Dictionary

All Word

45101 नगदे वि. नगदका रूपमा परिणत गर्न सकिने (बस्तुभाउ, बालीनाली आदि); नगदी।
45102 नगदे बाली ना. १. नगद आम्दानी गर्ने उद्देश्यले उब्जाइने कृषिबाली (उखु, सुर्ती, कपास, जुट आदि )।
45103 नगदे बाली ना. २. बेचबिखन गरेर नगदका रूपमा परिणत गर्न सकिने त्यस्तो बाली।
45104 नगर ना. १. सडक, बजारसहित धेरै मान्छेहरूको बस्ती भएको र गाउँभन्दा बढी भौतिक साधन र सुविधा भएको विकसित ठाउँ; सहर; पुर (टाउन)।
45105 नगर ना. २. त्यस्तै ठुलो रूपमा रहेको कुनै एक बस्ती (विराटनगर, आदर्शनगर, महेन्द्रनगर इ.)।
45106 नगरकोट ना. नेपालको बाग्मतीअञ्चलअन्तर्गत भक्तपुर जिल्लाको उत्तरपूर्व कुनामा रहेको हिमाली शृङ्खला तथा सूर्योदयको मनोहर दृश्य देखिने एक प्रसिद्ध ठाउँ।
45107 नगरनायिका ना. सहरमा बसेर नाचगान गर्ने र पैसा लिएर परपुरुषसँग सहवास गर्ने स्त्री; वेश्या; रन्डी।
45108 नगरपञ्चायत ना. नगरको स्वास्थ्य, सफाइ, बत्ती, सडक, ढल, पानी आदिको व्यवस्था गर्नका लागि पञ्चायतकालीन नगरपञ्चायत ऐनबमोजिम सम्बन्धित नगरका जनताद्वारा निर्वाचित, पञ्चायती व्यवस्थाअनुसार नगरतहको निकाय।
45109 नगरपाल ना. नगरको हेरचाह गर्ने व्यक्ति; नगरको रक्षा गर्ने व्यक्ति; नगररक्षक।
45110 नगरपालिका ना. वर्तमान व्यवस्थाअनुरूप नगरको सरसफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिको व्यवस्था गर्न वैधानिक रूपमा निर्वाचित र सङ्गठित निकाय।
45111 नगरपिता/प्रमुख ना. नगरपालिकाका निर्वाचित प्रमुख अधिकारी; मेयर।
45112 नगर प्रहरी ना. नगरको हेरचाह वा रक्षा गर्नका लागि राखिने प्रहरी; नगररक्षक प्रहरीको विशेष विभाग।
45113 नगरवासी वि. नगर वा सहरमा बस्ने; पुरवासी; सहरिया।
45114 नगर विकास योजना ना. नगरमा पानी, बिजुली, ढल, सडक आदिको आवश्यक व्यवस्था मिलाई नगरको समुचित विकास गर्न बनेको योजना; योजनाबद्ध रूपमा नगर बसाउने वा नगरको विकास गर्ने कार्यक्रम (टाउनप्लानिङ)।
45115 नगरा ना. पिँध तिखो भएको भिउँटजस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजाले बजाइने एक तालबाजा; ठुलो दमाहा; डङ्का।
45116 नगरी ना. १. सानो नगर वा सहर।
45117 नगरी ना. २. नगर।
45118 नगरीकरण ना. नगर बनाउने काम; कुनै ठाउँलाई सहरका रूपमा विकास गर्ने काम।
45119 नगरीय वि. १. नगरमा बस्ने वा हुने।
45120 नगरीय वि. २. नगरसम्बन्धी; नगरको।
45121 नगर्ची ना. १. नगरा बजाउने व्यक्ति।
45122 नगर्ची ना. २. दमाईंलाई मानपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
45123 नगाधिप ना. १. पुराणअनुसार पर्वतको राजा मानिएको सुमेरु पर्वत।
45124 नगाधिप ना. २. हिमालय।
45125 नगिच ना. यो. / क्रि.वि. हे. नजिक।
45126 नगेन्द्र ना. १. नगाधिप; सुमेरु।
45127 नगेन्द्र ना. २. हिमालय।
45128 नगोपा ना. धार्मिक पूजाआजा चलाउने, राईलिम्बूका धर्मगुरु। (नगोपालाई देउता चढ्नुका साथै ऊ ईश्वरको प्रतिनिधि बनेर मानिसलाई निर्देशित गर्छ। नगोपाद्वारा झाँक्री र वैद्यको काम पनि हुन्छ )।
45129 नग्गा वि. उछिनेर अगाडि जाने; नाघ्ने।
45130 नग्न वि. १. शरीरमा लुगाफाटो केही नभएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र।
45131 नग्न वि. २. आवरण नभएको।
45132 नग्न वि. ३. ढाकछोप नगरी जस्ताको तस्तै रहेको; यथार्थ; खसोखास (रूप, कुरो आदि)।
45133 नग्नता ना. १. नग्न हुनाको भाव वा अवस्था; नङ्गापन; नाङ्गोपना।
45134 नग्नता ना. २. सब थोक प्रकट गर्नाको भाव वा स्थिति।
45135 नग्न नृत्य ना. १. नाङ्गो नाच।
45136 नग्न नृत्य ना. २. मनलाग्दो व्यवहार।
45137 नग्न सत्य ना. राम्रो वा प्रिय देखाउने उद्देश्यले कुनै कपोकल्पित वा बनावटी कुरा नथपिएको वास्तविक कुरो; सुन्दा वा हेर्दा अप्रिय र नराम्रो लाग्ने तर यथार्थ कुरो; नाङ्गो सत्य।
45138 नग्ना वि. १. लुगाफाटो नलगाएकी; नाङ्गी; निर्वस्त्र (स्त्री)।२. लाज सरम नभएकी; निर्लज्ज (स्त्री)।
45139 नघाइ ना. १. नाघ्ने क्रिया वा प्रक्रिया। [ नघाउ + आइ]
45140 नघाइ ना. २. नघाउने क्रिया वा प्रक्रिया।
45141 नघाइनु क.क्रि. नाघ्न लाइनु।
45142 नघाउनु प्रे. क्रि. नाघ्न लगाउनु; नाघ्ने बनाउनु।
45143 नङ ना. औँलाका टुप्पामा औँलाको मासुबाटै पलाएको र त्यसैसँग टाँसिएको, छालाभन्दा माथि आएजति चाहिँ काट्ता नदुख्ने पातलो हाड; नख; नङ्ग्रा।
45144 नङकटनी ना. १. इस्पातबाट बनेको नङ काट्ने साधन।
45145 नङकटनी ना. २. नङ काट्ने काम।
45146 नङछुरी ना. १. औँलाका टुप्पामा नङनिर ठिहिऱ्याउँदा हुने पीडा; नङसिरी।
45147 नङछुरी ना. २. नङका दायाँबायाँ कुनामा निस्कने मसिनो छेस्कोजस्तो अवयव, उचेरा।
45148 नङछुरी ना. ३. नङका कुना पाक्ने एक रोग।
45149 नङपालिस ना. नङमा लगाइने पालिस।
45150 नङमासु ना. १. नङ र मासु।