Dictionary

All Word

45401 नम्बरी वि. ३. नम्बरी नोट।
45402 नम्बरी नोट ना. सय रुपियाँको नोट।
45403 नम्बरी पण्डित ना. सरकारी फिरिस्तमा दरिएको भाग पाउने विशिष्ट पण्डित; पहिलेपहिले विशिष्ट पण्डितहरूलाई सरकारबाट दिइने इज्जत वा मान।
45404 नम्बरी सुन ना. छाप लागेको असल दर्जाको सुन; उम्दा सुन।
45405 नम्बु ना. भोटे जातिले लगाउने दौराजस्तो लुगा।
45406 नम्य वि. नमस्कार गर्न योग्य।
45407 नम्र वि. १. निहुरेको; नुहेको; विनीत।
45408 नम्र वि. २. नरम स्वभावको; आफ्नो बल, बुद्धि, सम्पत्ति आदिमा घमन्ड नगर्ने; शिष्ट; विनम्र।
45409 नम्रता ना. नम्र हुनाको भाव वा स्थिति।
45410 नय ना. १. कुनै वस्तु वा कुनै कुरा लैजाने काम।
45411 नय ना. २. नेतृत्व गर्ने काम।
45412 नय ना. ३. नीति।
45413 नय ना. ४. विनय; नम्रता।
45414 नय ना. ५. सिद्धान्त।
45415 नय ना. ६. राजनीति।
45416 नय ना. ७. न्याय।
45417 नयचक्षु वि. दूरदर्शी; नीतिज्ञ।
45418 नयज्ञ वि. नीतिज्ञ।
45419 नयन ना. १. आँखा; लोचन; नेत्र।
45420 नयन ना. २. लैजाने काम।
45421 नयन ना. ३. नेतृत्व गर्ने काम।
45422 नयनगोचर वि. आँखाले देख्न सकिने; दृष्टिपथको; आँखाअगिल्तिरको।
45423 नयनजल ना. आँखाबाट निक्लने पानी; नेत्राश्रु; आँसु।
45424 नयनपट ना. आँखाको ढकनी; पलक।
45425 नयनपथ ना. एक दृष्टि लगाउँदा देख्न सकिने ठाउँ; आँखाको अगाडिको ठाउँ; दृष्टिपथ।
45426 नयनपुट ना. १. आँखाको गेडी।
45427 नयनपुट ना. २. आँखाको गह।
45428 नयना ना. आँखाको पुतली; आँखाको नानी।
45429 नयनाभिराम वि. १. हेर्दा राम्रो देखिने; आँखालाई आनन्द दिने; ज्यादै सुन्दर; मनोहर। ना.
45430 नयनाभिराम वि. २. चन्द्रमा।
45431 नयनोत्सव ना. १. आँखालाई आनन्दित पार्ने वस्तु; सुन्दर वस्तु।२. बत्ती।
45432 नयनोपान्त ना. आँखाको कुनु; कोस।
45433 नयविद् वि. १. नीतिशास्त्र वा नीतिसम्बन्धी कुराको ज्ञाता; नीतिज्ञ।
45434 नयविद् वि. २. नियमकानुनको ज्ञाता; नियमकानुन जान्ने; न्यायशास्त्रको ज्ञाता।
45435 नयशास्त्र ना. १. नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र।
45436 नयशास्त्र ना. २. ऐनकानुन, विधिविधानसम्बन्धी शास्त्र; न्यायशास्त्र।
45437 नयाँ वि. १. हालसालै मात्र देखा परेको; भर्खरै मात्र व्यवहारमा आएको; नूतन; नवीन; नौलो।
45438 नयाँ वि. २. भर्खरै जन्मेको; भर्खरैको; हालैको।
45439 नयाँ वि. ३. भर्खरै खोजिएको; भर्खरै पत्ता लागेको।
45440 नयाँ वि. ४. कुनै काम भर्खरै सिक्न लागेको; कामको अनुभव नभएको; सिकारु; अनुभवहीन; कोरा।
45441 नयाँ जनवाद ना. सर्वहारा क्रान्तिका क्रममा पुँजीवादी संस्कृति, अर्थनीति आदिलाई समाजवादमा परिवर्तित गर्न ल्याइएको नयाँ राजनीतिक व्यवस्था।
45442 नयाँ पात ना. १. भर्खरै पलाएको पात; पालुवा; मुना।
45443 नयाँ पात ना. २. कलिलो अवस्था; नयाँ छिमल।
45444 नर ना. १. मानवजाति; मानव; मनुष्य; मानिस।
45445 नर ना. २. पुरुष जातिको प्राणी; भाले जाति; मर्द जीव; पुरुष।
45446 नर ना. ३. विष्णुका चौबिस अवतारमध्ये एक।
45447 नर ना. ४. ढिम्रीको भित्रपट्टि पेच काट्ने हतियार। वि.
45448 नर ना. ५. पुरुष जातिको (प्राणी); भाले (नरवानर, नरहरिण, नरमैना इ.)।
45449 नरक ना. १. धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ; नर्क।
45450 नरक ना. २. दुःखसाथ जीवनयापन गर्नुपर्ने ठाउँ; पीडा वा कष्ट हुने ठाउँ।