Dictionary

All Word

45951 नाट्यकार ना. २. नाटककार।
45952 नाट्यनौका ना. समुद्र वा ठुला नदीमा पर्यटन गर्ने सौखिनहरूको मनोरञ्जनका लागि नाट्य रङ्गमञ्चसमेत भएको नाउ।
45953 नाट्यरासक ना. लयताल धेरै भएको, उदात्त (श्रेष्ठ. नायक, वासकसज्जा नायिका, पीठमर्द उपनायक हुने र शृङ्गारसहित हास्यरसयुक्त एकाङ्की उपरूपक।
45954 नाट्यवेद ना. पाँचौँ वेद मानिएको नाट्यशास्त्र।
45955 नाट्यशाला ना. नाचगान गर्ने घर वा स्थान; नाटक खेल्ने घर वा स्थान; नाचघर; प्रेक्षागृह।
45956 नाट्यशास्त्र ना. १. नृत्य, गीत, अभिनयको ज्ञान गराउने शास्त्र; नाट्यसम्बन्धी कुराको चर्चा भएको शास्त्र।
45957 नाट्यशास्त्र ना. २. भरतमुनिले बनाएको नाट्यसम्बन्धी कुराको चर्चा भएको ग्रन्थ; नाट्यग्रन्थ।
45958 नाट्यागार ना. नाचघर; नाट्यशाला।
45959 नाट्यालङ्कार ना. नाटकको शोभा बढाउने विशेष खालको अलङ्कार।
45960 नाट्योक्ति ना. केही कुरा सबैलाई सुनाइने, कसैलाई बाहेक गरी अरूलाई सुनाइने, मनमनै भनिने, बाहिरबाट फलाकिने र टाढाबाट सुनेजस्तो गरी माथितिर फर्केर भनिने गरी नाटकका पाँच प्रकार (श्रव्य, जनान्तिक, स्वगत, आकाशभाषित र नेपथ्य) का उक्तिमध्ये कुनै एक।
45961 नाठे ना. गुप्त किसिमले पोइ राख्ने आइमाई; नाठो खेलाउने आइमाई; व्यभिचारिणी स्त्री; वेश्या।
45962 नाठो ना. १. अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार।
45963 नाठो ना. २. उपपति; परपुरुष।
45964 नाडी ना. १. शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली; धमनी; शिरा।
45965 नाडी ना. २. नियमित रूपले रक्त सञ्चालन हुने तथा गतिको घटबढ नाप गरिने हातको नसा।
45966 नाडी ना. ३. हत्केलाको फेद; नारी।
45967 नाडी ना. ४. ज्योतिषशास्त्रअनुसार वर वधूको राशिगणनामा कल्पित चक्रको नक्षत्रसमूह।
45968 नाडी ना. ५. मर्मस्थल; सन्नी।
45969 नाडी ना. ६. हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा शरीरमा अवस्थित इडा, पिङ्गला र सुषुम्ना तीन नली।
45970 नाडी ना. ७. छ क्षणको एक कालमान।
45971 नाडी ना. ८. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल, आयुध वा प्रादुर्भाव बराबरको नाप; दश अङ्गुल बराबरको नाप।
45972 नाडीग्रन्थी ना. नसाहरूका बिचमा परेका गाँठा ; शिरास्फोट।
45973 नाडीपरीक्षा ना. रोग पत्ता लगाउनका लागि वैद्यले रोगीको नाडीको गति जाँच्ने काम; रोगको निदानका लागि गरिने नाडीको परीक्षा।
45974 नाडीमन्दता ना. स्वास्थ्यको खराबीले गर्दा नाडीको गतिमा देखा परेको धीमापन; नाडीको सञ्चालन बिस्तारै हुने क्रिया।
45975 नाता ना. १. एउटै कुलमा जन्मनाले वा विवाह आदि गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र वा कुटुम्बको सम्बन्ध; साइनु।
45976 नाता ना. २. स्नेह; माया।
45977 नाताकुटुम्ब ना. जन्म वा विवाह आदिका आधारमा नाता पर्ने व्यक्ति; नातेदारवर्ग; नातागोता; बन्धुवर्ग; इष्टमित्र।
45978 नातागत वि. १. शारीरिक अस्वस्थताले गर्दा शक्ति क्षीण भएको; तागत नभएको; दुर्बल; कमजोर; निर्धो। ना.
45979 नातागत वि. २. तागतको अभाव; नातागती।
45980 नातागतिलो वि. तागत नभएको।
45981 नातागती ना. १. तागतको अभाव। वि.
45982 नातागती ना. २. दुब्लो; कमजोर।
45983 नातागोता ना. नाताकुटुम्ब; कुलकुटुम्ब।
45984 नातादार वि. १. जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनु पर्ने; सम्बन्ध जोडिएको। ना.
45985 नातादार वि. २. नातादार व्यक्ति।
45986 नातादारी ना. १. नातादारहरूका बिचमा हुने पारस्परिक सम्बन्ध; नातादार हुने भाव।
45987 नातादारी ना. २. साइनु; सम्बन्ध।
45988 नातावाद ना. कुनै काममा योग्यता, न्याय-अन्याय वा उचित-अनुचितको ख्याल नगरी आफ्ना नातेदारको पक्ष लिने प्रवृत्ति वा नीति।
45989 नातावादी वि. नातावादको समर्थन वा सञ्चालन गर्ने।
45990 नाति ना. छोरा वा छोरीको छोरो।
45991 नातिनातिना ना. नाति र नातिनीहरूको समुदाय; नाति र नातिनीहरू।
45992 नातिनी ना. छोरा वा छोरीकी छोरी।
45993 नातिने वि. नाति वा नातिनीका सम्बन्धबाट भएको; नाति वा नातिनीका नातासम्बन्धी (ज्वाइँ, बुहारी आदि)।
45994 नाति ज्वाइँ ना. नातिनीको लोग्ने।
45995 नातिने बुहारी ना. नातिकी पत्नी।
45996 नातिशीतोष्ण वि. न धेर जाडो न धेर गर्मी भएको; सर्दी र गर्मी ठिक्क भएको।
45997 नातेदार वि. नातादार।
45998 नातेदारी ना. नातादारी।
45999 नातो ना. नाता; साइनु; सम्बन्ध।
46000 नातो ना. १. मालसामान उठाउँदा टाउकोमा बाँध्ने रुमाल।