Dictionary

All Word

45351 नब्बेऔँ / नब्बेयौँ वि. गणना गर्दा नब्बेको सङ्ख्यामा परेको; नब्बे सङ्ख्यामा पर्ने।
45352 नभ ना. १. पृथ्वी र ग्रहनक्षत्रका बिचको शून्य स्थान; अकास; आकाश।
45353 नभ ना. २. साउन महिना।
45354 नभ ना. ३. बादल; मेघ।
45355 नभ ना. ४. पानी।
45356 नभचर वि. नभश्चर।
45357 नभन्दै संयो. आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द; हो कि त; साँच्चै। (उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ )।
45358 नभश्चर वि. १. आकाशमार्गमा हिँड्ने वा डुल्ने; आकाशचारी। ना.
45359 नभश्चर वि. २. आकाशमार्गमा हिँड्ने पक्षी, देवता, गन्धर्व आदि।३. बादल।
45360 नभश्चर वि. ४. वायु।
45361 नभो ना. नभ।
45362 नभोमणि ना. आकाशमा मणि झैँ भएको चहकिलो नक्षत्र; सूर्य।
45363 नभोमण्डल ना. आकाशमण्डल।
45364 नभोमय वि. शून्य भएको (अवस्था); शून्यमय; एकदम शून्य।
45365 नम: ना. १. आदरको भाव बुझाउन प्रयोग गरिने वा भनिने शब्द; नमस्कार; प्रणाम।
45366 नम: ना. २. त्याग गर्ने काम; छोड्ने काम; त्याग।
45367 नमकिन वि. १. नुन हालेर बनाइएको; नुनिलो स्वाद भएको; नुनिलो। ना.
45368 नमकिन वि. २. निम्की।
45369 नमजा वि. १. घटिया किसिमको; दिक्कलाग्दो; नराम्रो। ना.
45370 नमजा वि. २. बेमज्जा; दिक्दारी।
45371 नमन ना. १. नमस्कार गर्ने काम; प्रणाम गर्ने काम; ढोग।
45372 नमन ना. २. नुहुने काम; निहुराइ।
45373 नमन ना. ३. नम्रता; विनय।
45374 नमनीय वि. १. शिर निहराउन योग्य; नमस्कार गर्न योग्य; बन्द्य; प्रणम्य; आदरणीय।
45375 नमनीय वि. २. निहुराउन वा झुकाउन सकिने; बङ्ग्याउन सकिने।
45376 नमस्कार ना. १. निहुरेर वा शिर झुकाएर मान्य जनलाई अभिवादन गर्ने क्रिया; नमः, सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग।
45377 नमस्कार ना. २. कसैलाई दुई हात जोरेर सम्मान देखाउने काम।
45378 नमस्कार्य वि. शिर झुकाउनुपर्ने; नमस्कार गर्नुपर्ने; नमस्कार गर्न योग्य; आदरणीय।
45379 नमस्कृत वि. नमस्कार गरिएको; प्रणाम गरिएको; आदर गरिएको; सम्मानित; पूजित।
45380 नमस्क्रिया ना. नमस्कार गर्ने क्रिया; नमस्कार गर्ने काम; प्रणाम गर्ने काम।
45381 नमस्ते ना. 'तपाईँलाई नमस्कार छ' भन्ने अर्थ बुझाउने शब्द; नमस्कार; प्रणाम।
45382 नमाज ना. इस्लाम धर्मका अनुसार मुसलमानहरूले प्रतिदिन पाँच पटक कुरान पढी गर्ने ईश्वर प्रार्थना।
45383 नमाजी वि. नियमपूर्वक नमाज पढ्ने (व्यक्ति)।
45384 नमित वि. निहुरेको; नुहेको; झुकेको; नत।
45385 नमुग ना. किलो उखेल्ने दुई जिब्रो भएको एक प्रकारको फलामे घन; फलामे मुङ्ग्रो।
45386 नमुना ना. १. कुनै वस्तुको गुण, आकारप्रकार आदि जान्नका निम्ति झिकिएको वा बनाइएको सानो अंश; कुनै वस्तुलाई चिनाउन त्यसैको अनुकरणमा तयार पारिएको वस्तु; बान्की; ढाँचा।
45387 नमुना ना. २. कुनै वस्तु वा कुनै कुरालाई सम्झाउन प्रस्तुत गरिएको उदाहरण; दृष्टान्त।
45388 नमुनादार वि. नमुना लायक; नमुनाका रूपमा लिन सकिने।
45389 नमुना पाठ ना. कुनै पुस्तक, लेख आदिबाट नमुनास्वरूप गरिएको पाठ वा वाचन।
45390 नमूना हे. नमुना।
45391 नमेरु ना. १. रुद्राक्षको बोट।
45392 नमेरु ना. २. एक प्रकारको पुन्नाग वृक्ष।
45393 नमेरो ना. नाभो।
45394 नमोगुरु ना. १. धार्मिक-आध्यात्मिक शिक्षा दिने गुरु।
45395 नमोगुरु ना. २. ब्राह्मण।
45396 नम्बर ना. १. गणनाका क्रमले कुनै वस्तुको परिमाण बुझाउने अङ्क (१,२,३ आदि); सङ्ख्या।
45397 नम्बर ना. २. कुनै वस्तुको एकाइ; थान; गोटा; अदत।
45398 नम्बर ना. ३. कर्मचारीहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिको क्रम; रोल।
45399 नम्बरी वि. १. नम्बर भएको; नम्बर लागेको; सङ्ख्यायुक्त।
45400 नम्बरी वि. २. उच्च कोटिको; असल दर्जाको; उम्दा; विशिष्ट। ना.