Dictionary

All Word

44351 धीरता ना. २. जुनसुकै परिस्थितिमा पनि स्थिर रहने प्रक्रिया; स्थिरता।
44352 धीरत्व ना. धीरता।
44353 धीरप्रशान्त वि. नाट्यशास्त्रअनुसार वीर एवं शान्त स्वभाव भएको (काव्यको नायक)।
44354 धीरललित वि. धीरता, वीरता तथा ललितपना भएको र निश्चिन्त, अतिभावुक एवं विलासी प्रवृत्ति भएको (काव्यको नायक )।
44355 धीरा वि. आफ्ना नायकमा परस्त्रीसँग लसपस भएका चिह्नहरू देखेर व्यङ्ग्यात्मक रूपले रिस पोख्ने (नायिका)।
44356 धीराधीरा वि. नायकका शरीरमा परस्त्री समागमका लक्षणहरू देखेर रिसले रूँदै उसको चित्तवृत्तिलाई विचलित तुल्याउने (नायिका)।
44357 धीरोदात्त वि. साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक)।
44358 धीरोद्धत वि. प्रचण्ड, चञ्चल, अहङ्कारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने (नायक)।
44359 धीवर ना. १. घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा।
44360 धीवर ना. २. पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी।
44361 धुनु स.क्रि. १. कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु।
44362 धुनु स.क्रि. २. बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु।
44363 धुनु स.क्रि. ३. टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु।
44364 धुनु स.क्रि. ४. मनमा रहेको दाग, क्लेश आदि सबै निकाल्नु।
44365 धुइँधुइँ क्रि.वि. अत्यन्त क्रियाशील भई कुनै वस्तु खोज्ने गरी।
44366 धुइँधुइँती क्रि.वि. धुइँपत्ताल गरेर; धुइँधुइँ।
44367 धुइँपत्ता/धुइँपत्ताल ना. ज्यादै लागिपरेर कुनै कुरा खोजी गर्ने काम; पातालै उधिनुँला भनेजसो गरेर खोज्ने काम।
44368 धुइरनु अ.क्रि. १. मानिस वा अन्य प्राणी चारैतिरबाट एकै ठाउँमा जम्मा हुनु; धुइरो लाग्नु, भिड लाग्नु।
44369 धुइरनु अ.क्रि. २. एउटैमाथि धेरै जना जाइलाग्नु।
44370 धुइराइ ना. धुइरने क्रिया वा प्रक्रिया।
44371 धुइराइनु क.क्रि. धुइरने पारिनु; धुइरन लाइनु।
44372 धुइराउनु प्रे. क्रि. धुइरो लाग्नु; धुइरनु।
44373 धुइरो ना. १. चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँतीलगाइ।
44374 धुइरो ना. २. धेरै जना एकै जनामाथि जाइलाग्ने काम।
44375 धुइरो ना. ३. भिड।
44376 धुइऱ्याइ ना. धुइरिने वा धुइरो लाग्ने क्रिया- प्रक्रिया।
44377 धुइयाइनु क.क्रि. धुइरो लाग्ने पारिनु; धुइरिन लगाइनु।
44378 धुइऱ्याउनु प्रे. क्रि. धुइरिने पार्नु; धुइरिन लाउनु।
44379 धुकचुक ना. कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह, यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ।
44380 धुकचुकाइ ना. धुकचुकाउने भाव, क्रिया वा प्रक्रिया।
44381 धुकचुकाइनु अ.क्रि. धुकचुकाउने होइन; धुकचुक लागिनु।
44382 धुकचुकाउनु अ.क्रि. धुकचुक लाग्नु; सन्देहमा पर्नु।
44383 धुकचुकाहट ना. धुकचुकाउने भाव, अवस्था, क्रिया वा प्रक्रिया।
44384 धुकचुकाहा वि. धुकचुक गर्ने स्वभाव भएको।
44385 धुकचुकी ना. धुकचुकाउने क्रिया वा प्रक्रिया।
44386 धुकचुके वि. धुकचुक गर्ने; धुकचुकाउने।
44387 धुकधुक क्रि.वि. १. कडा परिश्रमले वा भय- त्रासले गर्दा मटु चल्ने गरी। ना.
44388 धुकधुक क्रि.वि. २. धुकधुकी।
44389 धुकधुकाइ ना. धुकधुकाउने क्रिया वा प्रक्रिया।
44390 धुकधुकाइनु क.क्रि. धुकधुक होइनु।
44391 धुकधुकाउनु अ.क्रि. मुटु चल्नु; मुटु चल्दा आवाज आउनु।
44392 धुकधुकाहट ना. धुकधुकाउने भाव, अवस्था वा क्रिया-प्रक्रिया।
44393 धुकधुकी ना. १. मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन।
44394 धुकधुकी ना. २. प्राण, सास।
44395 धुकधुकी ना. ३. हृदय।
44396 धुजा १ ना. कपडा, कागज आदि च्यातिएर वा काटिएर बनेको ससानो टुक्रो; चिरो; धरो; धुर्को।
44397 धुजा २ ना. कपडा, कागज आदि च्यातिएर टुक्रैटुक्रा वा चिरैचिरा भएको अवस्था।
44398 धुजा पाती ना. कपडा, कागज आदि चिरो र बोट बिरुवाको पाती; देउदेउताका स्थानमा चढाइने कपडाका धुजा र पाती।
44399 धुजिनु अ.क्रि धुजा हुनु; टुक्रा पर्नु; चिरिनु।
44400 धुजे वि. धुजा भएको।