Dictionary

All Word

43501 धन ना. ८. हिसाबकिताबमा कसैका नाउँमा जम्मा भएको रकमकलम; (क्रेडिट)।
43502 धनकुटा ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने कोसी अञ्चलअन्तर्गतको एक पहाडी जिल्ला, त्यसै जिल्लाको सदर मुकाम।
43503 धनकुटाली/धनकुटे/धनकुटेली वि. १. धनकुटाको बासिन्दा।
43504 धनकुटाली/धनकुटे/धनकुटेली वि. २. धनकुटासम्बन्धी।
43505 धनकुबेर वि. कुबेरसमानको धनी, ठुलो धनी; प्रशस्त सम्पत्तिवाल।
43506 धनजमानी ना. १. असामीले बुझाउनुपर्ने रकम वा पूरा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल।
43507 धनजमानी ना. २. त्यस्तो कबुल गर्ने व्यक्ति।
43508 धनजमानी ना. ३. जमानत राखिएको रकम।
43509 धनजमानी पत्र भाकाभित्र कुनै रकम बुझाउन नसकेमा 'म बुझाउँला' भनी भरपर्दो व्यक्तिले गरिदिने कागज; धनजमानी बस्नेको लिखत।
43510 धनञ्जय ना. १. प्राणीका शरीरभित्र रहने पोसिलो वायु।
43511 धनञ्जय ना. २. धनलाई जित्ने व्यक्ति; अर्जुन।
43512 धनञ्जय ना. 3. अग्नि।
43513 धनञ्जय गोत्र ना. धनञ्जय ऋषिको कुल वा वंशको परिचायक नाम (यस गोत्रमा हुमागाईं, रिजाल, पगेंनी, बसेल, कुकुरकाटे, गुरागाईं, भुसाल, गैरीपिप्ली, खुलाल बस्नेत र खुलाल बुढाथोकी पर्छन्।)।
43514 धनतले वाराही ना. ललितपुर सहरका इलाकामा रहेकी एक देवी; चार वाराहीमध्ये एक।
43515 धनद वि. १. धन वा सम्पत्ति दिने। ना.
43516 धनद वि. २. कुबेर।
43517 धनदौलत ना. धनसम्पत्ति; श्रीसम्पत्ति।
43518 धनधान्य ना. धन, धान आदि विविध किसिमको सम्पत्ति; श्रीसम्पत्ति; ऐश्वर्य।
43519 धनपति ना. १. धनी व्यक्ति; धन भएको मान्छे।
43520 धनपति ना. २. खजान्ची; कोषाध्यक्ष।
43521 धनपति ना. ३. कुबेर।
43522 धनपिशाच ना. कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच।
43523 धनपुत्ला ना. चैतवैशाखतिर पानी पर्नासाथ माटामुनिबाट निस्कने पखेटा हुने कमिलोजस्तो किरो; धमिरो।
43524 धन प्रेषणादेश ना. हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनीअर्डर।
43525 धनमति वि. धन कमाउने मात्र लक्ष्य भएको।
43526 धनमत्त वि. धनले मात्तिएको; सम्पत्तिको सेखी गर्ने।
43527 धनमाल ना. चलअचल सम्पत्ति; जायजेथा; धनसम्पत्ति।
43528 धनराशि ना. १. धनको थुप्रो।
43529 धनराशि ना. २. ज्योतिषका बाह्र राशिमध्ये एक राशि।
43530 धनवान् वि. प्रशस्त धन भएको; धनी; अमिर।
43531 धन विद्युताणु ना. विद्युतीय परमाणुहरूमा धनयोग भएको परमाणु; धनात्मक कण वा अणु।
43532 धनशाली वि. धनवान्; धनी।
43533 धनसम्पत्ति ना. १. धेरै मूल्य पर्ने र क्रयविक्रय गर्न सकिने सबै किसिमका वस्तु; रुपियाँपैसा, जमिन, जायजेथा आदि मूल्यवान् वस्तु।
43534 धनसम्पत्ति ना. २. कुनै व्यक्ति, समाज वा राष्ट्र आदिको अधिकारमा रहने उक्त वस्तु।
43535 धनसार ना. १. धान राखिने घर; ढुकुटी।
43536 धनसार ना. २. माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभैँसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा।
43537 धनसिरी ना. नेपाली लोकगीतमा प्रचलित एक किसिमको राग वा लय।
43538 धनहर ना. १. प्रशस्त धान फल्ने खेत।
43539 धनहर ना. २. धानखेत।
43540 धनहीन वि. धन नभएको; निर्धन; गरिप।
43541 धनाइ ना. धान्ने भाव, क्रिया वा प्रक्रिया।
43542 धनाइनु क.क्रि. धान्न लाइनु; धान्ने पारिनु।
43543 धनाउनु प्रे. क्रि. धान्न लाउनु; धान्ने पार्नु।
43544 धनाढ्य वि. प्रशस्त धन भएको; पुँजीपति, महाजन।
43545 धनात्मक वि. १. धन भएको पक्षले युक्त।
43546 धनात्मक वि. २. धनपक्षसँग सम्बन्धित।
43547 धनात्मक कण ना. धनात्मक विद्युत्शक्ति भएको परमाणुका केन्द्रमा रहने एक प्रकारको अत्यन्त सूक्ष्म कण; धन- विद्युताणु।
43548 धनादेश ना. १. कसैलाई कुनै धन दिने आदेश वा आज्ञा।
43549 धनादेश ना. २. हुलाक अड्डाद्वारा कुनै अन्य ठाउँमा रहने व्यक्तिलाई पठाइने धन; मनीआर्डर।
43550 धनाधिप ना. १. धनको मालिक; कुबेर।