Dictionary

All Word

45651 नवीन वि. भर्खरैको; हालसालैको; नयाँ; नौलो; नूतन।
45652 नवीनीकरण ना. नवीकरण।
45653 नवोढा ना. १. नववधू।
45654 नवोढा ना. २. लज्जा वा भयले युक्त नवविवाहिता स्त्री।
45655 नवोढा ना. ३. यौवन चढेकी तर लज्जा वा भयले गर्दा नायकका नजिक नजाने मुग्धा स्त्री वा नायिका।
45656 नवोदित वि. १. भर्खर उदाएको; नयाँ उदाएको।
45657 नवोदित वि. २. भर्खर माथि उठेको।
45658 नवोदित वि. ३. भर्खर उन्नति प्रगति गरेको।
45659 नवोदीयमान वि. १. भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको।
45660 नवोदीयमान वि. २. भर्खर उन्नतिप्रगति गर्न लागेको।
45661 नव्य वि. १. नवीन, नयाँ; ताजा।
45662 नव्य वि. २. कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य।
45663 नव्यता ना. नव्य वा नयाँ हुनाको भाव वा स्थिति।
45664 नव्यन्याय ना. १. न्याय-वैशेषिक शास्त्रमा नवीन दृष्टिले विचार गर्दा निस्केको निष्कर्षका आधारमा प्रचलित न्यायशास्त्रको परिपाटी।
45665 नव्यन्याय ना. २. गङ्गेशोपाध्यायको 'तत्त्वचिन्तामणि' नामक ग्रन्थबाट प्रारम्भ गरिएको न्यायको नयाँ लक्षणपद्धति।
45666 नशा ना. १. खाएपछि मानिसमा मानसिक असन्तुलन पैदा गर्ने पदार्थ; मादक पदार्थ; लागु वस्तु; अम्मल।
45667 नशा ना. २. राम्रोनराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
45668 नशा ना. ३. लागु पदार्थले होस बिग्रेको अवस्था।
45669 नशा ना. ४. अम्मल; लत।
45670 नशा ना. ५. घमन्ड; अभिमान।
45671 नशादार वि. नशाले युक्त भएको; नशा लाग्ने।
45672 नशाबन्दी ना. रक्सी आदि नशालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध।
45673 नशाबाज वि. रक्सी आदि नशालु पदार्थ सेवन गर्ने; नशा खाने; अम्मली; नशेबाज।
45674 नशालु वि. नशा पैदा गर्ने; मानसिक असन्तुलन पैदा गर्ने।
45675 नशेबाज वि. रक्सी आदि मादक पदार्थ खाने लत बसेको; मादक पदार्थ धेरै खाने; अम्मली।
45676 नश्वर वि. १. स्थायित्व नभएको; धेरै नटिक्ने; चाँडै नष्ट हुने; क्षणभङ्गुर।
45677 नश्वर वि. २. नाश हुने; नाशवान्।
45678 नश्वरता ना. नाश हुनाको भाव वा अवस्था; क्षणभङ्गुरता; विनाशशीलता।
45679 नष्ट वि. १. नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त।
45680 नष्ट वि. २. नदेखिने भएको; हराएको; लुप्त।
45681 नष्ट वि. ३. निष्फल; व्यर्थ।
45682 नष्टचन्द्र ना. भाद्र महिनाका दुवै पक्षका रात्रिमा अशुभ हुने ठानी हेर्न निषेध गरिएका चतुर्थीका चन्द्रमा।
45683 नष्टचित्त वि. १. विवेक नष्ट भएको।
45684 नष्टचित्त वि. २. मदले उन्मत्त; बहुला।
45685 नष्टचेतन वि. १. चेतनाशक्ति नष्ट भएको; होस नभएको; बिचेत; बेहोस।
45686 नष्टचेतन वि. २. मूर्च्छा परेको; मूर्च्छित।
45687 नष्टता ना. नष्ट हुनाको भाव वा अवस्था।
45688 नष्टदृष्टि वि. आँखा बन्द भएको; अन्धो।
45689 नष्टनीड वि. गुँड भत्केको; रहने ठाउँ नभएको; निराश्रय।
45690 नष्टप्रभ वि. कान्तिरहित; तेजहीन; हतप्रभ।
45691 नष्टबुद्धि वि. बुद्धि हराएको; बुद्धिहीन; मूर्ख।
45692 नष्टभ्रष्ट वि. बिलकुल नाश भएको; भताभुङ्ग भइसकेको; बिग्रे-भत्केको; पूर्णतया ध्वस्त।
45693 नष्टा ना. १. वेश्या; रन्डी।
45694 नष्टा ना. २. व्यभिचारिणी।
45695 नष्टात्मा वि. १. आत्मा नष्ट भएको।
45696 नष्टात्मा वि. २. साह्रै नीच; अधम।
45697 नष्टेन्द्रिय वि. इन्द्रिय नष्ट वा शिथिल भएको।
45698 नस ना. अम्मल वा औषधीका रूपमा नाकभित्र हालिने सुगन्धी चूर्ण; नाकभित्र हालिने सुर्तीको धुलो।
45699 नस ना. दलिन अड्याउनाका निम्ति गाह्रोमा तेर्सो पारेर हालिने काठ।
45700 नस ना. नसो।