Dictionary

All Word

43801 धरातलीय वि. १. धरातलसम्बन्धी; धरातलको।
43802 धरातलीय वि. २. पृथ्वीका क्षेत्रफलसँग सम्बन्धित।
43803 धरातलीय वि. ३. पृथ्वीमा भएको।
43804 धरातलीय वर्षा ना. जलवाष्पयुक्त वायु पहाड उक्लँदा हुने वर्षा।
43805 धरात्मज ना. १. धराको आत्मज; पृथ्वीपुत्र; मङ्गलग्रह।
43806 धरात्मज ना. २. नरकासुर।
43807 धरात्मजा ना. सीता; जानकी।
43808 धराधर ना. १. पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु।
43809 धराधर ना. २. विष्णु।
43810 धराधर ना. ३. शेषनाग।
43811 धराधर ना. ४. पर्वत; पहाड।
43812 धराधिप ना. पृथ्वीका अधिपति; राजा; भूपति।
43813 धराधीश ना. धराका अधीश; राजा।
43814 धरान ना. १. आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड।
43815 धरान ना. २. पूर्वी नेपालको कोसी अञ्चलमा पर्ने सुनसरी जिल्लाको एक प्रसिद्ध ठाउँ वा सहर।
43816 धरान ना. ३. कुनै विषयमा आपसी सल्लाहअनुसार गरिएको निर्णय, निधो।
43817 धराने धरानमा बस्ने; धरानमा उब्जने वा हुने; धरानको।
43818 धराप ना. १. पशुपक्षीलाई अल्झनमा पारेर समाउनका निम्ति बनाइएका खाडल, डोरी, खोर, पासो आदि।
43819 धराप ना. २. जोखिमी वस्तु।
43820 धराप ना. ३. खतरा ठाउँ।
43821 धरापिलो वि. धराप भएको; धरापजस्तो डरलाग्दो; जोखिमी; खतरनाक।
43822 धराली ना. केटाकेटीको हेरविचार गर्ने आइमाई; बालबालिकाको संरक्षण गर्ने स्त्री; धाई।
43823 धराले ना. १. धरालो। वि.
43824 धराले ना. २. धरालोसम्बन्धी; धरालाको।
43825 धरालो ना. केटाकेटीको हेरचाह गर्ने व्यक्ति; बालकको संरक्षण गर्ने व्यक्ति।
43826 धराल्नी ना. हे. धराली।
43827 धराशायी वि. १. धरामा शयन गरेको जमिनमा पछारिएको; लडेको।
43828 धराशायी वि. २. मरेको।
43829 धरि ना. समेत; लगायत; पर्यन्त; तक; पनि। (उदा.- उसले अरू सामान त के जुत्ताधरि माग्न छाड्दैन।)
43830 धरित्री ना. धरती; पृथ्वी।
43831 धरिन ना. तलो थाम्नका निम्ति तेर्स्याइएको ठुलो र लामो काठ; निदाल।
43832 धरिनु क.क्रि. धर्ने काम गरिनु।
43833 धरो ना. धर; धर्को; धजो।
43834 धरोधर्म ना. कुनै कामकुरामा अरूलाई विश्वास दिलाउन धर्म साछी राखेर गरिने शपथ; धर्म भाक्ने काम; किरिया; कसम।
43835 धरोट/धरौट ना. १. पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो।
43836 धरोट/धरौट ना. २. सापट लिएका रुपियाँको जमानतस्वरूप राखिएको वस्तु; धितो; धरौटी।
43837 धरोटी ना. धरोट।
43838 धरौटी ना. हे. धरोट; धरोटी।
43839 धरौटी स्याहा ना. कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय पछि गर्ने गरी छुट्टै स्याहामा आम्दानी बाँध्ने कागज।
43840 धर्कनु अ.क्रि. कपडा आदि च्यात्तिँदा आवाज आउनु; कपडा आदि च्यात्तिनु; धरो हुनु।
43841 धर्काइ ना. धर्कने क्रिया वा प्रक्रिया।
43842 धर्काइनु क.क्रि. धर्कने पारिनु।
43843 धर्काउनु प्रे. क्रि. धर्कने पार्नु।
43844 धर्काधर्की ना. सानाठुला धर्काहरूको समुदाय; धर्साधर्सी।
43845 धर्किनु अ.क्रि. धर्कने काम होइन; धरो पारिनु।
43846 धर्के वि. धर्का परेको; धर्का भएको; डोरे।
43847 धर्के मृग ना. खैरो रङको, शरीरमा सेता धर्का हुने र भेडाका जस्ता सिङ हुने एक जातको मृग।
43848 धर्को ना. कागज, कपडा, भित्तो आदिमा कोरिएको लामो धर्सो; रेखो; डोरो।
43849 धर्ता ना. १. धारण गर्ने व्यक्ति।
43850 धर्ता ना. २. भूभार वहन गर्ने व्यक्ति।