Dictionary

All Word

44001 धव ना. २. पोइ; लोग्ने।
44002 धव ना. ३. स्वामी; मालिक।
44003 धवल वि. १. सेतो वा सुकिलो।
44004 धवल वि. २. कुनै कसर नभएको; निर्मल; स्वच्छ।
44005 धवल वि. ३. राम्रो सुन्दर; मनोहर।
44006 धवलपाण्डु ना. सेतो रङको ढुकुर।
44007 धवला वि. १. धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर। ना.
44008 धवला वि. २. सेतो गाई।
44009 धवला वि. ३. नेपालको दार्चुला जिल्लामा बसोबास गर्ने व्यासी जातिले मनाउने मुख्य चाड।
44010 धवलागिरि ना. १. मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८,१६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी।
44011 धवलागिरि ना. २. सोही नाममा रहेको नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने एक अञ्चल; धौलागिरि अञ्चल।
44012 धवलिमा ना. सेतो हुनाको भाव; सेतोपना।
44013 धसरा ना. १. भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ।
44014 धसरा ना. २. फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम।
44015 धसाइ ना. धस्ने क्रिया वा प्रक्रिया।
44016 धसाइनु क.क्रि. धस्ने पारिनु; धसाउने काम गरिनु।
44017 धसाउनु प्रे. क्रि. घस्ने पार्नु; धस्न लाउनु।
44018 धसान ना. १. बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम।
44019 धसान ना. २. गिलो, फुको, हलुको वा थलथले जमिनमा गह्रौँ वस्तुले थिच्ता माटो तलतिर खाँदिने चाल।
44020 धसान ना. ३. भासिने खालको जमिन।
44021 धसान ना. ४. दलदल; धाप।
44022 धसारिनु क.क्रि. १. धस्कने पारिनु। अ.क्रि.
44023 धसारिनु क.क्रि. २. धस्कनु।
44024 धसारो माटो धस्काउँदै हिँडेको लामो फड्को; त्यसरी हिँड्दा परेको पैतालाको डाम।
44025 धसार्नु स.क्रि. माथिबाट थिच्ता माटो धस्कने गर्नु; धस्काउनु।
44026 धसिँगर / धसिङ्गर वि. ध्वाँसोजस्तो कालो र नसुहाउँदो मोटोघाटो; धुस्रोफुस्रो।
44027 धसिङ्गरे वि. १. धसिङ्गर।
44028 धसिङ्गरे वि. २. ससाना खस्रा पात हुने, चुत्राका जस्ता काला गेडा फल्ने एक जातको बोट, त्यसैको फल वा गेडा।
44029 धसिनु क.क्रि. १. धस्ने काम गरिनु; रगडिनु। अ.क्रि.
44030 धसिनु क.क्रि. २. बेसरी काममा लागिनु।
44031 धस्कनु अ.क्रि. लुगा, कपडा आदि धसिएर फाट्न आँट्नु; खिइनु; जीर्ण हुनु।
44032 धस्काइ ना. धस्कने काम।
44033 धस्काउनु प्रे.क्रि. धस्कने पार्नु; धस्कन लगाउनु।
44034 धस्किनु अ.क्रि. १. धस्कनु। क. क्रि.
44035 धस्किनु अ.क्रि. २. घोटिनु।
44036 धस्को ना. धसिएको चिह्न; लुगा आदि धसिएर जीर्ण भएको अवस्था।
44037 धस्क्याइ ना. धस्को फाट्ने वा धस्किने क्रिया-प्रक्रिया।
44038 धस्क्याइनु क.क्रि. धस्किने पारिनु।
44039 धस्क्याउनु प्रे. क्रि. धस्किने पार्नु।
44040 धस्नु स.क्रि. १. कुनै वस्तु अर्को साहो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु।
44041 धस्नु स.क्रि. २. घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु।
44042 धस्नु स.क्रि. ३. छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु।
44043 धस्नु स.क्रि. ४. खाँबो आदि गाड्नु।
44044 धस्नु स.क्रि. ५. उपभोग गर्नु। अ.क्रि. ६ माटो आदि तलतिर खाँदिनु।
44045 धस्नु स.क्रि. ७. खाँबो, घोचो आदि भासिनु।
44046 धस्याइ ना. धसिने किसिम वा क्रिया
44047 धस्याइनु क.क्रि. धसिने पारिनु।
44048 धस्याउनु प्रे.क्रि. धसिने पार्नु।
44049 धस्रा ना. १. कुनै विषयमा हुने मानसिक दुर्बलता; सन्देह; शङ्का।
44050 धस्रा ना. २. मानसिक त्रास; भय।