Dictionary

All Word

46451 निकट ना. यो. ४. समीपमा; नजिकै। (उदा.- तिमी मेरै निकट छौ। ना.
46452 निकट ना. यो. ५. नजिकको स्थिति वा नजिक हुनाको अवस्था वा परिस्थिति; सामीप्य।
46453 निकटतम वि. ज्यादै नजिकको; सबभन्दा नजिकको।
46454 निकटता ना. निकट हुनाको भाव वा अवस्था; सामीप्य।
46455 निकटवर्ती वि. निकट वा नजिकमा रहेको; आसपासमा भएको; नजिकको; छेउछाउको; समीपको; समीपवर्ती।
46456 निकटस्थ वि. निकटवर्ती।
46457 निकम्मा वि. नालायक; बेकम्मा।
46458 निकर ना. १. कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय।
46459 निकर ना. २. वस्तु वा वस्तुहरूको सञ्चित राशि; थुप्रो।
46460 निकर ना. ३. कुनै एक वस्तु वा वस्तुहरू अधिक मात्रामा भएको ठाउँ; निधि; कोश।
46461 निकल ना. १. मोलम्मा गर्दा वा धातुमा खादको मिश्रण गर्दा प्रयोग गरिने चाँदी झैँ सेतो एक धातु।
46462 निकल ना. २. अमेरिकामा पाँच सेन्ट बराबर मूल्यको एक मुद्रा।
46463 निकष / निकषोपल ना. १. असल, कमसल छुट्ट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी।
46464 निकष / निकषोपल ना. २. हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो।
46465 निकानन्द ना. १. कुनै दुःख पिर नभएको अवस्था; आनन्द; सन्चो। वि.
46466 निकानन्द ना. २. दुःख, पिर नभएको; विघ्नबाधा नभएको; निर्विघ्न।
46467 निकाय ना. १. समूह; समुदाय।
46468 निकाय ना. २. समुदायअन्तर्गतको एक खण्ड; एकाइ।
46469 निकाय ना. ३. वासस्थान।
46470 निकाय ना. ४. शरीर।
46471 निकाय ना. ५. निशाना; लक्ष्य।
46472 निकाय ना. ६. कुनै संस्था वा सदन।
46473 निकाल्नु स.क्रि. १. भित्र भएको कुनै वस्तु बाहिर झक्नु वा अन्यत्र कतै पठाउनु।
46474 निकाल्नु स.क्रि. २. कुनै व्यक्तिलाई कुनै देश, ठाउँ, कामकाज आदिबाट हटाउनु।
46475 निकाल्नु स.क्रि. ३. बसिरहेको देश, ठाउँ आदिबाट लखेट्नु; धपाउनु।
46476 निकाल्नु स.क्रि. ४. थुनिएको वा रोकिएको कुनै व्यक्ति वा वस्तुलाई छुटाउनु; बन्धनबाट मुक्त पार्नु।
46477 निकाल्नु स.क्रि. ५. लुकिरहेको वस्तुलाई बाहिर प्रकट गर्नु; प्रकाशमा ल्याउनु।
46478 निकाल्नु स.क्रि. ६. अरूले पत्ता नलगाएको कुरो वा वस्तु पत्ता लगाउनु; कुनै नयाँ कुरो वा वस्तुको आविष्कार गर्नु।
46479 निकाल्नु स.क्रि. ७. फुर्ती, ढाँचा आदि झक्नु।
46480 निकाल्नु स.क्रि. ८. कुनै पदार्थमा बुट्टा वा बान्की निकाल्नु।
46481 निकाला ना. १. कसैलाई उसको इच्छाविरुद्ध बसिरहेको देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकालावास; निष्कासन।
46482 निकाला ना. २. कुनै ठाउँबाट कसैलाई लखेट्ने काम; धपाउने काम।
46483 निकालाइ ना. निकाल्ने क्रियाप्रक्रिया।
46484 निकालाबास ना. कसैलाई कुनै देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकाला।
46485 निकालिनु क.क्रि. निक्लने पारिनु।
46486 निकास्नु स.क्रि. १. अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु।
46487 निकास्नु स.क्रि. २. दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु।
46488 निकास्नु स.क्रि. ३. निकास खोल्नु; निकाल्नु।
46489 निकास्नु स.क्रि. ४. निकासा गराउनु।
46490 निकास ना. १. बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ।
46491 निकास ना. २. गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन।
46492 निकास ना. ३. नालको वा फोहोर- मैला भएको पानी निस्कने ठाउँ; ढल।
46493 निकास ना. ४. बचत; उकास।
46494 निकास ना. ५. मार्ग; बाटो; माध्यम।
46495 निकासा ना. १. सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक।
46496 निकासा ना. २. कुनै वस्तु बाहिर पठाउने काम; निकासी।
46497 निकासा ना. ३. रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति।
46498 निकासाइ ना. निकास्ने क्रिया वा प्रक्रिया।
46499 निकासापुकासा ना. निकासा, आदेश आदि।
46500 निकासिनु क.क्रि. निकासिने पारिनु।