Dictionary

All Word

43901 धर्मपत्र ना. १. देवदेवी वा धर्मशास्त्रका पुस्तकलाई साक्षी राखेर पारस्परिक विश्वासका निम्ति लेखिएको कागज।
43902 धर्मपत्र ना. २. धर्मको व्यवस्था कसरी गर्ने भन्ने सम्बन्धमा लेखिएको पत्र; धर्मपट्ट।
43903 धर्मपथ ना. धर्मको बाटो; धर्मशास्त्रले बताएको आचरण वा नियम।
43904 धर्मपर/परायण वि. धर्ममा श्रद्धा गर्ने; धर्मका नीतिनियम वा विधिविधानको पालना गर्ने; धर्ममा निष्ठा राख्ने; धर्मनिष्ठ।
43905 धर्म परिणाम ना. १. योगशास्त्रअनुसार पञ्चमहाभूत र इन्द्रियहरूको एउटा रूप वा स्थितिबाट अर्को रूप अथवा स्थितिमा परिणत हुने वृत्ति; एक धर्मबाट निवृत्त भएपछि अर्को धर्मको प्राप्ति।
43906 धर्म परिणाम ना. २. धर्मपरिवर्तन।
43907 धर्म परिणाम ना. ३. धर्मको पालनाबाट हुने असल परिणाम; धर्मको सुफल नतिजा।
43908 धर्मपाल वि. धर्मको पालना गर्ने; धर्मको सुरक्षा गर्ने; धर्मरक्षक।
43909 धर्मपुत्र ना. १. आफ्ना छोरा नहुनेले पुत्र बराबर गरेर पालिएको, पछि आफ्नो सम्पत्तिको उपभोग गर्ने र काजक्रियासमेत गर्ने अर्काको छोरो; धर्मका निम्ति पालिएको वा धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएको छोरो।
43910 धर्मपुत्र ना. २. युधिष्ठिर।
43911 धर्मपुत्री ना. धर्मका निम्ति पालिएकी अर्काकी छोरी; धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएकी छोरी।
43912 धर्मपुरी १. धर्मको जाँचबुझ गरिने सहर; यमपुरी।
43913 धर्मपुरी २. न्याय- अन्यायको जाँचबुझ र निर्णय गरिने अड्डा; न्यायालय।
43914 धर्मपुस्तक ना. धर्मका लक्षण एवं विधि-विधान लेखिएको पुस्तक; धर्मग्रन्थ।
43915 धर्म पोलाइ कीर्ति नाश पार्ने काम।
43916 धर्मप्राण वि. धर्मलाई प्राणसमान मान्ने; धर्म नै प्राण बराबर भएको; धर्मात्मा।
43917 धर्मफराक ना. १. आफूले सुनेको, देखेको, जानेको कामकुरो अर्कालाई साँचो हो भनी विश्वास दिलाउन भनिने शब्द।
43918 धर्मफराक ना. २. अन्यायबाट अलग रहने काम; अन्यायबाट पृथक्।
43919 धर्मबुद्धि ना. १. धर्ममा लागेको बुद्धि, धर्मकर्ममा आधारित बुद्धि।
43920 धर्मबुद्धि ना. २. धर्म र अधर्म छुट्ट्याउन सक्ने विचार; अधर्मलाई त्याग्ने र धर्मलाई अँगाल्ने बुद्धि।
43921 धर्मभकाइ ना. साँचो बोल्ने काम।
43922 धर्मभकारी ना. अनिकाल परेको बेला काम चलाउनका लागि राखिएको सामूहिक अन्नकोश; धरमभकारी।
43923 धर्मभीरु वि. धर्म हराउला कि भनेर डराउने; अधर्मदेखि डराउने।
43924 धर्मभ्रष्ट वि. धर्मकर्मप्रति विमुख रहेको; धार्मिक आचरणदेखि पतित भएको; धर्मच्युत।
43925 धर्ममेधा ना. बौद्धधर्मका अनुसार दशभूमि र त्रयोदश भूमिका दसौँ भूमि; महायान सम्प्रदायको अन्तिम भूमि।
43926 धर्मयुग ना. १. धार्मिक युग; सत्ययुग।
43927 धर्मयुग ना. २. धर्मकर्मलाई नै मानवीय कर्तव्य ठानिने युग।
43928 धर्मयुद्ध ना. १. धार्मिक विधि विधानअनुसार गरिने युद्ध; न्यायपूर्ण युद्ध।
43929 धर्मयुद्ध ना. २. धर्मको रक्षाका निम्ति गरिने युद्ध।
43930 धर्मरक्षक वि. धर्मको पालना गर्ने; धर्मको रक्षा गर्ने।
43931 धर्मरत वि. १. धर्ममा तल्लीन रहेको; धर्ममा लागिरहने; धर्मपरायण।
43932 धर्मरत वि. २. न्यायमा रत रहने; न्यायपरायण।
43933 धर्मरति ना. १. धर्मप्रतिको आशक्ति; धर्ममा अनुराग वा प्रेम गर्ने व्यक्ति; यमराज।
43934 धर्मरति ना. २. युधिष्ठिर।
43935 धर्मरति ना. ३. बुद्ध।
43936 धर्मलुप्तोपमा ना. उपमान र उपमेयका साधारण धर्म वा गुण नदेखाइएको वा लोप भएको, उपमा अलङ्कारको एक भेद।
43937 धर्मवत्सल धर्मलाई प्रिय तत्त्व सम्झने वा मान्ने; धर्मरत; धर्मनिष्ठ।
43938 धर्मविद् वि. धर्मको ज्ञाता; धर्मज्ञ।
43939 धर्मविमुख वि. धर्ममा प्रवृत्ति नभएको; धर्मतर्फ अभिरुचि नभएको।
43940 धर्मविरोधी वि. धर्मको विरोध गर्ने; धर्मलाई नमान्ने; अधर्मी; नास्तिक।
43941 धर्मवीर वि. जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर (हरिश्चन्द्र, युधिष्ठिर, शिव आदि)।
43942 धर्मशाला ना. यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा वा तीर्थस्थानमा बनाइएको घर; पाटी; पौवा।
43943 धर्मशास्त्र ना. पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधि-विधानहरूको व्याख्या वा विवेचना गरिएको ग्रन्थ।
43944 धर्मशास्त्री ना. धर्मशास्त्रसम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति; धर्मशास्त्रमा पारङ्गत भएको व्यक्ति।
43945 धर्मशील वि. धर्मकर्ममा सोचिरहने प्रवृत्ति भएको; धार्मिक आचरणमा लागिरहने स्वभावको।
43946 धर्मसंहिता ना. धार्मिक वा सामाजिक विधि-विधानको वर्गीकरण गरिएको पुस्तक वा ग्रन्थ।
43947 धर्मसङ्कट ना. १. एकातिर धर्म र अर्कातिर पाप हुने खालको काम गर्नुपरेको अवस्था; धर्मकृच्छ।
43948 धर्मसङ्कट ना. २. धर्मपालन गर्न वा धर्म बचाउन मुस्किल परेको स्थिति।
43949 धर्मसभा ना. १. धर्मका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बसेको सभा।
43950 धर्मसभा ना. २. न्याय तथा अन्यायको जाँचबुझ गरी न्यायिक निर्णय दिइने अड्डा; न्यायालय।