Dictionary

All Word

44201 धारक वि. ५. कलश; घडा।
44202 धारण ना. १. कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ (जस्तो- वस्त्रधारण, कवचधारण इ.)।
44203 धारण ना. २. शरीरमा लुगा, कपडा आदि लगाउने काम; पैराइ।
44204 धारण ना. ३. उधारो वा ऋण लिने काम।
44205 धारण ना. ४. सुरक्षित राख्ने काम; जोगारा।
44206 धारण ना. ५. स्मरण गर्ने काम; सम्झौनी।
44207 धारणा ना. १. धारण गरिने अवस्था, क्रिया, गुण वा भाव।
44208 धारणा ना. २. कुनै कुरा मनमा धारण गरिने शक्ति; बुद्धि; सम्झना; अक्किल।
44209 धारणा ना. ३. मनमा भएको दृढ निश्चय; सद्विचार।
44210 धारणा ना. ४. मर्यादा।
44211 धारणा ना. ५. स्मृति; याद।
44212 धारणा ना. ६. योगमा ब्रह्मको मात्र ध्यान रहने मनको स्थिति।
44213 धारणामूलक वि. मूल रूपमा बुद्धि, सद्विचार, मर्यादा, ब्रह्मको ध्यान आदिसम्बन्धी धारणा भएको; धारणा नै मूल शक्ति भएको।
44214 धारणीय वि. धारण गर्न उचित; मनमा दृढ रूपले ग्रहण गर्न योग्य।
44215 धारधुर ना. १. बेसरी तातेको तरल पदार्थ सेलाउनका निम्ति एक भाँडाबाट अर्का भाँडामा खन्याइरहने चाल।
44216 धारधुर ना. २. दुहुँदै गरेका दुधका सिर्का ढुङ्ग्रामा पर्दा उत्पन्न हुने ध्वनि।
44217 धारयिता वि. १. धारण गर्ने।
44218 धारयिता वि. २. ऋण लिने।
44219 धारा ना. १. पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार।
44220 धारा ना. २. निरन्तर चलिरहेका कुनै कुराको क्रम।
44221 धारा ना. ३. छहरो; छाँगो; झर्ना।
44222 धारा ना. ४. ऐन-कानुन, नियम, विधान आदिको दफा; खण्ड।
44223 धारा ना. ५. पानी भुईंमा खस्ने पाइप, डुँड आदि; धारो।
44224 धारागृह ना. १. तीव्र वेगले छुट्ने पानीका धारा।
44225 धारागृह ना. २. फोहरा भएको घर।
44226 धाराधर ना. धारालाई धारण गर्ने चिज ; जलधर; बादल; मेघ।
44227 धाराप्रवाह ना. १. पानीको धारो जस्तै अविच्छिन्न रूपले बगिरहने प्रक्रिया। क्रि.वि.
44228 धाराप्रवाह ना. २. अविराम गतिले ; नरोकिईकन; एकनाससित।
44229 धारावर्षण ना. अविरल रूपले वर्षा हुने प्रक्रिया।
44230 धारावाहिक/वाही वि. १. अविरल गतिको; निरन्तर रूपमा चलिरहने।
44231 धारावाहिक/वाही वि. २. एकपछि अर्को गर्दै क्रमिक रूपमा चलेको (लेख आदिको प्रकाशन)।
44232 धारासम्पात/सार ना. अखण्ड रूपमा भएको वर्षा; अतिवृष्टि; मुसलधारे पानी।
44233 धारिउँ वि. खुकुरी, तलवार आदिको धारजस्तो; धारजस्तो पारेको।
44234 धारिउँ हात ना. कसैलाई गाली गर्दा वा सराप्ता धारजस्तो पारेर ठड्याइएको हात।
44235 धारिणी ना. १. धरणी; धरित्री; पृथिवी। वि.
44236 धारिणी ना. २. धारण गर्ने (स्त्री)।
44237 धारित वि. १. धारण गरिएको।
44238 धारित वि. २. सम्झिएको; स्मरण गरिएको।
44239 धारित वि. ३. लगाइएको; पहिरिएको (लुगा, गहना आदि)।
44240 धारिलो वि. तीक्ष्ण धार भएको; ज्यादै लाग्ने; खुब काटने (हतियार आदि)।
44241 धारी वि. १. धारण गर्ने; ग्रहण गर्ने (जस्तै- धनुर्धारी, शस्त्रधारी इ.)।
44242 धारी वि. २. पढेका कुरा नबिर्सने; स्मरणशक्ति भएको; धारणा गर्ने शक्ति भएको।
44243 धारी वि. ३. अरूबाट ऋण लिने; ऋणी; आसामी; कर्जादार।
44244 धारीचरो ना. खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँ निलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो।
44245 धारे वि. तीक्ष्ण धार भएको; धारजस्तो परेको; धारजस्तो; धारको।
44246 धारे हात ना. अरूलाई सराप्ता काटेको जस्तो अभिनय गरिने हातको मुद्रा; धारिउँ हात।
44247 धारो ना. १. पाइप, डुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह।
44248 धारो ना. २. निरन्तर रूपमा पानी झार्न तयार गरिएको पाइप, डुँड, टुटी आदि वस्तु।
44249 धारो ना. ३. अविच्छिन्न रूपमा भइरहने आवतजावत; धुइरो।
44250 धारोष्ण वि. दुहुँदादुहुँदैको; दुहेर चिसो नभएको, थुनबाट झरिसक्ने बित्तिकैको; थुनको तातो नसेलाएको (दुध)।