Dictionary

All Word

44851 ध्रुवदर्शन ना. विवाहका यज्ञमा बसेका बेला वरले वधूलाई ध्रुवतारो देखाउने काम।
44852 ध्रुवपद ना. १. प्रायः स्तुतिहरू गाइने एक लय।
44853 ध्रुवपद ना. २. सङ्गीतमा बारबार दोहोऱ्याइने कविताको कुनै एक चरण; टेक।
44854 ध्रुवलोक ना. पुराणअनुसार सत्यलोकअन्तर्गत ध्रुव रहने एक लोक।
44855 ध्रुवसत्य वि. ध्रुव उत्तरी आकाशमा सधैँ स्थिर वा अटल भएर रहेजत्तिकै साँचो; अखण्डित सत्य।
44856 ध्रुवीकरण ना. स्थिरीकरण।
44857 ध्रुवीय वि. ध्रुवसम्बन्धी; ध्रुवको।
44858 ध्रुवीय धार ना. ध्रुवीय महासागरबाट बग्ने चिसो पानीको प्रवाह।
44859 ध्रुवीय वायु ना. ध्रुवीय क्षेत्रबाट बहने चिसो बतास।
44860 ध्वंस ना. नाश; विनाश; सर्वनाश।
44861 ध्वंसक वि. नाश गर्ने; बिगार्ने; भत्काउने; विध्वंसक।
44862 ध्वंसन ना. १. नाश गर्ने काम; ध्वस्त पार्ने काम।
44863 ध्वंसन ना. २. क्षय; संहार; विनाश।
44864 ध्वंसलीला ना. मानव-विनाशक युद्ध; नरसंहार।
44865 ध्वंसावशेष ना. नाश हुँदा बाँकी रहेको अंश; भत्किँदा बचेको भाग; खण्डहर।
44866 ध्वंसित वि. नाश भएको; बिग्रिएको; भत्किएको; ध्वस्त।
44867 ध्वंसी वि. १. नाश गर्ने; बिगार्ने; ध्वस्त पार्ने।
44868 ध्वंसी वि. २. विनष्ट हुने; नश्वर।
44869 ध्वज ना. १. प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा; झन्डा; ध्वजा; धजो; पताका।
44870 ध्वज ना. २. चिह्न; निशाना।
44871 ध्वज ना. ३. श्रेष्ठ; प्रमुख।
44872 ध्वजदण्ड ना. झन्डा झुन्ड्याउने दण्ड; ध्वजयष्टि।
44873 ध्वजपट ना. ध्वजा; झण्डा।
44874 ध्वजभङ्ग ना. झन्डा झिक्ने काम; लिङ्गो ढलाइ।
44875 ध्वजयष्टि ना. ध्वजदण्ड।
44876 ध्वजयुक्त वि. ध्वजा भएको; झन्डावाल।
44877 ध्वजवान् वि. १. ध्वजा भएको; झन्डावाल।
44878 ध्वजवान् वि. २. चिह्न भएको; चिह्नाङ्कित।
44879 ध्वजवाहक ना. झन्डावाल; झन्डा बोक्ने अधिकार प्राप्त।
44880 ध्वजांशुक ना. ध्वजाको कपडा; झन्डाको कपडा।
44881 ध्वजा ना. झन्डा; पताका; ध्वज।
44882 ध्वजापताका ना. विवाह, उत्सव आदि शुभकार्यमा प्रयुक्त हुने विभिन्न आकारका रङ्गीचङ्गी ध्वजा र त्यस्तै फूलपात तथा कागजका पत्रपत्री।
44883 ध्वजारोपण ना. झन्डा गाड्ने काम; ध्वजा उभ्याउने काम।
44884 ध्वजावाहक ना. झन्डा बोक्ने झन्डाधारी।
44885 ध्वजी वि. १. ध्वजा भएको; झन्डादार।
44886 ध्वजी वि. २. कुनै किसिमको चिह्न भएको; चिह्नित।
44887 ध्वजोत्तोलन ना. झन्डा फहराउनेकाम; ध्वजा गाड्ने काम।
44888 ध्वजोत्थान ना. १. झन्डा गाड्ने काम; ध्वजा फहराउने काम।
44889 ध्वजोत्थान ना. २. इन्द्रयात्रा, बिस्केट आदिको लिङ्गो उभ्याउने काम।
44890 ध्वनन ना. ध्वनि निकाल्ने काम; शब्द निकाल्ने क्रिया।
44891 ध्वनि ना. १. कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द।
44892 ध्वनि ना. २. कुनै अर्थ वा आशय नखुल्ने शब्द वा आवाज (पशुको ध्वनि, बादलको ध्वनि इ.)।
44893 ध्वनि ना. ३. कुनै ठाउँमा शब्द थर्कंदा फर्केर आउने आवाज; प्रतिध्वनि; घन्को।
44894 ध्वनि ना. ४. कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ; गूढार्थ; व्यङ्ग्यार्थ; ध्वन्यार्थ।
44895 ध्वनि ना. ५. मुखबाट उच्चरित हुने आवाज।
44896 ध्वनि ना. ६. कुनै अवस्थामा पनि खण्डित हुन नसक्ने भाषाको निम्नतम एकाइ।
44897 ध्वनिअङ्कन ना. चलचित्र वा सिनेमाको ध्वनि रेकर्ड गर्ने वा भर्ने काम।
44898 ध्वनिअवयव ना. ध्वनिहरूको उच्चारणमा सक्रिय रहने फोक्सोदेखि ओठसम्मका विभिन्न अङ्गहरू; उच्चारण-अवयव।
44899 ध्वनिकक्ष ना. रेडियो प्रसारण केन्द्र आदिमा ध्वनिलाई नियन्त्रण र परीक्षण गर्ने कोठा।
44900 ध्वनिकाव्य ना. व्यङ्ग्यार्थ वा ध्वन्यर्थ प्रधान भएको काव्य; उत्तम काव्य।