Dictionary

All Word

44151 धानुष्क ना. धनुकाँड बोक्ने, लिने तथा चलाउने व्यक्ति।
44152 धाने वि. धानसम्बन्धी।
44153 धाने ब्याज ना. रिन दिएलिएका रुपियाँको ब्याजस्वरूप लिइने धान; जिन्सी ब्याज।
44154 धान्य ना. १. धान।
44155 धान्य ना. २. धान आदि अनाज; अन्न।
44156 धान्य ना. ३. धनियाँ।
44157 धान्य ना. ४. एक प्राचीन अस्त्रविशेष।
44158 धान्यकल्क ना. धानका गेडाबाट उक्किने बोक्रो; भुस।
44159 धान्यकूट ना. १. धान थुपारिएको रास।
44160 धान्यकूट ना. २. धान राखिएको घर; धनसार।
44161 धान्यपञ्चक ना. १. शालि, ब्रीहि, शूक, शिवी र क्षुद्र गरी जम्मा पाँच प्रकारका धान।
44162 धान्यपञ्चक ना. २. वैद्यशास्त्रअनुसार आमातिसार तथा उदरशूलको उपचारका निम्ति प्रयोग गरिने औषधी।
44163 धान्यपूर्णिमा ना. मङ्सिर महिनामा पर्ने पूर्णिमा; मार्ग शुक्ल पूर्णिमा।
44164 धान्याम्ल ना. चामलका पिठामा कोदो हालेर अमिल्याई बनाइने एक प्रकारको मद्य; जाँड; बियर।
44165 धाप्नु स.क्रि. १. खोपी, डन्डीबियो आदिका खेलमा सो खेल हान्नका निम्ति फड्कनु।
44166 धाप्नु स.क्रि. २. कसैलाई स्याबासी वा धन्यवाद दिँदा हत्केलाले हल्का धाप दिनु।
44167 धाप्नु स.क्रि. ३. पशुहरूलाई शान्त पार्नाका निम्ति पिठिउँमा लबटाले हलको गरी हान्नु।
44168 धाप १ ना. १. खोपी आदि खेलमा नियमित रूपले हालिने फड्को।
44169 धाप १ ना. २. कसैलाई स्याबासी, धन्यवाद आदि दिँदा पिठ्यूँमा हानिने स्नेहपूर्ण हल्का लबटो।
44170 धाप १ ना. ३. पशुहरूलाई शान्त गर्नका निम्ति पिठिउँमा दिइने चपेटाको हल्का प्रहार।
44171 धाप २ ना. पानी जमेर वा धेरै हिलो भएर गाडिने र भासिने ठाउँ; दलदल।
44172 धापको किलो वि. दृढता नभएको; जता पनि ढल्किने; अस्थिर।
44173 धापिनु अ.क्रि. ज्यादा हिँडाइ वा धावासँग गरिएका कामले थकित हुनु; धपेडिनु।
44174 धाम ना. १. बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर।
44175 धाम ना. २. बसोबासका निम्ति सुरक्षित स्थान; वासस्थान।
44176 धाम ना. ३. शरीर; देह; जिउ।
44177 धाम ना. ४. शोभा; सुषमा; श्री।
44178 धाम ना. ५. तेज; किरण; प्रभाव।
44179 धाम ना. ६. देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ; स्वर्ग; पुण्यस्थान; तीर्थ।
44180 धामन ना. हरियो - पहेँलो झल्का भएको सेतो रङको ज्यादै लामो र ज्यादै छिटो दगुर्ने, पुच्छरमा विष हुने, कसैलाई नडस्ने एक जातको सर्प; धामिन (यसको पुच्छर जसको जुन अङ्गमा पर्छ त्यो मासु गलेर मर्छ। यसले गाई-भैँसी आदि र स्वास्नीमान्छेलाई बेह्रेर उनीहरूको थुन वा स्तनबाट दुध चुस्छ र उनीहरू मर्छन् भन्ने जनधारणा मधेसतिर रहेको छ। )।
44181 धामा १ ना. १. कुनै उपलब्धि हासिल गर्नका निम्ति गरिने कडा परिश्रम, मिहिनेत।
44182 धामा १ ना. २. कठिनाइ; कठोरता; मुस्किल।
44183 धामा २ ना. धाईआमा।
44184 धामिन ना. हे. धामन।
44185 धामिनी ना. धामन सर्प।
44186 धामी ना. १. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री।
44187 धामी ना. २. धिमाल जातिको ग्रामदेवताको पुजारी।
44188 धामीधमिनी ना. १. स्त्री धामी।
44189 धामीधमिनी ना. २. धामीकी पत्नी।
44190 धार ना. १. नदी वा समुद्रको पानीको प्रवाह; पानी आदिको बगाइ।
44191 धार ना. २. वर्षाकालमा जम्मा गरिएको पानी।
44192 धार ना. ३. एक्कासि बर्सिएको मुसलधारे वर्षा।
44193 धार ना. ४. कुनै हतियारको काट्ने तिखो र पातलो भाग; किनारा।
44194 धार ना. ५. पानी आदिको मध्य भाग; बिच; अन्तर।
44195 धार ना. ६. कुनै वस्तुको रेखा; डोरो। वि.
44196 धार ना. ७. लिने, थाम्ने वा बोक्ने (जस्तो- कर्णधार, सूत्रधार इ.)।
44197 धारक वि. १. धारण गर्ने।
44198 धारक वि. २. रोक्ने; छेक्ने; अवरोध उत्पन्न गर्ने।
44199 धारक वि. ३. ऋण लिने; कर्जा खाने; रिनी।
44200 धारक वि. ४. कुनै वस्तु कतै लिएर जाने; वाहक। ना.