Dictionary

All Word

45201 नचुवा वि. १. नाच्ने पेसा भएको; नाच्ने काम गर्ने; नृत्य गर्ने। ना.
45202 नचुवा वि. २. नाच्ने पेसा भएको व्यक्ति; नछुवा; नट।
45203 नचुवी वि. १. नाच्ने पेसा भएकी; नृत्य गर्ने (स्त्री)। ना.
45204 नचुवी वि. २. नाच्ने स्त्री; नटी; नचरी; नर्तकी।
45205 नचौरो ना. नाच्ने व्यक्ति; नर्तक; नटुवा।
45206 नछुने वि. १. पर सरेकी; रजस्वला।
45207 नछुने वि. २. छुन नहुने; स्पर्श नगरिने।
45208 नजर ना. १. आँखा; नयन; नेत्र।
45209 नजर ना. २. हेर्ने काम; हेराइ; अवलोकन; दृष्टि।
45210 नजर ना. ३. रेखदेख; हेरविचार; निगरानी।
45211 नजरबन्द वि. १. कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको (व्यक्ति)।
45212 नजरबन्द वि. २. स्वतन्त्र छोडिदिएमा देशको शान्तिसुरक्षामा खलल पर्ने आशङ्काले घरमै वा अन्यत्र कुनै ठाउँमा राखिएको वा थुनिएको (व्यक्ति)।
45213 नजरबन्द वि. ३. इन्द्रजाल वा सम्मोहन विद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पारिएको।
45214 नजरबन्दी ना. १. नजरबन्द राख्ने काम।
45215 नजरबन्दी ना. २. इन्द्रजाल वा सम्मोहनविद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पार्ने क्रिया वा चाल।
45216 नजराना ना. मान्यजन वा इष्टमित्रलाई खुसीयालीमा दिइने भेट; कोसेली; सौगात; उपहार।
45217 नजाती वि. खराब; नराम्रो; कमसल।
45218 नजाने अव्य. कुन्नि; कोनि, थाहा छैन।
45219 नजिक ना. यो. / क्रि.वि. समीप; निकट; नगिच।
45220 नजिकिनु अ.क्रि. छेउछेउमै आइपुग्नु; नजिकमा रहनु; निकट हुनु।
45221 नजिक्याइ ना. नजिकिने क्रिया वा प्रक्रिया।
45222 नजिक्याइनु क.क्रि. नजिक ल्याइनु; नगिच पारिनु।
45223 नजिक्याउनु प्रे. क्रि. नजिक ल्याउनु; नगिच पार्नु।
45224 नजिर ना. १. पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय।
45225 नजिर ना. २. उदाहरणका रूपमा प्रस्तुत पहिले घटेको कुनै घटना।
45226 नजिर ना. ३. उपमा; दृष्टान्त; उदाहरण।
45227 नञ् १. क्रिया, विशेषण आदि शब्दका अगाडि जोडिने र निषेधात्मक अर्थ बुझाउने एक अव्यय (अरू शब्दका साथ जोडिँदा यसको रूप व्यञ्जनका साथ अ र स्वरका साथ अन हुन्छ।)
45228 नञ् २. तत्पुरुषसमासको एक भेद; नञ् समास (उदा.- अप्राप्ति, अनधिकार इ.)।
45229 नट ना. फलामको पेच र बल्टुका टुप्पामा अल्झाउने भित्र प्वाल परेको ससानो हतियार।
45230 नट ना. १. नाच्ने पेसा भएको व्यक्ति; नाटक आदिमा नाच्ने व्यक्ति; नर्तक; नटुवा।
45231 नट ना. २. अभिनेता।
45232 नटराज ना. १. नर्तकहरूको राजा; नृत्यकलामा प्रवीण।
45233 नटराज ना. २. कृष्ण।
45234 नटराज ना. ३. शिव।
45235 नटवर ना. १. नाट्यकलामा धेरै कुशल तथा प्रवीण व्यक्ति।
45236 नटवर ना. २. कृष्णको एक नाम। वि.
45237 नटवर ना. ३. अति चतुर; साह्रै चनाखो।
45238 नटी ना. १. नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी; नटुवी।
45239 नटी ना. २. अभिनेत्री।
45240 नटी ना. ३. नट जातिकी स्त्री।
45241 नटुक ना. कातेको धागो बेर्ने चर्खाको लामो सुइरो।
45242 नटुवा ना. / वि. नट; नचुवा।
45243 नटुवी ना. स्त्री नट; नटी।
45244 नटेश्वर ना. नटका अधिपति; शिव।
45245 नत वि. १. झुकेको; नुहेको; निहुरिएको।
45246 नत वि. २. नम्र स्वभावको; विनम्र; विनीत।
45247 नतमस्तक वि. १. मान्य जनप्रति सम्मान भावले शिर निहुराएको।
45248 नतमस्तक वि. २. ठुलाबडासँग सवालजवाफ नगर्ने।
45249 नतमस्तक वि. ३. आफ्नो दोष वा सुर आदिले गर्दा विवश बनेको; लाचार; लज्जित।
45250 नतांश ना. शरीरको वा अन्य कुनै वस्तुको झुकेको भाग।