Dictionary

All Word

45001 नकली वि. ५. नकल पार्ने; स्वाङ पार्ने (स्त्री)।
45002 नकले वि. १. नकल गर्ने।
45003 नकले वि. २. ढाँचा पार्ने; स्वाङ पार्ने।
45004 नकले वि. ३. आडम्बरी; ढोँगी।
45005 नकले वि. ४. अर्काको नक्कल गर्ने।
45006 नकलेझकले वि. १. नक्कलझक्कल पार्ने; नचाहिँदो सिँगारपटार गर्ने; स्वाँगी।
45007 नकलेझकले वि. २. नसुहाउँदो ठाँटबाँटको; उत्ताउलो र झिल्के।
45008 नकस ना. १. रुपियाँपैसा थापेर हारजित हुने गरी खेलिने तासको एक खेल।
45009 नकस ना. २. गन्जिफा।
45010 नकाइ ना. नकाउने क्रिया वा प्रक्रिया।
45011 नकाइनु अ.क्रि. आनाकानी गरिनु; अनकनाइनु।
45012 नकाउनु अ.क्रि. कुनै कामकुरो गर्न असजिलो मान्नु; आनाकानी गर्नु; अनकनाउनु।
45013 नकाब ना. १. मुख छोप्नका निम्ति लगाउने कपडा; घुम्टो।
45014 नकाब ना. २. बाहिरी आडम्बर वा स्वाङ। (उदा.- देशसेवाको नकाब लगाएर आफ्नो स्वार्थ पूरा गर्नु राम्रो होइन। )
45015 नकाबधारी वि. १. नचिनिने उद्देश्यले मुख छोप्ने कपडा लगाउने; नकाब धारण गर्ने।
45016 नकाबधारी वि. २. नभएका कुराको स्वाङ रच्ने।
45017 नकाबपोस ना. नकाबधारी।
45018 नकार्नु स.क्रि. कुनै कामकुरा गर्न वा भन्न नमान्नु; अस्वीकृति जनाउनु; निषेध गर्नु।
45019 नकार ना. १. 'न' अक्षर; तवर्गको अन्तिम वर्ण।
45020 नकार ना. २. निषेध; नाइँकार।
45021 नकाराइ ना. नकार्ने भाव, क्रिया वा प्रक्रिया।
45022 नकारात्मक वि. कुनै काम वा कुरो नमान्ने वा नगर्ने किसिमको; अस्वीकृतिमूलक; निषेधात्मक (कथन वा उत्तर)। विप. सकारात्मक।
45023 नकारात्मकता ना. नकारात्मक हुनाको भाव वा अवस्था।
45024 नकारिनु क.क्रि. नकार्ने काम गरिनु; नकाराइमा पारिनु; अस्वीकृति जनाइनु।
45025 नकुल ना. १. पाँच पाण्डवमध्येका एक भाइ।
45026 नकुल ना. २. न्याउरीमुसो।
45027 नक्कल ना. १. अनुकरण; नकल।
45028 नक्कल ना. २. स्वाङ; ढाँचा।
45029 नक्कलझक्कल ना. नकलझकल।
45030 नक्कली वि . नकली।
45031 नक्कली जटामसी ना. लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फूल फुल्ने र ओखतीमुलोमा प्रयोग हुने एक जातको वनस्पति।
45032 नक्कले वि. नक्कल गर्ने; नकले।
45033 नक्कासी ना. १. धातु, काठ, पत्थर आदि कुँदेर बेलबुट्टा भर्ने काम वा विद्या।
45034 नक्कासी ना. २. छाप्नाका निम्ति धातु, काठ, पत्थर आदि कुँदेर चित्र आदि बनाउने काम।
45035 नक्कासीदार वि. नक्कासी भरेको; बेलबुट्टा बनाइएको।
45036 नक्खी ना. सितार, तानपूरा आदि बजाउँदा चोर औँलाको टुप्पामा लगाइने तारको साधन।
45037 नक्त ना. १. दिनको चौथो वा अन्तिम प्रहर; सन्ध्या सुरु हुन लाग्दाको समय।
45038 नक्त ना. २. रात; रात्रि।
45039 नक्त ना. ३. शिव।
45040 नक्तचर वि. रातिराति हिँड्ने; रात्रिचर; निशाचर।
45041 नक्तभोजन ना. दिनभरिको व्रतपछि गरिने रातको भोजन।
45042 नक्तभोजी वि. रातमा भोजन गर्ने; नक्तव्रत लिने।
45043 नक्तव्रत ना. रातमा तारा हेरेर विष्णुको पूजा गरेपछि मात्र भोजन गरिने एक व्रत।
45044 नक्र ना. माउसुलीका आकरको शरीर र लामो थुतुनो हुने ठुलो एक जलजन्तु; गोही; ग्राह।
45045 नक्षत्र ना. १. चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी,कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, पुष्य (तिष्य), अश्लेषा,मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा,अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती )।
45046 नक्षत्र ना. २. ज्योतिषशास्त्रअनुसार मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरू।
45047 नक्षत्र ना. ३. तारा।
45048 नक्षत्रचक्र ना. १. चन्द्रमाले सत्ताइस- अट्ठाइस दिनमा परिक्रमा गर्ने, सत्ताइस नक्षत्रको चक्र वा घेरो; राशिचक्र।
45049 नक्षत्रचक्र ना. २. तान्त्रिकहरूले पूजा गर्ने एक चक्र।
45050 नक्षत्रपति ना. चन्द्रमा।