Dictionary

All Word

46651 निचोर ना. २. विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्केवल।
46652 निचोर ना. ३. कुनै कामको अन्तिम परिणाम; आखिर; अन्त्य।
46653 निचोर ना. ४. खोइलाबाट रस निकाल्ने काम।
46654 निचोराइ ना. निचोर्ने क्रिया वा प्रक्रिया।
46655 निचोराइनु क.क्रि. निचोरिने पारिनु।
46656 निचोराउनु प्रे. क्रि. निचोर्न लगाउनु; निचोरिने पार्नु।
46657 निचोराहट ना. निचोराइ।
46658 निचोरिनु क.क्रि. निचोराइको पात्र हुनु।
46659 निचोरनाचोर ना. सबैतिरबाट निचोर्ने काम; राम्ररी चारैतिरको सार-वस्तु झर्ने गरी निचोर्ने प्रक्रिया।
46660 निचोऱ्याइ ना. निचोरिने क्रिया वा प्रक्रिया।
46661 निचोऱ्याहट ना. निचोऱ्याइ।
46662 निछट्टो वि. शुद्ध बोली नबोल्ने; असभ्य।
46663 निछाइ ना. निछाउने क्रियाप्रक्रिया।
46664 निछाइनु क.क्रि. निछाउने पारिनु।
46665 निछाइलो वि. पट्ट्यारलाग्दो; अल्छीलाग्दो।
46666 निछाउनु स.क्रि. १. कुनै काम-कुरोलाई महत्त्व नदिई उपेक्षा गर्नु। अ.क्रि.
46667 निछाउनु स.क्रि. २. नीच मार्नु।
46668 निछाउनु स.क्रि. ३. गर्नुपर्ने कुनै काम- कुरोलाई गरूँ कि नगरूँ जस्तो गरेर टार्नु; अल्छी गर्नु।
46669 निछाउनु स.क्रि. ४. ढिलाउनु।
46670 निछाहट ना. निछाइ।
46671 निछोट्नु स.क्रि. १. कुनै वस्तु वा कुरालाई केलाउनु।
46672 निछोट्नु स.क्रि. २. हेर्नु।
46673 निछोट्नु स.क्रि. ३. निफन्नु।
46674 निछोट्नु स.क्रि. ४. माझ्नु।
46675 निछोटाइ ना. निछोट्ने भाव, क्रिया वा प्रक्रिया।
46676 निछोटाइनु क.क्रि. निछोट्न लाइनु।
46677 निछोटाउनु प्रे. क्रि. निछोट्न लाउनु।
46678 निछोटाहट ना. निछोटाइ।
46679 निछोटिनु क.क्रि. निछोट्ने काम गरिनु।
46680 निछ्याम ना. १. कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान।
46681 निछ्याम ना. २. दिनको बिचको समय; मध्याह्न।
46682 निज सर्व. १. खास आफै; आफू; स्वयम्।
46683 निज सर्व. २. सो; ऐजन। वि.
46684 निज सर्व. ३. आफ्नो।
46685 निज सर्व. ४. फलानु।
46686 निज सर्व. ५. उक्त; सो।
46687 निजा वि. आफ्नै; निजी; स्वकीय; व्यक्तिगत।
46688 निजात्मक वि. आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक; व्यक्तिनिष्ठ।
46689 निजात्मकता ना. निजात्मक हुनाको भाव, गुण वा अवस्था।
46690 निजात्मक निबन्ध ना. आत्मपरक निबन्ध।
46691 निजात्मक शैली ना. लेखाइको भावनामूलक शैली।
46692 निजामती ना. १. राज्यप्रशासनको जङ्गीबाहेकका प्रशासकीय र अदालती सबै शाखा। वि.
46693 निजामती ना. २. प्रशासनसम्बन्धी र दिवानी अदालतसम्बन्धी ( कर्मचारी, अड्डा आदि)।
46694 निजामती सेवा ना. नेपाल सरकारको सैनिक र प्रहरीसेवाबाहेक सबै मन्त्रालय र सबै विभागअन्तर्गतको सेवा; नेपाल सरकारका जङ्गीबाहेकका प्रशासकीय विभिन्न शाखा- प्रशाखासँग सम्बन्धित सेवा।
46695 निजामती सेवा नियमावली ना. निजामती सेवासम्बन्धी नियमावली; जङ्गी-प्रहरीबाहेक अन्य कर्मचारीसम्बन्धी नियमावली।
46696 निजायत ना. १. खास आफ्नो काम; निजी काम; आफूतर्फको काम; घरायस।
46697 निजायत ना. २. घरव्यवहार।
46698 निजायती वि. आफ्नै घरव्यवहारसम्बन्धी; घरायसी; घरेलु; निजी।
46699 निजी वि. १. अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो।
46700 निजी वि. २. कुनै एक वर्ग वा व्यक्तिसित मात्र सम्बन्धित; व्यक्तिगत।