Dictionary

All Word

43651 धपेड ना. धावा पर्ने स्थिति; धपेडाइ; थकाइ।
43652 धपेडाइ ना. धपेडिने भाव, क्रिया वा प्रक्रिया।
43653 धपेडाइनु क.क्रि. धपेडिने पारिनु; धपाइनु।
43654 धपेडाउनु प्रे. क्रि. धपेड्न लाउनु; धपाउनु।
43655 धपेडिनु अ.क्रि. हिँडाइ वा कुनै कामबाट ज्यादा थाक्नु; धपेडी गर्नु।
43656 धपेडी/धपेरी ना. १. लगातारको हिँडाइ वा बढ्ता कामबाट हुने अत्यधिक परिश्रम; धामा।
43657 धपेडी/धपेरी ना. २. जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता।
43658 धपोट ना. ढपोट।
43659 धप्कादार वि. धप्को भएको; धप्प बल्ने।
43660 धप्प क्रि.वि. १. एकाएक आगो, बत्ती आदि बल्ने वा निभ्ने गरी।
43661 धप्प क्रि.वि. २. लुगा, गहना आदिले सिँगारिने गरी; झिकिझकाउ; झरिट्ट।
43662 धब्बा ना. १. दाग; टाटो।
43663 धब्बा ना. २. दोष; कलङ्क।
43664 धब्बा ना. ३. आरोप; अभियोग।
43665 धमन ना. १. आगो फुक्ने काम।
43666 धमन ना. २. खलाँती चलाउने काम।
43667 धमनी ना. १. हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा।
43668 धमनी ना. २. गर्दन; गलो; घाँटी; घोक्रो।
43669 धमाधम क्रि.वि. १. कुनै काम सरासर गरिरहने गरी; लगातार; निरन्तर। ना.
43670 धमाधम क्रि.वि. २. धावाधावासँग कुनै काम गरिने क्रिया - प्रक्रिया।
43671 धमार ना. १. भइरहेको कामलाई ध्वस्त पार्ने काम।
43672 धमार ना. २. उपद्रो; उत्पात।
43673 धमार ना. ३. बलिरहेको आगामा साधुहरूद्वारा कुदने क्रिया।
43674 धमार ना. ४. धूमचक्र मच्चाउने काम।
43675 धमारी ना. १. उधुम मच्चाउने क्रियाप्रक्रिया।
43676 धमारी ना. २. उपद्रो; उत्पात।
43677 धमारी ना. ३. नचाहिँदोसँग चलाचल र खेलद्वारा धूमचक्र मच्चाउने काम। वि.
43678 धमारी ना. ४. धमारसम्बन्धी।
43679 धमास १. कसैलाई देखाइने मपाईंपूर्ण शक्ति; धाक; घमन्ड।
43680 धमास २. चुनौती; हाँक; ललकार।
43681 धमिनी ना. १. धामीझाँक्रीको काम गर्ने आइमाई।
43682 धमिनी ना. २. धामीकी स्वास्नी।
43683 धमिरा ना. धमिरो।
43684 धमिरा धमिरी ना. सानाठुला धेरै धमिरा; धमिराहरूको समूह।
43685 धमिरे वि. १. धमिराको जस्तो स्वभाव भएको।
43686 धमिरे वि. २. आफ्नै आश्रयस्थल र आफन्तसमेतलाई भित्रभित्रै नजानिँदो किसिमले खोक्रो पार्ने (व्यक्ति)।
43687 धमिरो ना. माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ आदिलाई खाँदै जाने, कमिलाका आकारको एक जातको रातो र खैरो किरो; काठ, किताब आदिलाई छियाछिया पारेर नष्ट गर्ने किरो।
43688 धमिलिनु अ.क्रि. १. धमिलो हुनु, पानी आदि तरल पदार्थ मैलिनु।
43689 धमिलिनु अ.क्रि. २. आँखाले राम्ररी ठम्याउन नसक्नु।
43690 धमिलिनु अ.क्रि. ३. बादल लागेर सूर्यको प्रकाश छेकिनाले स्पष्टसित नदेखिनु।
43691 धमिलिनु अ.क्रि. ४. मनमा शङ्का उब्जनु।
43692 धमिलिनु अ.क्रि. ५. कारणवश स्नेह, प्रेम आदि कम हुनु।
43693 धमिलिनु अ.क्रि. ६. व्यवहार तथा घरगृहस्थी बिग्रनु।
43694 धमिलो वि. १. धुलो, कसिङ्गर आदि परेर मैलो भएको (पानी)।
43695 धमिलो वि. २. राम्रोसँग नदेखिने; अस्पष्ट।
43696 धमिलो वि. ३. उज्जर नभएको।
43697 धमिलो वि. ४. दूषित विचार भएको।
43698 धमिलो पानी ना. जाँड; बियर।
43699 धमिल्याइ ना. धमिल्याउने वा धमिलो हुने भाव, क्रिया वा प्रक्रिया।
43700 धमिल्याइनु क.क्रि. धमिलो पारिनु।