Dictionary

All Word

45451 नरक ना. ३. विष्ठा; मल।
45452 नरककुण्ड ना. पापीहरूलाई यातना दिइने नरकको एक खाल्टो; अत्यन्तै फोहोर ठाउँ।
45453 नरक चतुर्दशी ना. कार्तिक कृष्ण चतुर्दशी।
45454 नरकासुर ना. पौराणिक कथाअनुसार पृथ्वीको एक छोरो।
45455 नरकेशरी ना. १. सिंह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ व्यक्ति।२. नृसिंह।
45456 नरखट ना. आहारविहार आदिमा गरिने शङ्का-उपशङ्का; नाटीकुटी; नाकनिक।
45457 नरखटे वि. नरखट गर्ने; नाटीकुटी गर्ने (व्यक्ति)।
45458 नरदेव ना. राजा; नृप।
45459 नरनाता ना. नाता; नसनाता।
45460 नरनाथ ना. नरेश; नरदेव।
45461 नरनारायण ना. १. कृष्णका साथी अर्जुन र नारायणका अवतार मानिएका कृष्ण; कृष्ण र अर्जुन।
45462 नरनारायण ना. २. विष्णुका अवतार मानिएका नर र नारायण नामक दुई ऋषि; विष्णुका चौबिस अवतारमध्ये एक।
45463 नरनारी ना. १. लोग्नेमान्छे र आइमाई; स्त्री-पुरुष।
45464 नरनारी ना. २. अर्जुनकी स्त्री; द्रौपदी।
45465 नरपति ना. राजा; नरदेव।
45466 नरपशु ना. पशुको जस्तो स्वभाव वा गुण भएको मानिस; मानिस भएर पनि पशु भन्न सुहाउने व्यक्ति।
45467 नरपाल ना. आफ्नो राज्यका मानिसको पालन गर्ने राजा।
45468 नरपिशाच ना. पिशाचको जस्तो स्वभाव भएको मानिस; पैशाचिक प्रवृत्तिको मानिस दुष्ट मानिस; दृष्ट व्यक्ति; दुर्जन।
45469 नरपुर ना. नरलोक; मर्त्यलोक।
45470 नरबलि ना. मानिसलाई काटेर दिइने बलि; मानिसको बलि।
45471 नरभक्षी वि. १. मानिसलाई खाने; नरमांसभोजी। ना.
45472 नरभक्षी वि. २. राक्षस।
45473 नरम वि. मुलायम; कमलो; नम्र।
45474 नरमकरम ना. १. जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम। वि.
45475 नरमकरम ना. २. राम्रोनराम्रो; असल-कमसल।
45476 नरमचाना ना. हाड नभएको (विशेष गरी बँदेल र सुँगुरको) फल मासु।
45477 नरम तेल ना. घाउखटिरा सुकेपछि लगाइने मलमजस्तो एक प्रकारको तेल।
45478 नरमपन ना. नरम हुनाको भाव; नरमपना; कोमलता, नम्य्राइँ।
45479 नरमाला ना. मानिसका खप्परको माला; मुण्डमाला।
45480 नरमी ना. नरमपन; नम्रता।
45481 नरमेध ना. १. मानिसलाई काटेर होमिने यज्ञ; मानिसको बलि दिएर गरिने यज्ञ।
45482 नरमेध ना. २. ठुलो जनसंहार हुने युद्ध।
45483 नरयन्त्र ना. धूपघडी।
45484 नरयान ना. १. मानिसले बोक्ने वा तान्ने सवारी (डोली, पालकी, रिक्सा आदि)।
45485 नरयान ना. २. नरवाहन।
45486 नरलोक ना. १. मानिसहरू बसेको लोक; मनुष्यलोक; संसार।
45487 नरलोक ना. २. मानिसहरूको समूह; जनसमुदाय।
45488 नरवानर ना. नृतत्त्वशास्त्रका अनुसार मानव र वानर नछुट्टिएको, मानवजस्तो देखिने वानर; अश्मीभूत र मानवानुगण पर्ने प्राणी।
45489 नरवानर मानवगण ना. मानवजस्तो देखिने वानरको समूह; वनमान्छे; भीमवानरगणको समूह; अपुच्छ ख्यातचतुष्कमध्ये तीन।
45490 नरवानर मानवानुगण ना. मानव र मानवजस्तो देखिने वानरको सामूहिक नाम; नृतत्त्वशास्त्रमा आउने विस्तीर्णनास, सङ्कीर्णनास, सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण; अपुच्छ-ख्यातचतुष्क, मानवानुगण; शाखावानरानुगण; नरवानरगणजस्ता नरवानर।
45491 नरवाहन ना. १. धनका अधिष्ठाता देवता कुबेर।
45492 नरवाहन ना. २. नरयान।
45493 नरवीर ना. मान्छेहरूमध्ये वीर; बहादुर मान्छे; वीर पुरुष; योद्धा।
45494 नरव्याघ्र ना. श्रेष्ठ पुरुष; नरकेशरी।
45495 नरसिंह ना. १. सिँह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ पुरुष।
45496 नरसिंह ना. २. विष्णुका दश अवतारमध्ये एक; नृसिंह।
45497 नरसिंह ट्वाक ना. ठर्रा; रक्सी।
45498 नरसिङ्गा ना. कर्नाल जस्तै फुकेर बजाइने तथा ठुलो तिखो स्वर हुने; वक्राकारको पुरानो नेपाली बाजा; धुत्तुरी।
45499 नरहत्या ना. मानिसलाई मार्ने काम; मानिसको हत्या।
45500 नरहरि ना. नरसिंह; नृसिंह।