Dictionary

All Word

46251 नार्नु स.क्रि. २. त्यसै गरी हिँडाउनका लागि बग्गीमा घोडा जोत्नु।
46252 नार्नु स.क्रि. ३. त्यसै गरी गाडामा गोरु वा राँगा मिलाउनु।
46253 नार्नु स.क्रि. ४. जम्मा पार्नु; जुटाउनु।
46254 नारक वि. १. नर्कको; नर्कसम्बन्धी; नारीकीय। ना.
46255 नारक वि. २. नरक।
46256 नारक वि. ३. नारकको प्राणी।
46257 नारकी वि. १. नरकमा परेको; नरकभोगी।
46258 नारकी वि. २. दुराचारले गर्दा नरक जान लायकको; दुराचारी; दुष्टात्मा; पापी।
46259 नारकीय वि. १. नरकसम्बन्धी; नरकको।
46260 नारकीय वि. २. नरकजस्तो; नरकको जस्तो।
46261 नारकीय वि. ३. नरकमा भएको जीवजस्तो; अति निकृष्ट; ज्यादै अधम।
46262 नारद ना. १. एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि; ब्रह्माका दश मानसपुत्रमध्ये एक। वि.
46263 नारद ना. २. एक जनाको कुरा अर्कोलाई लगाई झगडा पार्ने; छुल्याहा।
46264 नारदकुण्ड ना. पश्चिमी नेपालको दरौँदी नदीको मुहानमा अवस्थित एक कुण्ड।
46265 नारदपुराण ना. सनकादि कुमारहरूद्वारा नारदलाई उपदेश गरिएको कथाको वर्णन भएको, अठार पुराणमध्ये एक।
46266 नारदीय वि. नारदसम्बन्धी; नारदको।
46267 नारन ना. / वि. बो. १. नारायणको अपभ्रंश रूप;नारान।
46268 नारन ना. / वि. बो. २. ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन टाँसिने शब्द (ज्वाइँनारन)। वि. बो.
46269 नारन ना. / वि. बो. ३. हरे। (उदा.- म किन आएँछु नारन, यस ठाउँमा !)।
46270 नारनपाती ना. भुवादार पात हुने र मसिना, झुप्पादार, बास्ना आउने फूल फुल्ने एक जातको रुख; त्यसैको पात वा फूल।
46271 नारनशिव वि. बो. कसैलाई दुःख कष्ट आइपर्दा त्यस्ता व्यक्तिमाथि दया वा सहानुभूति देखाउनका लागि उच्चारण गर्ने शब्द; नारान; हरे।
46272 नारा ना. १. कुनै संस्था वा व्यक्तिहरूले आफूले गरेको माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरिने उद्घोष।
46273 नारा ना. २. ठुलो आवाज; कुनै कुराको फलाको।
46274 नारा ना. हल्लुँड।
46275 नारा ना. हिउँ पग्लेका बेलामा नेपाल र भोटका बिच आवतजावत गर्ने, जुम्ला जिल्लाको १६,०८५ फिट अग्लो एक भन्ज्याङ।
46276 नाराइ ना. नार्ने क्रिया वा प्रक्रिया।
46277 नाराज वि. १. प्रसन्न नभएको; खुसी नभएको; अप्रसन्न; बेखुस।
46278 नाराज वि. २. रिसाएको; रुष्ट।
46279 नाराजी ना. प्रसन्नता नभएको स्थिति; अप्रसन्नता; बेखुसी।
46280 नारान ना. हे. नारन।
46281 नारानपाती ना. नारनपाती।
46282 नारानशिव वि.बो. नारनशिव।
46283 नारायण ना. विष्णु; नारन।
46284 नारायणपाती ना. हे. नारानपाती।
46285 नारायण प्रेस ना. नेपालका जनरल गेहेन्द्रशमशेरले बनाएको पुरानो मुद्रणयन्त्र।
46286 नारायणबलि ना. अपमृत्यु, अकाल मृत्यु आदिले गर्दा अगति परेका वा लामो समयसम्म बेपत्ता भएकाले मृत मानिएका व्यक्तिको और्ध्वदैहिक क्रिया वा प्रेतकर्म गर्नाका निम्ति ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र र यमको पूजा गरी मृतकको प्रायश्चित्तस्वरूप गरिने संस्कार।
46287 नारायणहिटी दरबार ना. तत्कालीन नेपालको राजदरबार।
46288 नारायणी ना. १. नारायणकी पत्नी; लक्ष्मी।
46289 नारायणी ना. २. बुढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम। वि.
46290 नारायणी ना. ३. नारायणसम्बन्धी; नारायणकी।
46291 नारिनु अ.क्रि. १. नाराइमा पर्नु। क.क्रि.
46292 नारिनु अ.क्रि. २. नार्ने काम गरिनु।
46293 नारी ना. स्त्री; महिला; आइमाई।
46294 नारी आन्दोलन ना. आफ्नो सामाजिक, आर्थिक आदि स्थितिमा सुधार ल्याउन नारी जातिले चलाएको क्रान्तिकारी अभियान।
46295 नारी समानता ना. नारीहरूले पनि पुरुषहरू सरह सबै क्षेत्रमा समान अधिकार पाउनु पर्छ भन्ने अभिमत वा धारणा।
46296 नारी ना. घोडाको मुखभित्र हालिने लगामको एक प्रकारको काँडादार फलामे अवयव।
46297 नारीघडी ना. नाडीमा बाँध्ने घडी।
46298 नारीछन्द ना. मगणको पाउ भएको छन्द। (उदा.- गोर्खाली हैँ हामी, शूरामा छौँ नामी।
46299 नारीजाति ना. महिला; स्त्रीजाति।
46300 नारीरत्न वि. १. नारीहरूमा श्रेष्ठ। ना.