Dictionary

All Word

44801 धोत्र्याउनु प्रे. क्रि. धोत्रो पार्नु; धोत्रिन लाउनु।
44802 धोद्रे वि. हे. धोत्रे।
44803 धोद्रो ना. / वि. हे. धोत्रो।
44804 धोबिनी ना. १. धोबी जातकी स्त्री; धोबीकी पत्नी।
44805 धोबिनी ना. २. कालो र सेतो मिसिएको रङ भएको भँगेराका आकारको एक जातको चरो।
44806 धोबिने ना. एक जातको घाँसको बुटो वा जरो गुलियो हुने एक प्रकारको सानोतिनो बोट।
44807 धोबी ना. ज्याला लिई अर्काका लुगा कपडा धोएर जीवननिर्वाह गर्ने एक जाति।
44808 धोबी घाट ना. धोबीले लुगा धुने पानी भएको ठाउँ।
44809 धोबी चरो ना. धोबिनी।
44810 धोऱ्याङ ना. गर्धनदेखि पुट्ठासम्म गएको ढाडको सोझो हाड; मेरुदण्ड।
44811 धोवाइ ना. धुवाउने क्रिया वा प्रक्रिया।
44812 धोवाइनु क.क्रि. धुन लाइनु।
44813 धोवाउनु प्रे. क्रि. धुन लाउनु।
44814 धौ ना. कुनै विषयको प्राप्ति वा कुनै कार्यसिद्धिका निम्ति पर्ने कठिनाइ; मुस्किल; धेरै हतार।
44815 धौधौ क्रि.वि. १. साह्रै गाह्रोसँग; मुस्किलले मात्र। वि.
44816 धौधौ क्रि.वि. २. साह्रोगाह्रो; पुगेसपुगेस।
44817 ध्यान ना. १. कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता।
44818 ध्यान ना. २. मनमस्तिष्क एकाग्र भएको स्थिति; योग, साधना।
44819 ध्यान ना. ३. चिन्तन; सोच।
44820 ध्यान ना. ४. रुचि; चासो; ख्याल।
44821 ध्यानदृष्टि ना. १. गहिरो चिन्तन; मनोयोगपूर्ण निरीक्षण वा अवलोकन।
44822 ध्यानदृष्टि ना. २. दिव्यदृष्टि।
44823 ध्यानमग्न वि. गम्भीर चिन्तनमा लीन भएको; ध्यान गरिरहेको; सोचाइमा डुबेको।
44824 ध्यानयोग ना. मन वा चित्तलाई एकाग्र पार्ने एक प्रकारको योग वा साधना।
44825 ध्यानाकर्षण ना. अरूको ध्यान आफूतिर खिच्ने काम; अरूको दिमागबाट हराइसकेको वा हराउन लागेको कुरा वा विषयलाई सम्झाउने काम।
44826 ध्यानाकर्षित वि. कुनै कामकुराप्रति ध्यान अकृष्ट भएको; ध्यानाकृष्ट।
44827 ध्यानकृष्ट वि. ध्यानाकर्षित।
44828 ध्यानी वि. १. ध्यानमा लीन भएको; ध्यानमा लागेको; साधनारत।
44829 ध्यानी वि. २. ज्ञानी; चिन्तनशील।
44830 ध्यारध्यार क्रि.वि. कपडा वा कागत च्यात्दा वा उधार्दा आवाज आउने किसिम।
44831 ध्यारध्यार्ती क्रि.वि. अझ बढी ध्यारघ्यार हुने किसिमले।
44832 ध्यार्र क्रि.वि. हे. ध्वार्र।
44833 ध्येय वि. १. ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको।
44834 ध्येय वि. २. ध्यान गर्न योग्य; चिन्तन गर्न लायक। ना.
44835 ध्येय वि. ३. ध्यान वा चिन्तनको विषय, तत्त्व, काम वा कुरो।
44836 ध्येय वि. ४. लक्ष्य; उद्देश्य।
44837 ध्रुपद ना. देवताहरूको लीला एवं राजामहाराजाद्वारा गरिएका यज्ञादिको वर्णनलाई लिएर गाइने एक किसिमको गीत; एक राग।
44838 ध्रुव वि. १. सधैँ एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य।
44839 ध्रुव वि. २. कुनै विषयमा कुनै किसिमको संशय नभएको; निश्चित; निस्सन्देह। ना.
44840 ध्रुव वि. ३. पुराणप्रसिद्ध भगवान्का भक्त तथा राजा उत्तानपादका रानी सुनीतितर्फका जेठा छोरा।
44841 ध्रुव वि. ४. उत्तरी आकाशमा सधैँ अटल रहने प्रसिद्ध ठानिएको तारो।
44842 ध्रुव वि. ५. भूगोलका अनुसार मूमध्यरेखादेखि उत्तर वा दक्षिणपट्टि रहेको सबभन्दा टाढाको बिन्दु; देशान्तर रेखाहरू केन्द्रित भएर रहने पृथ्वीको उत्तर र दक्षिणको छेउ।
44843 ध्रुव वि. ६. आकाश।
44844 ध्रुव वि. ७. पर्वत।
44845 ध्रुव वि. ८. ज्योतिषशास्त्रका अनुसार एक योग।
44846 ध्रुवता ना. १. ध्रुव हुनाको भाव, गुण वा अवस्था; स्थिरता; अचलता; दृढता।
44847 ध्रुवता ना. २. वैज्ञानिक क्षेत्रमा दुई परस्पर विरोधी तत्त्व वा दिशा भिन्न रहे तापनि तिनबाट मुक्त हुने पिण्ड, पदार्थ आदिको स्थिति वा गुण।
44848 ध्रुवतारा / तारो ना. उत्तरी आकाशमा सधैँ एउटै ठाउँमा रहेको देखिने तारो।
44849 ध्रुवदर्शक ना. १. सधैँ उत्तरतिर मात्रै सुई फर्कने दिशासूचक यन्त्र; कम्पास।
44850 ध्रुवदर्शक ना. २. सप्तर्षिमण्डल।