Dictionary

All Word

46551 निखट्ट/निखट्टु वि. १. खराब बानीबेहोराले गर्दा कतै टिक्न वा कसैसित मिल्न नसकेको।
46552 निखट्ट/निखट्टु वि. २. कुनै कामकाज नभएको; निकम्मा; बेकम्मा।
46553 निखट्ट/निखट्टु वि. ३. अभावग्रस्त। ना.
46554 निखट्ट/निखट्टु वि. ४. खाँचो; अभाव।
46555 निखन्नु स.क्रि. बन्धकी, धरौटी वा धितो राखिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिनु।
46556 निखनाइ ना. निखन्ने किसिम, क्रिया वा भाव।
46557 निखनाइनु क. क्रि. निखन्न लाइनु।
46558 निखनाउनु प्रे. क्रि. निखन्न लगाउनु।
46559 निखनिनु क.क्रि. बन्धकी, धितो वा धरौटी राखिएको कुनै वस्तु, घर-जग्गा आदि रुपियाँ तिरेर फिर्ता लिइनु।
46560 निखर वि. हे. निक्खर।
46561 निखलाम ना. / वि. हे. निख्लाम।
46562 निखर्व ना. १. दश हजार करोडको सङ्ख्या; सय अरबको सङ्ख्या। वि.
46563 निखर्व ना. २. दश हजार करोड; सय अरब। ना.
46564 निखर्व ना. ३. बाउन्ने; पुड्के।
46565 निखार्नु स.क्रि. १. भएको चिजबिज वा सम्पत्ति सिद्ध्याउनु; धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु।
46566 निखार्नु स.क्रि. २. निथार्नु।
46567 निखार ना. निख्रेर, निथ्रेर वा थिग्रेर बाँकी रहेको वस्तु; निथार; थिग्रेनी।
46568 निखाराइ ना. निखार्ने क्रिया वा प्रक्रिया।
46569 निखारिनु क.क्रि. निख्रने तुल्याइनु।
46570 निखित्ते ना. १. कुनै विशेष अनुष्ठानका निम्ति कुनै आचरणको परित्याग।
46571 निखित्ते ना. २. निषेध।
46572 निखिल वि. सम्पूर्ण; सारा; जम्मै; अखिल।
46573 निखुट वि. खोट वा दोष नभएको; निर्दोष; निखुर।
46574 निखुनी वि. खुनी नभएको; कुनै खुन-खोट नलागेको; निर्दोष; बेदाग।
46575 निखुर वि . १. कुनै किसिमको दाग नभएको; निक्खर।
46576 निखुर वि . २. एउटा रङमा अर्को रङ नमिसिएको; निखरा; निक्खर; एकछाँटा।
46577 निखुर्को ना. १. चैततिर चल्ने तातो हावाका प्रभावले झारपातहरू पूर्ण रूपले सुकेको अवस्था; पतझड। (उदा.- यो पराल अहिले खर्च नगरी निखुर्काका लागि साँच्नुपर्छ)।
46578 निखुर्को ना. २. उनाउलो पलाउनुभन्दा पहिलेको ग्रीष्मर्तु।
46579 निखुल्कनु अ.क्रि. अरूलाई मन नपर्ने गरी इत्तरिनु; मात्तिनु; फुरफुरिनु; फुर्किनु; निफुल्कनु; नेप्रिनु।
46580 निखुल्काइ ना. निखुल्कने किसिम, क्रिया वा भाव।
46581 निखुल्किनु अ.क्रि. निखुल्कनु।
46582 निखुल्क्याइ ना. निखुल्काइ।
46583 निखुल्क्याइनु क.क्रि. निखुल्किने पारिनु।
46584 निखुल्क्याउनु स.क्रि. / प्रे. क्रि. निखुल्किने पार्नु वा पार्न लगाउनु।
46585 निखुल्क्याहट ना. निखुल्काहट।
46586 निख्रनु अ.क्रि. १. भएको चिजबिज, सम्पत्ति आदि समाप्त हुनु; अलि-अलि गरेर भएभरको सकिनु; बाँकी नरहनु; रित्तिनु; सिद्धिनु।
46587 निख्रनु अ.क्रि. २. फोहोर-मैला नभएको हुनु; स्वच्छ हुनु।
46588 निख्राइ ना. निख्रने किसिम, क्रिया वा भाव।
46589 निख्राइनु क.क्रि. निख्रने पारिनु वा निखारिनु।
46590 निख्राउनु प्रे. क्रि. / स.क्रि. समाप्त गर्नु; रित्याउनु; निखार्नु।
46591 निख्राहट ना. निख्राइ।
46592 निख्रिनु क.क्रि. १. निख्रने पारिनु; निखारिनु। अ.क्रि.
46593 निख्रिनु क.क्रि. २. समाप्त हुनु।
46594 निख्लाम ना. १. केही पनि नखाएर बस्नुपर्ने स्थिति वा धर्म; सत्याग्रह आदिका लागि गरिने पूर्ण निराहार; निखलाम। वि.
46595 निख्लाम ना. २. त्यसरी भोको भएको (व्यक्ति, स्थिति, व्रत इ.)।
46596 निख्लाम ना. ३. पूर्ण भोको। क्रि.वि.
46597 निख्लाम ना. ४. त्यसरी भोको रहेर (उदा.- उसले निख्लाम सारा रात काट्यो )।
46598 निख्लै वि. १. निस्तै; गलोबाट नछिर्ने। क्रि.वि.
46599 निख्लै वि. २. निस्तो किसिमले।
46600 निगड ना. १. हात्ती बाँध्ने सिक्री।