Dictionary

All Word

45801 नाखुस वि. खुसी नभएको; प्रसन्न नभएको; रिसाएको; अप्रसन्न; क्रुद्ध।
45802 नाखुसी ना. खुसी नहुनाको भाव; अप्रसन्नता; रिसानी।
45803 नाग ना. १. घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाकिरो।
45804 नाग ना. २. पुराणमा कश्यपकी पत्नी कद्रूका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय नामका आठ नाग।
45805 नाग ना. ३. एक प्राचीन राजवंश।
45806 नाग ना. ४. एक प्राचीन देश र त्यसमा बस्ने एक जाति। वि.
45807 नाग ना. ५. पर्वतीय; नगमा बस्ने।
45808 नागकन्या ना. १. नाग जातिकी कन्या।
45809 नागकन्या ना. २. शरीरको माथिल्लो आधा भाग स्त्रीको र तल्लो आधा भाग नागको हुने पुराकथात्मक युवती।
45810 नागकन्या ना. ३. चुपिचन्डाल केटी।
45811 नागकेशर ना. १. पहेँलो केशर हुने, सेतो सुगन्धी फूलजस्ता बबुरका मसिना पात हुने एक जातको बोट।
45812 नागकेशर ना. २. त्यसैको फूल; नागेश्वरी।
45813 नागदन्त ना. १. हात्तीको दाँत।
45814 नागदन्त ना. २. भित्तामा गाडिएको किलो।
45815 नागदन्ती ना. घिउकुमारीका जस्ता तीन-चार फिट लामा हुप्प फुलेका हरिया पात र सेता बास्ना आउने फूल फुल्ने र खैरो जरो हुने, आयुर्वेदमा जरालाई शक्तिवर्द्धक र कफनाशक तथा पातलाई विषनाशक र चर्मरोग शमन गर्ने बताइएको एक प्रकारको बुटी।
45816 नागदह ना. १. पौराणिक परम्पराअनुसार नागले वास गर्ने जलाशय; नाग बस्ने दह।
45817 नागदह ना. २. काठमाडौँको चोभारमा रहेको प्रसिद्ध ऐतिहासिक दह।
45818 नागदह ना. ३. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
45819 नागदह ना. ४. प्रागैतिहासिक कालमा हाल काठमाडौँ उपत्यका भएको ठाउँको एक विशाल जलाशय।
45820 नागपञ्चमी ना. साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि; नागहरूको पूजा गरिने र कागतमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन; श्रावण शुक्ल पञ्चमी।
45821 नागपाश ना. १. पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पासो।
45822 नागपाश ना. २. प्राचीन कालको एक प्रकारको जालजस्तो अस्त्र।
45823 नागफणी ना. १. जोगीहरूले फुकेर बजाउने एक प्रकारको बाजा।
45824 नागफणी ना. २. लामालामा काँडा हुने, ठुला बाक्ला पाटाका टुप्पामा लाम्चा फल फल्ने र फलमाथि पहेँला फूल फुल्ने एक प्रकारको सिउँडी; मदिसे काँडो।
45825 नागबला/ बलु ना. साधारण बाटुला पातको माथि हरियो, चिल्लो र तल रौँ भएका किनारामा दाँती परेका पात हुने रातो जातको बलुको बोट; रातो बलु।
45826 नागबेली ना. १. नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति; कुण्डलाकृति।
45827 नागबेली ना. २. छाया र पहाडको खोच भुईँमा हाँगा फाटेर लाम्चिएका ससाना पात हुने, कहिल्यै फल र फूल नलाग्ने, आयुर्वेदअनुसार नसालाई ठिक गर्ने, धातुरोग, बाथ, फोक्सो र मृगौलाको रोगलाई शमन गर्ने गुण बताइएको एक थरी बाङ्गोटिङ्गो लहरो।
45828 नागबेली ना. ३. पानको लहरो; नागवल्ली। वि.
45829 नागबेली ना. ४. सर्पको हिँडाइजस्तो बङ्गोटिङ्गो परेको (रेखा, बुट्टा आदि)।
45830 नागबेली बाजा ना. जोगी, सन्त, महन्तहरूमा प्रचलित मुखले फुकेर बजाइने नागका आकारको एक प्रकारको बाजा; बराँठको सिङको बाजा।
45831 नागबेले वि. नागबेली परेको; कुण्डलाकार।
45832 नागर वि. १. नगरसम्बन्धी; नगरको।
45833 नागर वि. २. सहरमा बस्ने; सहरिया।
45834 नागर वि. ३. सभ्य।
45835 नागर वि. ४. नागरिक।
45836 नागरक ना. १. कालिगड; शिल्पी।
45837 नागरक ना. २. नगरको रक्षा गर्ने राजकर्मचारी।
45838 नागरक ना. ३. चोर।
45839 नागरमुस्ता ना. जरामा ससाना गान्टा हुने, भालाका आकारका हरिया पात हुने, खैरो फूल हुने, एक जातको भुईँझार; मोथे।
45840 नागरमोथे ना. एक प्रकारको मोथे झार।
45841 नागराज ना. १. सहस्र फणा भएका सर्पहरूका राजा; शेषनाग।
45842 नागराज ना. २. छन्दशास्त्रका प्रवर्तक पिङ्गलाचार्य।
45843 नागराज ना. ३. ऐरावत हात्ती।
45844 नागराज ना. ४. एक प्रसिद्ध व्याकरणकार; पतञ्जलि; नागेश।
45845 नागरिक वि. १. नगरसम्बन्धी; नगरको; नगरवासी। ना.
45846 नागरिक वि. २. कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति (नागरिक जन्मसिद्ध र अङ्गीकृत गरी दुई प्रकारका हुन्छन्)।
45847 नागरिक अधिकार ना. कुनै देश वा राष्ट्रको संविधानअनुसार सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत पाउने सामाजिक, राजनीतिक आदि अधिकार; नागरिक हक।
45848 नागरिक उड्डयन ना. सर्वसाधारण जनताको यातायातको सुविधा लागि गरिएको हवाई उडान।
45849 नागरिक हक ना. नागरिक अधिकार।
45850 नागरिकता ना. १. नागरिक हुनाको भाव वा अवस्था।