Dictionary

All Word

45551 नर्सिङ ट्वाक ना. रक्सी; मदिरा (लाक्षणिक अर्थमा )।
45552 नर्सिङ विष ना. मान्छेलाई मार्ने विष; हलाहल विष।
45553 नल ना. १. अनाज छुट्ट्याइएको धान, कोदो आदिको हरियो बोट।
45554 नल ना. २. नर्कट।
45555 नल ना. ३. नली; ढुङ्ग्रो।
45556 नल ना. ४. कमलको डाँठ।
45557 नल ना. ५. कुलो; ढल।
45558 नल ना. ६. पुराणप्रसिद्ध निषध देशका राजा।
45559 नल ना. ७. रामका सेनाको एक वानर।
45560 नल ना. ८. पेटभित्रको पिसाब निस्कने नली।
45561 नल ना. ८. पुरुषेन्द्रिय; लिङ्ग।
45562 नलकूप ना. नली थिचेर पानी निकालिने कुवा वा धारा।
45563 नलफल ना. पुरुषको अण्डकोषसहितको लिङ्ग; लिङ्गको फेदमा झुन्डिएको फल वा अण्डकोष।
45564 नलिका ना. १. सानो, पातलो नली; झिनो नली।
45565 नलिका ना. २. महारङ्गी बुटी।
45566 नलिनी ना. १. कमलिनी।
45567 नलिनी ना. २. धेरै कमल फुलेको तलाउ; कमलपोखरी।
45568 नली ना. १. धातु, माटो आदिको पानी ल्याउने वा पठाउने डुँड; पाइप।
45569 नली ना. २. पातलो ढुङ्ग्रो।
45570 नली ना. ३. हुक्काको धुवाँ तान्ने खप्तरी, निगालो, सतिसाल आदिको लामो ढुङ्ग्रो।
45571 नलीखुट्टे वि. झिनो खुट्टा भएको; सुलीखुट्टे; सुइँखुट्टे।
45572 नलीखुट्टो ना. खुट्टाको घुँडादेखि गोलीगाँठासम्मको अवयव।
45573 नलीहाड ना. नलीखुट्टाको हाड।
45574 नलुको ना. करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई बद्ध गराउने गुण बताइएको एक प्रकारको जङ्गली झार।
45575 नलुवा ना. धान, कोदो आदि अन्नको हरियो बोट; नल; नरुवा।
45576 नल्ठो ना. नलीखुट्टी।
45577 नव वि. १. नयाँ, नौलो; नूतन। ना.
45578 नव वि. २. आठ र एकको योगसङ्ख्या; नौ।
45579 नव अरिस्टोटलवाद ना. बिसौँ शताब्दीको तेस्रो दशकमा अमेरिकाको सिकागो विश्वविद्यालयका विद्वान्हरूबाट प्रतिपादित कुनै पनि सिद्धान्त निर्दोष नहुने र सबै सिद्धान्तमा केही न केही गुण हुने भएकाले विभिन्न समालोचनात्मक मान्यताबाट उपयोगी कुरा लिनुपर्छ भन्ने, एउटैमा भन्दा विभिन्न समालोचनात्मक पद्धतिमा विश्वास राख्ने मान्यता।
45580 नव उपनिवेशवाद ना. शक्तिशाली साना देशमाथि सोझै कब्जा नगरेर तिनको सम्पत्तिस्रोतमाथि कब्जा जमाई आर्थिक शोषण गर्ने र अप्रत्यक्ष रूपमा आफ्नो हैकममा राख्ने राजनीतिक प्रक्रिया।
45581 नव उपनिवेशवादी वि. नवउपनिवेशवादमा विश्वास राख्ने; नवउपनिवेशवादको अनुयायी।
45582 नवकल्प ना. विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीव र मनुष्यको सृष्टि आरम्भ हुन थालेको कल्प वा युग।
45583 नवकुमारी ना. नवरात्रमा पूजा गरिने नौ कुमारी (कुमारिका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा)।
45584 नवखण्ड ना. पुराणमा वर्णन गरिएका भौगोलिक विभाजनका नौ खण्ड (भारत, इलावृत्त, किम्पुरुष, भद्र, केतुमाल, हरि, हिरण्य,रम्य र कुश)।
45585 नवग्रह ना. पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु); पश्चिमी ज्योतिषीहरूले पत्ता लगाएअनुसार सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र; शनि, अरुण (युरेनस. र वरुण (नेप्चुन)।
45586 नवछिद्र ना. प्राणीका शरीरमा हुने दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग वा योनि नौवटा द्वार।
45587 नवजात वि. भर्खर जन्मेको; नवोत्पन्न।
45588 नवजातक ना. जन्मदेखि सत्ताइस दिनसम्मको बालक।
45589 नवजीवक ना. भूगर्भशास्त्रका अनुसार जीवको अस्तित्व भएको तेस्रो विभाजन।
45590 नवदुर्गा ना. नवरात्रमा पूजा गरिने दुर्गादिवीका 'दुर्गाकवच' मा वर्णित नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री)।
45591 नवद्वार ना. नवछिद्र।
45592 नवधा क्रि.वि. १. नौ किसिमले, नौ प्रकारले।
45593 नवधा क्रि.वि. २. नौ भागमा; नौ हिस्सामा; नौ खण्डमा।
45594 नवधातु ना. सुन, चाँदी, फलाम, सिसा, तामा, राँग, पारो, काँसो र चुम्बक - यी नौ प्रकारका धातु।
45595 नवधाभक्ति ना. पुराणमा वर्णित नौ किसिमले गरिने वा नौ प्रकारका भक्ति- श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन,दास्य, सख्य र आत्मनिवेदन; नवभक्ति।
45596 नवनिधि ना. पद्य, महापद्य, शङ्ख; मकर, कच्छप, मुकुन्द,कुन्द, नील र खर्ब नाम गरेका, कुबेरका नौवटा ढुकुटी।
45597 नवनी/नवनीत ना. दही वा दुध मथेर झिकिएको सार; काँचो वा नखारेको घिउ; ताजा मक्खन; नौनी।
45598 नवपत्रिका ना. दसैँमा फूलपातीका दिन भित्र्याइने केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका बोटका पात।
45599 नवपाषाण ना. प्रागैतिहासिक पुरातत्त्वका अनुसार धातुयुग प्रारम्भ हुनुभन्दा पहिले र मध्यपाषाण युगभन्दा पछि प्रयोग गरिएका ढुङ्गाका हतियार वा सामान।
45600 नवपाषाण युग ना. त्यस्तो हतियार प्रयोग गर्ने चलन भएको युग वा समय।