Dictionary

All Word

43851 धर्ती ना. धरती; पृथ्वी।
43852 धर्ना ना. १. कुनै काम सिद्ध गर्नका निम्ति निरन्तर गरिने प्रयास; प्यादा।
43853 धर्ना ना. २. माग पूरा गराउनका निम्ति गरिने घेराउ।
43854 धर्ना ना. ३. कसैले केही देला कि वा काम पूरा गर्ला कि भन्ने आशाले ढुक्ने काम।
43855 धर्ना ना. ४. हात्ती बाँध्ने साङ्लो।
43856 धर्नाढुक ना. केही पाउने आशाले दकिरहने काम।
43857 धर्म ना. १. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव।
43858 धर्म ना. २. स्वाभाविक गुण; सहज वृत्ति।
43859 धर्म ना. ३. स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म।
43860 धर्म ना. ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो- मानवधर्म, नारीधर्म, युगधर्म इ.)।
43861 धर्म ना. ५. असल आचरण; सदाचार; नियम।
43862 धर्म ना. ६. पुण्यः सत्कर्म।
43863 धर्म ना. ७. ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
43864 धर्म ना. ८. कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।
43865 धर्म अच्छेर ना. साँचो कुरो; हित हुने कुरो; भलो कुरो।
43866 धर्म कचहरी ना. प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदालत।
43867 धर्मकर्म ना. धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसारको पुण्यकर्म; धार्मिक कार्य गर्ने काम; धर्मलाई नै परम कर्तव्य सम्झने काम; धार्मिक कार्य।
43868 धर्मकार्जे ना. धर्मसम्बन्धी कार्य; पुण्यकार्य; धर्मकार्य।
43869 धर्मकार्य ना. पाठपूजा स्नानध्यान, दान, यज्ञ, तीर्थव्रत आदि कार्य; धर्मकर्म।
43870 धर्मकृच्छ्र ना. धार्मिक दृष्टिले कुनै काम गर्दा उचित - अनुचित छुट्ट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।
43871 धर्मकोश ना. १. १ धर्मका विविध लक्षणको व्याख्या भएका शास्त्रहरूको समुदाय।
43872 धर्मकोश ना. २. कर्तव्य वा सदाचार एवं आचारविचारहरूको समुदाय।
43873 धर्मक्षेत्र ना. धर्मको क्षेत्र; कुरुक्षेत्र।
43874 धर्मग्रन्थ ना. १. जातीय वा सामाजिक आचारविचार, नीतिनियम, व्यवहार, उपासना, व्रत आदिका लक्षण लेखिएको ग्रन्थ; धर्मका आधारभूत तथ्यहरू भएको ग्रन्थ, धर्मशास्त्र; धार्मिक श्रद्धा वा विश्वासयुक्त कुनै ग्रन्थ वा पुराण आदि।
43875 धर्मघर ना. धर्मका निम्ति बनाइएको घर; धर्मको शिक्षादीक्षा आदि दिनेलिने घर।
43876 धर्मचर्या ना. धर्मको आचरण; धार्मिक व्यवहार; धर्मपालन।
43877 धर्मचारी वि. १. आफ्ना धर्मअनुसार आचरण गर्ने; निरन्तर स्वधर्ममा लागिरहने। ना.
43878 धर्मचारी वि. २. तपस्वी।
43879 धर्मचारी वि. 3. सन्न्यासी।
43880 धर्मचिन्तन ना. धर्मका सम्बन्धमा गरिने मनन वा विचार।
43881 धर्मच्युत वि. आफ्ना धर्मबाट च्युत भएको; स्वधर्मबाट पतित भएको।
43882 धर्मज्ञ वि. धर्मका विषयमा ज्ञान भएको; धर्मजान्ने; धर्मविद्।
43883 धर्मतः क्रि.वि. धर्मपूर्वक; धर्मअनुसार; धर्मका दृष्टिले।
43884 धर्मतन्त्र ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना भएको शास्त्र।
43885 धर्मत्याग ना. धर्म छाड्ने काम; धर्ममा अविश्वास गर्ने काम; धर्मबाट विमुख हुने काम।
43886 धर्मत्राता ना. धर्मको रक्षा गर्ने व्यक्ति; धर्मलाई हरतरहले जोगाएर राख्ने व्यक्ति; धर्मरक्षक।
43887 धर्मद वि. १. आफूले जानेको धर्म अरूलाई सिकाउने; धर्मदान गर्ने; धर्मदाता।
43888 धर्मद वि. २. पुण्य प्राप्त गराउने।
43889 धर्मदान ना. पवित्र भावनाले गरिने दान; धार्मिक विधिविधानअनुसारको दान; सात्त्विक दान।
43890 धर्मदारा ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी; धर्मपत्नी।
43891 धर्मद्रोही वि. १. धर्मका सम्बन्धमा द्रोह गर्ने; धर्ममा अनास्था राख्ने; नास्तिक। ना.
43892 धर्मद्रोही वि. २. असुर; राक्षस।
43893 धर्मदुवार / द्वार ना. धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा बीचैमा अड्कने भनी पुराणमा वर्णित एक ढोका।
43894 धर्मध्वज / ध्वजी ना. देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरे झैँ गर्ने व्यक्ति; पाखण्डी; ढोंगी।
43895 धर्मनिरपेक्ष वि. कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने (राज्य, समाज)।
43896 धर्मनिष्ठ वि. धर्ममा आस्था राख्ने; धर्ममा विश्वास गर्ने; धर्मपरायण; धार्मिक।
43897 धर्मदण्डी ना. डाँडीजस्ता काठलाई काँधमा राखेर साना बियाजस्ता लट्ठीले हानेर बौद्ध संस्कृतिसम्बन्धी धार्मिक कार्यहरूमा बजाइने एक खालको बाजा।
43898 धर्मपट्ट १. राजा अथवा धर्माधिकारीले दिएको धर्मसम्बन्धी व्यवस्थापत्र।
43899 धर्मपट्ट २. धर्म वा धर्मको पुस्तक वा देवदेवीलाई साछी राखी गरिएको सम्झौतापत्र; धर्मपत्र।
43900 धर्मपत्नी ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी, धर्मदारा।