Dictionary

All Word

46301 नारीरत्न वि. २. उत्तम नारी; शील सौन्दर्यसम्पन्न नारी; गुणवती नारी।
46302 नारीवाद ना. नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता; सिद्धान्त वा आन्दोलन।
46303 नारीश्वर ना. आधा शरीर पुरुष, आधा शरीर नारी भएका एक हिन्दू देवता; अर्धनारीश्वर।
46304 नारु ना. १. लगभग १८-२० मिटर अग्लो, पन्जाकार हरियो पात हुने, सेतो र पहेँलो फूल लाग्ने, एक जातको लेकाली बोट; करुको बोट।
46305 नारु ना. २. त्यसैको बुटी।
46306 नारो ना. नारा; जोतारो; हल्लुँड।
46307 नाल ना. १. घरको फोहोर मैला, जुठो आदि फाल्ने ठाउँ; रछान।
46308 नाल ना. २. कमलको डाँठ।
46309 नाल ना. ३. नली; ढुङ्ग्रो।
46310 नाल ना. ४. फोहोर पानी बग्ने ठाउँ वा निकास (ढल, डँड, पाइप आदि)।
46311 नाल ना. ५. बालकका नाभिको आन्द्रो; साललाई नाइटामा जोड्ने अवयव।
46312 नाल ना. ६. बन्दुक, तोप आदिको गोली निस्कने नली।
46313 नाल ना. ७. थाम वा गारोले छुट्ट्याइने घरको खण्ड।
46314 नाल ना. ८. कोदालीको पासो र पाताका बिचको बाङ्गो भाग।
46315 नाल ना. १. घोडाका टापमा वा जुत्ताका कुर्कुच्चामा ठोकिने अर्ध-चन्द्राकार फलामे साधन।
46316 नाल ना. २. जुवा खेलाउनेले खेल्नेहरूसँग लिने बहाल वा दस्तुर।
46317 नाल ना. ३. एक प्रकारको सरकारी दस्तुर।
46318 नालबन्दी ना. १. घोडाको टापमा नाल ठोक्ने काम।
46319 नालबन्दी ना. २. त्यस्तो काम गर्ने पेसा भएको व्यक्ति।
46320 नाला ना. आगो झिक्ने दाबिलोजस्तो साधन।
46321 नाला ना. १. वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो; सानो खोलो; खहरे।
46322 नाला ना. २. खेतबारीमा पानी पटाउनाका निम्ति बनाइएको ठुलो कुलो; नहर।
46323 नाला ना. ३. फोहोर पानी बग्ने ढल; नल; नाली।
46324 नाला ना. ४. खाँबे घरमा एक खाँबो र अर्को खाँबाका बिचको खुला ठाउँ।
46325 नालायक वि. १. कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको; अयोग्य।
46326 नालायक वि. २. योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको; क्षुद्र; तुच्छ; नीच; अधम।
46327 नालायकी ना. १. लायक नहुनाको भाव; अयोग्यता।
46328 नालायकी ना. २. क्षुद्रता; नीचता; तुच्छता।
46329 नालिक वि. १. डाँठवाल; नलवाला। ना.
46330 नालिक वि. २. कमल।
46331 नालिका ना. १. कमलको डाँठ।
46332 नालिका ना. २. हात्तीलाई सधाउने अङ्कुसे।
46333 नालिका ना. ३. छालाको कोर्रा।
46334 नालिका ना. ४. डुँड।
46335 नालिश ना. हे. नालिस।
46336 नालिस ना. कुनै व्यक्ति वा संस्थाद्वारा आफूमाथि अन्याय भएको लागेमा उचित दण्ड-सजाय वा क्षतिपूर्तिका निम्ति अदालत वा सम्बन्धित अधिकारीसमक्ष गर्ने रीतपूर्वकको उजुरी; फिराद; इजहार; नालेस।
46337 नाली ना. फोहर पानी बग्ने ढल; नाल।
46338 नालीबेली ना. १. कुनै वस्तु वा कुराको आद्योपान्त वर्णन; बेहोरा सबै बुझाएर गरिएको वर्णन; सविस्तार वर्णन; बेलीबिस्तार।
46339 नालीबेली ना. २. पत्ता नलागेमा खन्न असजिलो हुने तरुल, भ्याकुर आदिको लहरो र फेद।
46340 नालु ना. १. एक किसिमको सन; सनपाट।
46341 नालु ना. २. अमिलो स्वादको फूल फुल्ने उक्त सनपाटको वृक्ष; चन्ना; चन्नी।
46342 नालु कुरो ना. धेरै आकारको पात हुने गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घण्टीफूलका समूहको साधारण बोट; चन्ना; चन्नी।
46343 नालु फूल ना. नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका थुँगा हुने जङ्गली फूल; त्यसैको बोट।
46344 नाले ना. दुवैतिरका आँखा नकाटीकन एकापट्टिको आँखा छेडी काठको ठेडीजस्तो बिर्को लगाउन हुने गरी बनाइएको बाँसको ढुङ्ग्रो।
46345 नालेस ना. हे. नालिस।
46346 नाविक ना. १. नदीमा डुङ्गा चलाउने पेसा भएको व्यक्ति वा जाति।
46347 नाविक ना. २. नाउमा बसेर यात्रा गर्ने व्यक्ति।
46348 नाविक सूची ना. १. जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण।
46349 नाविक सूची ना. २. उक्त उपकरणबाट प्राप्त सूचना।
46350 नावी ना. माझी; बोटे।