Dictionary

All Word

44101 धाता ना. ८. धारण गर्ने।
44102 धातु ना. १. अपारदर्शक, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा नटुक्रिने सुन, चाँदी, पित्तल, तामा, फलाम आदि खनिज पदार्थ।
44103 धातु ना. २. शरीरमा रहने रस, रगत, हाड, मासु, बोसो, मासी र वीर्य गरी जम्मा सात तत्त्व।
44104 धातु ना. ३. भूतत्त्व (पञ्च महाभूत, पञ्चतन्मात्रा)।
44105 धातु ना. ४. क्रियाको मूल तत्त्व (खा, देख, बोल्, लेख, इ.)।
44106 धातु ना. ५. वास्तु वा मूर्तिकलामा एक अङ्गुल वा एक मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि, पाताल अब्धि बराबरको नाप; सात अङ्गुल।
44107 धातुक्षय ना. १. शरीरको वीर्य नाश हुने वा पतन हुने प्रमेहसम्बन्धी रोग।
44108 धातुक्षय ना. २. वीर्यस्खलन; स्वप्नदोष।
44109 धातुवर्धक वि. शरीरमा रहेको धातुहरूको वृद्धि गर्ने; वीर्य बढाउने (कुनै औषधी)।
44110 धातुमल ना. १. नङ, कपाल, सिँगान, कानेगुजी, कचेरा आदि शरीरमा रहेका धातुहरूको मल।
44111 धातुमल ना. २. फलाम, तामा आदि धातुको कीट।
44112 धातुमेह ना. योनि वा लिङ्गमा हुने भित्री खटिरो; सुज आदि हुने रोग; भिरङ्गीजस्तो एक प्रकारको रोग।
44113 धातुयुग ना. पुरातत्त्वका अनुसार पाषाण युगभन्दा पछिको युग; धातुको आविष्कार भएको समय (मेटल एज )।
44114 धातुराग ना. खैरो रङको एक प्रकारको ढुड्गे माटो; गेरु।
44115 धातुवाद ना. १. खानीबाट निकालिएका कच्चा धातुहरूलाई रासायनिक प्रक्रियाद्वारा साफ गरेर सुन, चाँदी आदि विशुद्ध धातु बनाउन सिकाउने विद्या।
44116 धातुवाद ना. २. सबै शब्द धातुबाटै विकसित भएका हुन् भन्ने भाषाशास्त्रीय एक सिद्धान्त।
44117 धातुविज्ञान ना. फलाम, पित्तल आदि धातुसम्बन्धी कुराको अध्ययन गर्ने वा तीबारे जानकारी दिने शास्त्र।
44118 धात्री ना. १. धाई; उपमाता।
44119 धात्री ना. २. पृथिवी, धरित्री।
44120 धात्री ना. ३. त्रिफलामध्ये एक; अमला।
44121 धात्री ना. ४. गङ्गा।
44122 धात्री ना. ५. गायत्री देवी।
44123 धात्री ना. ६. गाई।
44124 धात्री ना. ७. उन्नाइस गुरु तथा त्यति नै लघु मात्रा हुने आर्याछन्दको एक भेद।
44125 धात्रीपत्र ना. भैरुमपाती।
44126 धात्रीफल ना. बान्ता रोक्न र टाउको दुख्दा आराम दिलाउन प्रयुक्त हुने बियाँ भएको, तितो पात हुने एक जातको वनस्पति; त्यसकै बियाँ।
44127 धात्रीविद्या ना. गर्भिणी आइमाईलाई सुत्केरी गराउन सहयोग गर्ने र बालकको पालनपोषण गर्न सिकाउने विद्या।
44128 धात्वर्थ ना. कुनै शब्दको धातुबाट निस्कने अर्थ, शब्दको मूल अर्थ।
44129 धात्विक वि. धातुको वा धातुबाट बनेको; धातुसम्बन्धी।
44130 धात्विक मूल्य ना. मोहर आदिमा अङ्कित गरिएअनुसारको मूल्य नभएर तिनीहरूमा मिसाइएका धातुको बजारभाउअनुसारको मूल्य; मोहर आदिमा धातुको मूल्यका आधारमा निर्धारित गरिने मूल्य।
44131 धादिङ ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने बाग्मती अञ्चलको एक जिल्ला।
44132 धान्नु स.क्रि. १. कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु।
44133 धान्नु स.क्रि. २. एक वस्तुले अर्को वस्तुलाई थाम्नु; अड्याउनु।
44134 धान्नु स.क्रि. ३. कुनै वस्तु निश्चित समयसम्म टिक्नु; खप्नु।
44135 धान्नु स.क्रि. ४. र्धारित साधनले निर्वाह गर्नु; काम चल्ने किसिमले पुयाउनु; टार्नु।
44136 धान्नु स.क्रि. ५. कुनै काम निर्धारित समयमा समाप्त गर्नु; भ्याउनु।
44137 धान ना. सिरुका आकारका लामा लामा पात हुने, नलका मुखबाट धेरै गेडा भएका बाला लाग्ने, खेतमा हिलो पारेर उमारिएको बिउ रोपिने वा बुगुल्टो माटोमा गेडै छरेर उमारिने, ओखली, ढिकी र मेसिनले कुटेर चामल बनाइने कालो, रातो र पहेँलो रङका गेडा लाग्ने एक जातको प्रमुख अन्न।
44138 धानकुटी ना. माकुराका जस्ता धेरै खुट्टा र सानो, डल्लो जिउ हुने प्रायः घाँसपातमा उम्रने एक जातको किरो।
44139 धानगाग्री ना. वरिपरि बाटुलो चौको बनाई केटाकेटी खेल्दा मसिना ढुङ्गा त्यही चौकीमा पर्ने गरी खेल्ने एक खेल।
44140 धानगोदाम ना. १. धान राख्ने घर; धनसार।
44141 धानगोदाम ना. २. धान आदि अन्न राख्ने सरकारी घर।
44142 धान चमरा ना. सुत्ला च्याप्नुभन्दा केही अगाडि मकैका बोटको टुप्पाबाट पलाउने चमर जस्तै झुप्पो।
44143 धानचरी ना. मुसो।
44144 धाननाच ना. मेला, पर्व, हाटबजार आदिमा भेला भई नातेदारबाहेकका युवायुवतीहरूले परस्पर हात समाई वालम भन्दै वा गीत गाउउँदै नाचिने पूर्वी नेपालका विशेषतः लिम्बू जातिमा प्रचलित प्रसिद्ध लोकनृत्य।
44145 धानिनु क.क्रि. धान्ने काम गरिनु।
44146 धानी ना. १. नपाक्तैको धानको बोटजस्तो हरियो रङ। वि.
44147 धानी ना. २. त्यस्तो रङ भएको।
44148 धानुक ना. १. धनु चलाउने व्यक्ति; धनुर्धारी।
44149 धानुक ना. २. रुवा फड्कने व्यक्ति; धुनियाँ।
44150 धानुक ना. ३. नेपालका तराईभेकतिर बसोवास गर्ने एक जाति।