Dictionary

All Word

44651 धूम्र ना. ७. धुवाँका रङको; फुस्रो।
44652 धूम्रपत्रा ना. फुस्रो रङको बिरी; सानो बिरी।
44653 धूम्रपान ना. विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुस्रे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिँडी आदि सल्काएर वा सुल्फा, चिलिम आदिमा तमाखु, गाँजा आदि डढाएर निस्केको धुवाँको सर्को मुखले तान्ने काम; धूमपान।
44654 धूम्रवर्ण वि. धुवाँका रङको; फुस्रो।
44655 धूर्जटि ना. माथि उठेका जटा भएका देवता; शिव; महादेव।
44656 धूर्त वि. १. कपटपूर्ण चलाकी जान्ने; छटेल; छट्टु।
44657 धूर्त वि. २. छलछाम गर्ने स्वभाव भएको, छली।
44658 धूर्त वि. ३. अर्कालाई ठगेर स्वार्थ पूरा गर्ने; ठग; वञ्चक।
44659 धूर्त वि. ४. धोकेबाज।
44660 धूर्तता ना. १. धूर्त हुनाको भाव वा अवस्था; धुत्याइँ।
44661 धूर्तता ना. २. धोकेबाजी; वञ्चकता; ठगीपना।
44662 धूर्वी ना. रथ, बग्गी आदिको अगिल्लो भाग।
44663 धूल ना. धुलो।
44664 धूलमैदान ना. बतासले उडाएर ल्याई थुपारेको बालुवा, पाँगो र मसिनो माटो भएको ठाउँ।
44665 धूलि ना. धुलो।
44666 धूलिधूसर / धूसरित वि. धुलोमूलो लागेर धुस्रो देखिएको वा सो लगाएर फुस्रो भएको।
44667 धूलिपटल ना. तुवाँलो।
44668 धूलिमाटी ना. १. धुलोमाटोको थुप्रो बनाई त्यसभित्र सिन्को लुकाएर खोज्ने केटाकेटीको एक खेल।
44669 धूलिमाटी ना. २. धुलो र माटाको समूह।
44670 धूलो ना. हे. धुलो।
44671 धूवाँ ना. हे. धुवाँ।
44672 धूसर वि. १. माटाको जस्तो फुस्रो रङको; खाकी।
44673 धूसर वि. २. धुलो लागेर फसो भएको; फुस्रो रङको; धुस्रो।
44674 धूसरित वि. १. धुलो लागेर फुस्रो भएको।
44675 धूसरित वि. २. ध्वाँसे रङको, धूसर; धुस्रो।
44676 धूसरित वि. ३. उज्जर नभएको; फुस्रो पारिएको; फुस्रो।
44677 धृत वि. १. धारण गरिएको।
44678 धृत वि. २. समातिएको; पक्रिएको; अँठ्याइएको।
44679 धृत वि. ३. आफ्ना अधिकारमा राखिएको; आफ्ना ऐँच वा कब्जामा लिइएको।
44680 धृत वि. ४. राखिएको; स्थापित। ना.
44681 धृत वि. ५. ग्रहण वा धारण गर्नाको भाव।
44682 धृत वि. ६. पुराणअनुसार द्रुह्यवंशीय धर्मका एक पुत्र।
44683 धृतराष्ट्र ना. महाभारतमा प्रसिद्ध, जन्मैदेखिका अन्धा एक प्रसिद्ध राजा; दुर्योधनका बाबु।
44684 धृतवर्मा ना. अर्जुनका साथ अश्वमेधका घोडाको रक्षाका निम्ति गएका त्रिगर्त्तका राजकुमारको नाम।
44685 धृतात्मा वि. १. मन बलियो भएको; स्थिरचित्त; धैर्यशाली; धीर। ना.
44686 धृतात्मा वि. २. विष्णु।
44687 धृति ना. १. धारण गर्ने भाव, गुण वा शक्ति; धैर्य; धीरता।
44688 धृति ना. २. समाउने क्रिया; ग्रहण गर्ने काम।
44689 धृति ना. ३. स्थिरता, अचलता।
44690 धृति ना. ४. गौरी आदि सोह मातृकामध्ये एक।
44691 धृति ना. ५. ज्योतिषशास्त्रअनुसार एक योग।
44692 धृति ना. ६. एक पाउमा अठार अक्षर हुने छन्दका सबै भेद।
44693 धृति ना. ७. चन्द्रमाका सोह्र कलामध्ये एक कलाको नाम।
44694 धृति ना. ८. वास्तु वा मूर्तिकलामा प्रयोग हुने, एक अङ्गुल वा मात्राको नब्बे गुना बराबरको नाप; गतिको तीन गुना बराबरको नाप; दिक्, आयुध, नाडी वा प्रादुर्भावको नौ गुना बराबरको नाप; नब्बे अङ्गुल बराबरको नाप।
44695 धृतधारी वि. धृतिमान्।
44696 धृतमान् वि. १. धैर्य रहेको; धैर्यशाली; धीर।
44697 धृतमान् वि. २. दुःख सुखमा एकरूप रहने।
44698 धृष्ट वि. १. सम्झाए - बुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ।
44699 धृष्ट वि. २. समय र ठाउँअनुसारको व्यवहार नजान्ने; असभ्य; अशिष्ट; कोर्काली; गँवार।
44700 धृष्ट वि. ३. निर्लज्ज। ना.