Dictionary

All Word

43601 धनुष्मान् ना. १. धनु धारण गर्ने व्यक्ति; धनुर्धर।
43602 धनुष्मान् ना. २. उत्तर दिशाको एक पर्वत।
43603 धनेश ना. १. धनको मालिक।
43604 धनेश ना. २. कुबेर।
43605 धनेश ना. ३. विष्णु।
43606 धनेश ना. ४. जन्मकुण्डलीमा लग्नबाट दोस्रो स्थानमा रहेको वा बलियो दृष्टि परेको ग्रह।
43607 धनेश्वर ना. १. धनको मालिक।
43608 धनेश्वर ना. २. कुबेर।
43609 धनेश्वर ना. ३. विष्णु।
43610 धनेश्वर ना. ४. बाग्मती अञ्चलअन्तर्गत काभ्रे जिल्लामा पर्ने धान्नीपूर्णिमा र सोपछिको पञ्चमीमा ठुलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिर।
43611 धनेस ना. गर्दन र चुच्चो बढी लामो हुने र खुट्टासमेत अग्ला भई लमकलमक गरेर हिँडने एक जातको चरो।
43612 धन्दा ना. १. कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो।
43613 धन्दा ना. २. शोकसुर्ता, चिन्ता।
43614 धन्दा ना. ३. कामधन्दा।
43615 धन्दा ना. ४. घरेलु कामकाज; धन्धा।
43616 धन्दा ना. ५. जीविकोपार्जनका निम्ति गरिने काम; पेसा।
43617 धन्दा ना. ६. उद्योगधन्धा।
43618 धन्दा ना. ७. भाँडा माझ्ने काम।
43619 धन्दे वि. धन्दा गर्ने।
43620 धन्दे भाग ना. घरधन्दा गर्ने व्यक्तिका निम्ति पर सारिने भाग; धन्दा गर्नेलाई दिइने भाग।
43621 धन्धा ना. हे. धन्दा।
43622 धन्न / धन्ने वि. धन्य।
43623 धन्न / धन्ने हो वि.बो. खुसी वा व्यङ्ग्यमा प्रकट गरिने उद्गार; साहै राम्रो; बहुत भयो; पुग्यो (उदा.- धन्न हो, तपाईंले भानिजका लागि धेरै गर्नुभयो ! दिनभरि सुतेर बस्यौ होइन ? धन्ने हो ! )
43624 धन्य वि. १. विशेष योग्यता वा यस्तै कारणले प्रशंसा गर्न योग्य; राम्रो काम गर्ने।
43625 धन्य वि. २. कृतार्थ; कृतकृत्य। वि.बो. राम्रो वा बहादुरीको काम गर्नेलाई प्रशंसा गर्दा भनिने शब्द; धन्यधान्य।
43626 धन्यम्मन्य वि. आफूलाई धन्य र भाग्यमानी ठान्ने।
43627 धन्यवाद ना. १. उपकार, अनुग्रह आदि गरेकोमा कृतज्ञता प्रकट गरेर भनिने शब्द; साधुवाद।
43628 धन्यवाद ना. २. प्रशंसा; तारिफ।
43629 धन्यवाद ज्ञापन ना. कसैले गरेको उपकार, अनुग्रह आदिका सट्टामा कृतज्ञता जनाउने काम; कृतज्ञताज्ञापन।
43630 धन्या ना. १. धाईआमा; धाई।
43631 धन्या ना. २. अमला।
43632 धन्या ना. ३. धनियाँ। वि.
43633 धन्या ना. ४. प्रशंसा गर्न लायककी (स्त्री)।
43634 धन्वन्तरि ना. १. आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य।
43635 धन्वन्तरि ना. २. विष्णुका चौबिस अवतारमध्ये एक।
43636 धन्वन्तरि ना. ३. समुद्रमन्थनबाट निस्केका चौध रत्नमध्ये एक।
43637 धन्वन्तरि ना. ४. राजा विक्रमादित्यका सभाका नवरत्नमध्ये एक।
43638 धन्वी वि. १. धनुर्धारण गर्ने; धनुर्धारी। ना.
43639 धन्वी वि. २. धनु लिने व्यक्ति; धनुर्धर।
43640 धन्वी वि. ३. अर्जुन।
43641 धन्वी वि. ४. राम।
43642 धपक्क क्रि.वि. १. बत्ती, आगो आदि एकाएक बल्ने वा निभ्ने गरी।
43643 धपक्क क्रि.वि. २. रूप चौपट्ट खुलेर वा सिँगारपटार गरेर; एकदमसित सजिने गरी।
43644 धपाइनु क.क्रि. लगारिनु; लखेटिनु।
43645 धपाउनु स.क्रि. १. कुनै ठाउँबाट कसैलाई हटाउनु; लगार्नु; खेद्नु; लखेट्नु।
43646 धपाउनु स.क्रि. २. देशनिकाला गर्नु; देशबाट निर्वासन गर्नु।
43647 धपाउनु स.क्रि. ३. बिस्तारै हिँडेको गाईबस्तुलाई पछाडिबाट खेद्नु।
43648 धपिनु क.क्रि. धपाउने काम गरिनु; लखेटिनु।
43649 धपेड्नु स.क्रि. १. धावा पर्ने गरी लखेट्नु; खेद्नु।
43650 धपेड्नु स.क्रि. २. धपेडी गर्नु।