Dictionary

All Word

44251 धार्तराष्ट्र ना. १. चुच्चो परेको र खुट्टा काला हुने एक जातको हाँस।
44252 धार्तराष्ट्र ना. २. धृतराष्ट्रका वंशज, कौरव।
44253 धार्नी ना. १. बाह्र पाउको तौल। वि.
44254 धार्नी ना. २. त्यति तौलको।
44255 धार्मिक वि. १. धर्मसँग सम्बन्धित; धर्मविषयक।
44256 धार्मिक वि. २. धर्म गर्ने; धर्मप्रति आस्था राख्ने; धर्मात्मा; धर्मशील।
44257 धार्मिक कार्य ना. धर्मसम्बन्धी कार्य; पाठपूजा, तीर्थव्रत; यज्ञ, उपवास आदि कार्य।
44258 धार्मिक क्षेत्र ना. देउदेउताका मन्दिर तीर्थस्थल आदि रहेको इलाका; धार्मिक स्थल।
44259 धार्मिकता ना. धार्मिक हुनाको अवस्था, गुण वा भाव।
44260 धार्मिक सङ्घर्ष ना. धर्मावलम्बी र धर्मविरोधीहरूको बिचमा अथवा दुई भिन्नाभिन्नै धर्मका पक्षपातीहरूमा हुने परस्परको काटमार आदि कृत्य।
44261 धार्मिक स्थल ना. देउदेउताका मन्दिर, तीर्थ, धाम आदि भएको ठाउँ।
44262 धार्य वि. १. धारण गर्न योग्य; धारणीय।
44263 धार्य वि. २. सम्झन लायक; स्मरणीय।
44264 धार्य वि. ३. लगाउने खालको; पहिरूँपहिरूँ लाग्ने। ना.
44265 धार्य वि. ४. पोसाक, वस्त्र, गहना आदि।
44266 धार्ष्ट्य ना. धृष्ट हुनाको भाव वा अवस्था; ढिठपन; अटेरीपना; धृष्टता।
44267 धावक ना. १. कपडा धुने व्यक्ति; धोबी।
44268 धावक ना. २. हल्कारा।
44269 धावक ना. ३. समाचार वा सन्देशबाहक; दूत।
44270 धावक ना. ४. संस्कृत भाषाका एक प्रसिद्ध कवि। वि.
44271 धावक ना. ५. धुन योग्य (वस्त्र आदि)।
44272 धावक ना. ६. दौडने; कुद्ने।
44273 धावन ना. १. छिटोसँग दगुर्ने काम।
44274 धावन ना. २. धुने वा मैला साफ गर्ने काम।
44275 धावन ना. ३. चिठी वा सन्देश लाने वा ल्याउने कार्य।
44276 धावन्ती वि. ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने।(उदा.- घोकन्ती विद्या धावन्ती खेती। - उखान।)
44277 धावा १ ना. लिम्बू जातिका कुलदेवता।
44278 धावा २ ना. १. एकाएक झम्टने क्रिया; आक्रमण; चढाइ; हमला।
44279 धावा २ ना. २. कुनै काम सिद्ध गर्नका निम्ति गरिने दौडधुप।
44280 धावा २ ना. ३. कठोर परिश्रम।
44281 धावा २ ना. ४. धपेडी।
44282 धावित वि. १. सफा गरिएको; धोइएको; सुकिलो।
44283 धावित वि. २. दौडेको; भागेको।
44284 धावित वि. ३. गएको।
44285 धिक् वि.बो. १. तिरस्कार, घृणा आदि बुझाउने शब्द।
44286 धिक् वि.बो. २. निन्दा; गाली।
44287 धिक्कार्नु स.क्रि. कुनै खराब काम गर्नेलाई तिरस्कार वा निन्दा गर्नु।
44288 धिक्कार वि.बो. कसैले नराम्रो, मन नपर्दो काम गर्दा घृणा, निन्दा वा हेला व्यक्त गरेर भनिने शब्द; धिक्।
44289 धिक्काराइ ना. धिक्कार्ने क्रिया वा प्रक्रिया।
44290 धिक्कारिनु क.क्रि. धिक्कार्ने काम गरिनु।
44291 धिङ्न्याइँ ना. धिङ्न्याहापन; धिङ्न्याहाको चाल।
44292 धिङ्न्याहा वि. १. आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल।
44293 धिङ्न्याहा वि. २. काम गर्छु भनेर पनि नगर्ने; नकचरो; थेत्तरो।
44294 धिङ्न्याहा वि. ३. झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी। स्त्री. धिङ्न्याही।
44295 धित ना. धैर्य; विश्वास।
44296 धितधरान ना. विश्वासको भावना; इमान्दारी।
44297 धितपतेर ना. कुनै विषयप्रतिको गहिरो विश्वास, पूर्ण विश्वस्तता।
44298 धितो ना. आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिदिएको घर, जग्गा आदि; बन्धक।
44299 धितबन्धक ना. सापटीका रूपमा रुपियाँपैसा लिएबापत समयमा बुझाउन नसके साहु स्वयम्ले भोगचलन गर्ने र समयमा बुझाउन सके ऋणीले फिर्ता पाउने कबुल गरी राखिएको घरजग्गा, गरगहना आदि।
44300 धितविना वि. धितो नराखिएको; धितोविनाको; कपाली।