Dictionary

All Word

44751 धोकाहा वि. १. असुहाउँदो किसिमबाट पिउने वा खाने; धोक्ने; धोकुवा।
44752 धोकाहा वि. २. धेरै खाने वा पिउने।
44753 धोकिनु क.क्रि. धोक्ने काम गरिनु।
44754 धोकुवा वि. नसुहाउँदो किसिमबाट धेरै खाने वा पिउने; धोकाहा।
44755 धोके वि. धोका दिने; धोका हुने।
44756 धोके गोदाम ना. ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको मालसामान, अन्नपात आदिको गोदाम; बचतभकारी।
44757 धोकेबाज वि. धोका दिने; धोकाबाज।
44758 धोकेबाजी ना. धोका दिनेकाम; बेइमानी।
44759 धोको ना. १. कुनै विषयवस्तुप्रति मनमा उठ्ने प्रबल इच्छा; चाह; अभिलाषा।
44760 धोको ना. २. धित।
44761 धोक्राधोक्री ना. सानाठुला धोक्राहरूको समूह, धोक्रा र धोक्रासमानका वस्तुहरूको समूह।
44762 धोक्रिनु अ.क्रि. धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु।
44763 धोक्रे वि. १. धोक्रो बोक्ने।
44764 धोक्रे वि. २. धोक्रा बुनेर बेच्ने काम गर्ने।
44765 धोक्रे वि. ३. धोक्रोजस्तो परेको; भद्दा र मोटो कदको।
44766 धोक्रे वि. ४. धोक्रोजस्तो गुँड बनाएर त्यसभित्र बस्ने (किरो)।
44767 धोक्रे वि. ५. धोक्राको मुखजस्तो मोहोता भएको (सुरुवाल, पाइजामा, पाइन्ट)। ना.
44768 धोक्रे वि. ६. तिर्जा खरिद गर्ने ठेकेदार।
44769 धोक्रे किरो ना. झुसैझुसले बनेको धोक्रोजस्तो गुँडमा बस्ने एक जातको बिखालु किरो।
44770 धोक्रे खटिरो ना. धोक्रे किराको झुस बिकेर निस्कने खटिरो।
44771 धोक्रे चरो ना. सिउर रातो र शरीर खैरो रङको हुने भँगेरोभन्दा पनि सानो एक प्रकारको चरो।
44772 धोक्रे फूल ना. नरम रुखका ठुलठुला पात हुने, धोक्राजस्ता आकारका ठुला र सेता फूल फुल्ने, चिस्यानमा हुने एक जातको बोट।
44773 धोक्रे सुरुवाल ना. धोक्राजस्ता ठुलठुला मोहोता हुने सुरुवाल; हात्तीपाइले सुरुवाल; पाइजामा; पाइन्ट।
44774 धोक्रो ना. सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो, बोरा।
44775 धोक्र्याइ ना. धोक्र्याउने क्रिया वा प्रक्रिया।
44776 धोक्र्याइनु क.क्रि. बेसरी खाइनु।
44777 धोक्र्याउनु स.क्रि. बेसरी खानु; पेटमा अटेसमटेस हुने गरी हसुर्नु; कन्ठ्याउनु।
44778 धोखा ना. हे. धोका।
44779 धोखेबाज वि. हे. धोकाबाज।
44780 धोखेबाजी ना. धोकेबाजी।
44781 धोती ना. १. कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारीजस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र।
44782 धोती ना. २. लामो ठुलो कछाड।
44783 धोती ना. ३. लँगोटी।
44784 धोती ना. ४. लमाइका दुई किनारामा पारी भएको स्त्री जातिले पहिरिने सारी।
44785 धोतीपाटा ना. १. पुरुष वा स्त्रीले फेर्ने धोती।
44786 धोतीपाटा ना. २. धोएको लुगा।
44787 धोतीसरो ना. पानीसरोका जस्ता लामो र खस्रो पात हुने एक जातको काठ नहने बिरुवा।
44788 धोत्रिनु अ.क्रि. १. कुनै वस्तु पुरानो र खोक्रो हुनु; रुखभित्रको चुरो मकाएर धोत्रो हुनु।
44789 धोत्रिनु अ.क्रि. २. कुनै विकारबाट वा जवानीका कारणले स्वर ठुलो हुनु।
44790 धोत्रे वि. १. खोक्रो भएको; धोत्रो पसेको; धोद्रे (काठ, मुला आदि)।
44791 धोत्रे वि. २. ठुलो खोक्रो स्वर भएको (मानिस)।
44792 धोत्रे चरो ना. पहेँलो र खैरो रङको एक जातको चरो।
44793 धोत्रे रुख ना. भित्र खोक्रो परेको रुख; ध्वान्द्रे रुख।
44794 धोत्रे बोली ना. स्वर भासिएर बिग्रिएको बोली।
44795 धोत्रे स्वर ना. सर्दी वा कुनै विकारबाट ठुलो भएको स्वर।
44796 धोत्रो ना. १. जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको भित्र हुने खोक्रोपन; धोद्रो। वि.
44797 धोत्रो ना. २. भित्रपटि खाली भएको; खोक्रो।
44798 धोत्रो ना. ३. शारीरिक विकार वा जवानीले स्वर बिग्रिई ठूलो भएको; धोत्रिएको; खसिएको; धोद्रो ( स्वर, बोली )।
44799 धोत्र्याइ ना. धोत्रिने किसिम वा क्रिया।
44800 धोत्र्याइनु क.क्रि. धोत्रो पारिनु; धोत्रिन लाइनु।