Dictionary

All Word

46101 नापिनु / नाप्पिनु क.क्रि. २. नपाइमा पर्नु।
46102 नापी ना. १. जग्गाजमिन आदिको लम्बाइ-चौडाइको परिमाण लिने काम।
46103 नापी ना. २. जग्गाजमिन आदि नाप्ने काम।
46104 नापी ना. ३. जग्गाजमिन नाप्ने व्यक्तिहरूको डफ्फा वा दल।
46105 नापी गोस्वारा ना. जग्गाजमिनको लगत खडा गर्ने र सोहीबमोजिम स्रेस्ता राख्ने अड्डा।
46106 नापो ना. नाप।
46107 नापो नापो वि. अलिअलि; अलिकति।
46108 नाफल ना. हिमाली भेगतिर हुने एक प्रकारको घटिया गहुँ।
46109 नाफा ना. 'नेपाल एसोसिएसन अफ फाइन आर्टस'को सङ्क्षेपीकृत रूप; नेपाल ललित कला संस्थान।
46110 नाफा ना. १. उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट हुने मूलधनका अतिरिक्त आम्दानी।
46111 नाफा ना. २. उद्योग, व्यापार वा अरू कुनै कारोबारमा लगानी गरिएको धनबाट आएको लाभांश।
46112 नाफा ना. ३. लागतभन्दा आम्दानीको अधिकता; आर्थिक प्राप्ति; लाभ; मुनाफा।
46113 नाफाखोर वि. उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट अनुचित लाभ उठाउने; नसुहाउँदो किसिमले धेरै नाफा खाने।
46114 नाफाखोरी ना. त्यसरी अनुचित लाभ उठाउने वा नसुहाउने गरी गरिने काम; नाफाखोरको काम।
46115 नाफादार वि. नाफा हुने किसिमको; नाफा खाने।
46116 नाफादारी ना. नाफा हुने काम; अवस्था वा चाल।
46117 नाफाबन्दी ना. नाफाको निर्धारण।
46118 नाफारी वि. धेरै नाफा खाने; नाफाखोर।
46119 नाबालक / नाबालख ना. १. निजामति, जङ्गी आदि सेवाका साथै निर्वाचन, उत्तराधिकारक्रम, विवाह आदि सम्बन्धी ऐनमा बालिग हुन निर्धारित उमेर नपुगेको व्यक्ति।
46120 नाबालक / नाबालख ना. २. उमेर नपुगेको केटो वा केटी।
46121 नाबालक / नाबालख ना. ३. बालक, बच्चो।
46122 नाबालिग वि. १. बालिग हुने अवस्था नभएको।
46123 नाबालिग वि. २. नाबालक अवस्थाको।
46124 नाभि ना. १. नाइटो।
46125 नाभि ना. २. गाडी आदिको बिचको धुरा छिराउने प्वाल।
46126 नाभि ना. ३. कुनै गाउँठाउँ वा समाजको मुख्य मान्छे; प्रधान; मुखिया।
46127 नाभि ना. ४. कस्तूरी मृगको नाइटोनिर हुने सुगन्धी द्रव्य; बिना।
46128 नाभि ना. ५. ग्राह, सर्प, माछो आदिको लिङ्ग।
46129 नाभि ना. ६. काठ आदिको भित्री भाग; चुरो।
46130 नाभि ना. ७. कुनै पनि वस्तुको केन्द्रीय भाग।
46131 नाभिकण ना. पदार्थविज्ञानका अनुसार हरेक अणुको भित्री गर्भमा हुने शक्तिशाली अतिसूक्ष्म केन्द्रीय परमाणु।
46132 नाभिकमल ना. १. विष्णुको नाभिस्थानबाट उत्पन्न मानिएको कमल।
46133 नाभिकमल ना. २. ब्रह्माको उद्भवस्थल।
46134 नाभिच्छेदन ना. नवजात शिशुको नाल काट्ने काम; नवजात शिशुको नाल बेडाउने काम।
46135 नाभिजन्मा ना. विष्णुको नाभिबाट उत्पन्न कमलको फूलमाथि प्रकट भएको मानिने आधारमा ब्रह्मालाई दिइएको एक नाम।
46136 नाभिस्थान ना. दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभि खोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ मानिएको र परापूर्वकालदेखि ज्वाला बलिरहेको एक मन्दिर; ज्वालास्थान।
46137 नाभो ना. बाली काटिसकेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न; नछरीकन उम्रेको अनाज; ठिम्मल अनाज।
46138 नाम ना. १. सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
46139 नाम ना. २. मनुष्य वा गाई, भैँसी, बाखा आदि पाल्तु जनावरलाई बोलाउने संज्ञा।
46140 नाम ना. ३. यश वा कीर्ति; प्रसिद्धि; सुनाम; ख्याति।
46141 नामक वि. नामधारी; नाउँ भएको।
46142 नामकरण ना. १. नवजात बालक जन्मेको एघारौँ दिनभित्र बिजोडी दिन पारेर परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार; न्वारान।
46143 नामकरण ना. २. कुनै व्यक्ति, वस्तु वा स्थान आदिको नाम राख्ने काम, शीर्षक दिने कार्य।
46144 नामकर्म ना. नवजात बालकको नामकरण गर्ने संस्कार; बालकको नाम राख्ने काम, नामकरण।
46145 नामकाम ना. व्यक्ति र उसले जीवनमा गरेका घटनाहरू।
46146 नामकीर्तन ना. १. ईश्वरका नाम र गुणको सङ्कीर्तन; ईश्वरको भजन; ईश्वरको गुणानुवाद।
46147 नामकीर्तन ना. २. नवधा भक्तिमध्ये एक भक्ति।
46148 नामकीर्तन ना. ३. कसैको गुणगान; प्रशंसा।
46149 नामतः क्रि.वि. नामानुसार, नामले।
46150 नामदार वि. राम्रो नाम चलेको; ख्याति पाएको; प्रसिद्ध; नामी; नामुद।