध्याउने गरी; सरासर; धमाधम; खराखर।
43440 धडाधडी क्रि.वि. धडाधडसँग।
43441 धडिनु क.क्रि. १. धड्ने काम गरिनु।
43442 धडिनु क.क्रि. २. ग्रस्त पारिनु।
43443 धड्कनु अ.क्रि. डर वा परिश्रमले चाँडो-चाँडो मुटु चल्नु; मुटु ढुकढुक गर्नु; मुटु हल्लनु।
43444 धड्कन ना. मुटु हल्लँदा उत्पन्न हुने शब्द; हृदयगतिको तीव्र कम्पन; धुकधुक।
43445 धड्काइ ना. १. धड्कने भाव, क्रिया वा प्रक्रिया।[धड्काउ+आइ]
43446 धड्काइ ना. २. धड्काउने भाव, क्रिया वा प्रक्रिया।
43447 धड्काइनु क.क्रि. धड्कने वा धड्काउने काम गरिनु।
43448 धड्काउनु प्रे. क्रि. १. धड्कने पार्नु; धड्कन लाउनु।
43449 धड्काउनु प्रे. क्रि. २. कुनै काम उत्साहका साथ चाँडोचाँडो गर्नु।
43450 धड्काउनु प्रे. क्रि. ३. हतारहतार गरी कुनै काम सिद्ध्याउनु।