Dictionary

All Word

44601 धूत वि. ४. चारैतिरबाट घेरिएको; रोकिएको।
44602 धूप ना. १. आगामा सल्काउँदा बास्नादार धुवाँ निस्कने सुगन्धी द्रव्यविशेष।
44603 धूप ना. २. धूपधुवाँरका निम्ति छुट्ट्याइएको गाईको घिउ।
44604 धूप ना. ३. घामको प्रखर ताप।
44605 धूपघडी ना. घाम लागेका बखत कुनै वस्तुले घाम छेक्दा पर्न गएका छायाँको लम्बाइ नापेर समय सूचित गर्ने निर्देशकयन्त्र।
44606 धूपछायाँ ना. १. घामको प्रकाश पर्दा विभिन्न रङ मिसिएजसरी टल्कने एक प्रकारको रँगाइ वा बुनोट।
44607 धूपछायाँ ना. २. त्यसरी टल्कने कपडा।
44608 धूपछायाँ ना. ३. दुःख एवं सुखको परिस्थिति।
44609 धूपदान/दानी ना. १. धूप सल्काएर राखिने भाँडो; धूपदानी।
44610 धूपदान/दानी ना. २. धूप हाल्नका लागि झरझराउँदा कोइला राख्ने भाँडो; कोइल्याँटो; धुपौरो।
44611 धूपधुवाँर ना. आगामा घिउ वा अन्य कुनै सुगन्धित द्रव्य सल्काएर सुवासिलो धुवाँ निकाल्ने काम; धूप बाल्ने कार्य।
44612 धूपपात्र धूप बाल्ने भाँडो; धुपौरो।
44613 धूपबत्ती ना. १. सुवासका निम्ति धूप सल्काएपछि बालिने, घिउले भिजाएको बत्ती।
44614 धूपबत्ती ना. २. सल्काइने वा आगामा हालिने धूप र उज्यालोका निम्ति बालिने बत्ती; धूप र बत्ती।
44615 धूपबत्ती ना. ३. साधारण पूजाआजा।
44616 धूपबाती ना. धूपबत्ती।
44617 धूपित वि. १. धूप वा सुगन्धित द्रव्य सल्काएर बास्ना आउने पारिएको।
44618 धूपित वि. २. तताइएको; सेकाइएको; तप्त।
44619 धूपित वि. ३. थाकेको; थकित।
44620 धूपी ना. हे. धुपी।
44621 धूम १. आगाको धुवाँ; धूम्र।
44622 धूम २. कुइरो; ढुस्से, हुस्से।
44623 धूम ३. बादल; मेघ।
44624 धूम ४. परस्परको ठुलो झगडा; रडाको।
44625 धूम ५. उपद्रव; उत्पात।
44626 धूम ६. अजीर्ण हुँदा आउने डकार। क्रि.वि.
44627 धूम ७. अचाक्ली; उधुम।
44628 धूमकेतु ना. १. पुच्छ्रेतारो; उल्का।
44629 धूमकेतु ना. २. आगो; अग्नि।
44630 धूमकेतु ना. ३. शिव।
44631 धूमचक्र ना. १. चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल।
44632 धूमचक्र ना. २. ठुलो झगडा; रडाको। क्रि.वि.
44633 धूमचक्र ना. ३. धूमधाम; उधुम; अचाक्ली।
44634 धूमधाम क्रि.वि. १. ज्यादै चर्को किसिमले; हुनेहुनाम्मे; अत्यन्त; ज्यादा; ज्यास्ती; धसनधान। वि.
44635 धूमधाम क्रि.वि. २. धेरै; खुब; अति; बहुत। ना.
44636 धूमधाम क्रि.वि. ३. ठुलो आयोजना; रामरमिता; रामरउस।
44637 धूमपान ना. धूम्रपान।
44638 धूमपोत ना. पानीजहाज; अग्निबोट; धुवाँकस; स्टिमर।
44639 धूमवाराही ना. काठमाडौँदेखि उत्तरतिर विशालनगरमा रहेकी वाराही देवी; चार वाराहीमध्ये एक।
44640 धूमावती ना. दश महाविद्यामध्ये एक; भयङ्कर रूप र मलिन वेश भएकी एक देवी।
44641 धूमिका ना. कुइरो।
44642 धूमित वि. १. धुवाँले ढाकिएको; धुवाँ लागेको।
44643 धूमित वि. २. तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र।
44644 धूमिल वि. धुवाँका आकारको; स्पष्ट नदेखिने; घुर्मैलो।
44645 धूम्र ना. १. धुवाँ; धूम।
44646 धूम्र ना. २. ध्वाँसो; धूमांश।
44647 धूम्र ना. ३. धुवाँको वा धुवाँको जस्तो रङ; ध्वाँसे रङ।
44648 धूम्र ना. ४. शिलारस नाउँको एक गन्धयुक्त द्रव्य।
44649 धूम्र ना. ५. एक असुर।
44650 धूम्र ना. ६. शिव; महादेव। वि.