Dictionary

All Word

44501 धुरुधुरु क्रि.वि. साह्रै चित्त दुखाउँदै आँसु चुहाएर रुने गरी।
44502 धुर्कापानी ना. १. जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी आदि।
44503 धुर्कापानी ना. २. आँखाबाट चुहेको पानी; आँसु।
44504 धुर्को ना. १. कागज, कपडा आदिको लामो टुक्रो; धरो।
44505 धुर्को ना. २. कोरिएर वा दलिएर बसेको लामो रेखा; धर्को; धर्सो।
44506 धुर्त्याइँ ना. धूर्त हुनाको भाव; धूर्त बन्ने क्रिया वा प्रक्रिया; धूर्तता।
44507 धुर्पिस / धुर्मुस ना. माटो ठोकेर खँदिलो पार्ने गह्रौँ र बाटुलो फलामे साधन; बेन्चा।
44508 धुर्य वि. १. सबैभन्दा अगाडि रहने; धुरन्धर।
44509 धुर्य वि. २. सबैभन्दा माथिको; श्रेष्ठ; उत्तम; शीर्षस्थ।
44510 धुर्य वि. ३. भारी बोक्न लायक; भार वहन गर्न योग्य।
44511 धुर्य वि. ४. जुवामा नार्न सुहाउँदो; जोत्न लायक। ना.
44512 धुर्य वि. ५. हिमाली भेकमा पाइने लसुनजस्तो एक प्रकारको औषधी; ऋषभ।
44513 धुर्य वि. ६. विष्णु।
44514 धुर्य वि. ७. गोरु।
44515 धुऱ्याइ ना. धुरिने किसिम वा क्रिया।
44516 धुऱ्याइनु क.क्रि. धुरिन लाइनु; धुरिने पारिनु।
44517 धुऱ्याउनु प्रे. क्रि. धुरिन लाउनु; धुरिने पार्नु।
44518 धुर्रा ना. ठट्टा; दिल्लगी; हँस्सी; खिसी।
44519 धुर्सुल ना. १. फुस्रा पात हुने र फुलै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट।
44520 धुर्सुल ना. २. सोही बोटको फूल; धुसुरे।
44521 धुर्सेली/धुर्सेलो/धुस्र्यौली ना. भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति।
44522 धुलदाम ना. भारी बोकेको ज्याला; भरिया- ज्याला।
44523 धुलाइ ना. १. धुने क्रिया वा प्रक्रिया।
44524 धुलाइ ना. २. धुलाउने किसिम वा क्रिया।
44525 धुलाइ ना. ३. धोएबापत लाग्ने वा दिइने ज्याला।
44526 धुलाइनु क.क्रि. धुने पारिन; धुन लगाइनु।
44527 धुलाउनु प्रे. क्रि. धुन लाउनु; धुने पार्नु।
44528 धुलाम्मे ना. धुलैधुलाले ढाकिएको; चारैतिर धुलो भएको।
44529 धुलिखेल ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र वाग्मती अञ्चलअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको मुख्य बस्ती वा प्रसिद्ध ठाउँ।
44530 धुलिनु अ.क्रि. १. धुलो हुनु; चूर्ण हुनु।
44531 धुलिनु अ.क्रि. २. रद्दी हुनु; बेकम्मा हुनु।
44532 धुलिनु अ.क्रि. ३. नष्ट हुनु; बिग्रनु।
44533 धुले वि. १. धुलो भएको; धुलो मिसिएको; धुलोसम्बन्धी।
44534 धुले वि. २. कच्चा।
44535 धुले दर्शन ना. तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउदेउताहरूको दर्शन।
44536 धुले पुल ना. सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल।
44537 धुले फागु ना. अबिरको साटो चीर पोलेको खरानी वा धुलोले खेल्ने फाग्।
44538 धुले बिउ ना. पानीविना बुरबुराउँदो वा धुले माटामा राखेको बिउ।
44539 धुले ब्याड ना. धुल्याइएको बुरबुराउँदो माटोमा धानको बिउ राखिने खेत वा जग्गा।
44540 धुले सखर ना. डल्ला वा चाका नपारी धुल्याइएको सखर; बुरबुराउँदो सखर।
44541 धुले साँघु ना. धूले पुल।
44542 धुले हलो ना. हिउँदमा मात्र जोत्नका लागि प्रयोग गरिने एक प्रकारको हलो।
44543 धुलो ना. १. माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि।
44544 धुलो ना. २. घरको तलो, आँगन आदि बढार्दा निस्कने कसिङ्गर।
44545 धुलो ना. ३. कुनै गेडागेडी वा डल्लाडल्ली पिँधेर बनाइएको चूर्ण; पिठो।
44546 धुलो ना. ४. छारो।
44547 धुलोपिठो ना. १. ज्यादै मसिनो भएको वा पारिएको चूर्ण।
44548 धुलोपिठो ना. २. कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था।
44549 धुलोमुलो ना. धुलो र धुलो समानको वस्तु; कसिङ्गर।
44550 धुलौटे वि. धुलौटो कोरेर दशाग्रह हेर्ने वा जाँच्ने (जैसी)।