Dictionary

All Word

44301 धिपधिप क्रि.वि. बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्लानिभ्लाजस्तो भएर मन्द रूपमा बल्दै।
44302 धिपधिपाइ ना. धिपधिप गर्ने क्रिया वा प्रक्रिया।
44303 धिपधिपाइनु अ.क्रि. धिपधिप गरेर बत्ती आदि बलिनु।
44304 धिपधिपाउनु अ.क्रि. बत्ती, आगो आदि धिपधिप गर्दै बल्नु।
44305 धिपधिपे वि. धिपधिप गरेर बल्ने; मधुरो गरी बल्ने (बत्ती आदि)।
44306 धिपिक्क क्रि.वि. १. बत्ती, आगो आदि क्षीण रूपमा बल्ने र तुरुन्त निभ्ने गरी।
44307 धिपिक्क क्रि.वि. २. शृङ्गार आदिले बत्ती बले जस्तै भएर; धपक्क।
44308 धिप्कनु अ.क्रि. बत्ती, आगो आदिको ज्वाला क्षीण रूपमा माथि उठ्नु वा बल्नु।
44309 धिप्काइ ना. धिप्कने क्रिया वा प्रक्रिया।
44310 धिप्काइनु क.क्रि. धिप्कने पारिनु।
44311 धिप्काउनु प्रे. क्रि. धिप्कने पार्नु।
44312 धिप्को ना. धिप्प गर्दै बलेको बत्तीको ज्वाला।
44313 धिमा ना. हे. धिमे।
44314 धिमाल ना. विशेष गरी झापा जिल्लाको पश्चिमी भागमा र मोरङ जिल्लाको पूर्वी भागमा बसोबास गर्दै आएको लिम्बू जातिसँग मिल्दोजुल्दो एक जाति।
44315 धिमाली वि. १. धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको। ना.
44316 धिमाली वि. २. धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा।
44317 धिमे ना. एकातिर गजाले र अर्कातिर हातले ठोकेर बजाइने दुईतिर छालाले मोहोरेको ढोलकजस्तो एक बाजा; धिमा।
44318 धिराज ना. महाराजाधिराज।
44319 धिरी ना. १. ठुलो दुलो भएका बाँसका मास्तिरका आँख्ला खोलेर बनाइएको पानी आदि हाल्ने भाँडो; पानी ओसार्ने बाँसको ढुङ्ग्रो। वि.
44320 धिरी ना. २. साह्रै दुब्लो र अग्लो; टिङ्गरो।
44321 धिरो वि. बरियाँत जाँदा ठुलो र चर्को स्वरमा नरसिङ्गा आदि बाजा बजाउने; उराहा।
44322 धिषणा ना. १. बुद्धि; अक्कल।
44323 धिषणा ना. २. वाक्शक्ति; वाणी।
44324 धिषणा ना. ३. प्रशंसा; स्तुति।
44325 धी ना. १. बुद्धि; प्रज्ञा; अक्किल।
44326 धी ना. २. मन; चित्त; हृदय।
44327 धी ना. ३. ज्ञान; समझ; स्मृति।
44328 धी ना. ४. कर्म।
44329 धीत वि. १. पान गरिएको; पिइएको; खाइएको।
44330 धीत वि. २. आराधना गरिएको; सन्तुष्ट पारिएको। ना.
44331 धीत वि. ३. कुनै विषयवस्तुप्रति मनमा उब्जिएको धोको; तिर्सना, तिर्खा। ४ इच्छा; अभिलाषा।
44332 धीत वि. ५. इमान।
44333 धितधरान ना. १. राखनधरनमा भएको विश्वास।
44334 धितधरान ना. २. चोरी नगर्ने काम।
44335 धितमर्दो वि. धित मर्ने खालको; मनको तिर्सना पूरा हुने किसिमको; सन्तोषजनक।
44336 धीति ना. १. पानी आदि पिउने काम; पान।
44337 धीति ना. २. पिउने इच्छा; तिर्खा।
44338 धीमा वि. १. बिस्तारै हिँड्ने; मन्द गतिको।
44339 धीमा वि. २. मध्यम खालको; मन्द।
44340 धीमा वि. ३. कम्ती वेग भएको; वेगहीन।
44341 धीमा वि. ४. बिस्तारो; मधुरो।
44342 धीमा वि. ५. घुर्मैलो; स्पष्ट नभएको। विप. तेज।
44343 धीमान् वि. १. बुद्धिमान्। ना.
44344 धीमान् वि. २. देवताका गुरु; बृहस्पति।
44345 धीर वि. १. जस्तोसुकै आपत्विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली।
44346 धीर वि. २. गम्भीर; सहनशील।
44347 धीर वि. ३. विनयशील; नम्र स्वभावको।
44348 धीर वि. ४. सुन्दर; मनोहर।
44349 धीरचेता वि. मनमा धैर्य धारण गर्न सक्ने सामर्थ्य भएको; स्थिर चित्त भएको।
44350 धीरता ना. १. धीर हुनाको भाव, अवस्था वा गुण; धैर्य।