Dictionary

All Word

46801 निद्रालु वि. ३. निद्रामा पार्ने खालको।
46802 निद्रालु वि. ४. मादक।
46803 निद्रिका ना. मानसिक तनाउलाई मेटेर, जाग्रत् अवस्थाको चेतनावृत्तिलाई निलम्बित पारेर निद्रा लगाइदिने औषधी।
46804 निद्रित वि. निदाएको; सुतेको।
46805 निधन ना. १. प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु।
46806 निधन ना. २. अन्त; समाप्ति। वि.
46807 निधन ना. ३. धन नभएको; निर्धन; दुःखी; दरिद्र।
46808 निधन क्रिया ना. मरेपछिको काजकिरिया; किरियाकाष्टा; अन्त्येष्टि क्रिया।
46809 निधार ना. १. आँखीभुईँदेखि माथि कपालसम्मको अवयव; ललाट, भाल; निदार।
46810 निधार ना. २. खप्पर; पुर्पुरो; चाँदो।
46811 निधार ना. ३. भाग्य।
46812 निधि ना. १. कुनै वस्तु धेरै मात्रामा भएको ठाउँ; कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ; खानि।
46813 निधि ना. २. गुप्त रूपमा रहेको धन; गडेको धन; गाडधन।
46814 निधि ना. ३. कुबेरका नौ भण्डार वा खानि (पद्म,महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब)।
46815 निधि ना. ४. समुद्र।
46816 निधिनु अ.क्रि. निधो हुनु; टुङ्गो लाग्नु।
46817 निधिनी ना. १. कथ्य. निदिनी। बनझाँक्री भन्ने रहस्यमय जातिकी स्त्री; स्त्री बनझाँक्री; बनझँक्रिनी।
46818 निधिनी ना. २. धमिनी।
46819 निधिनी गुरुमा ना. १. झाँक्रीविद्या सिकाउने एक अनुश्रुतिगत बनझँक्रिनि।
46820 निधिनी गुरुमा ना. २. बोक्सी।
46821 निधिपति ना. १. कुबेर।
46822 निधिपति ना. २. खानीको मालिक।
46823 निधो ना. १. अन्तिम निर्णय; पक्कापक्की; निश्चय।
46824 निधो ना. २. खोजेर पत्ता लगाउने कार्य; टुङ्गो; खोजीनिती।
46825 निध्याइ ना. निध्याउने काम वा किसिम।
46826 निध्याइनु क. क्रि. निधो गरिनु; टुङ्गो लगाइनु।
46827 निध्याइलो वि. १. निधो लाग्लाजस्तो।
46828 निध्याइलो वि. २. निधो गर्न वा लगाउन लायक।
46829 निध्याउनु स.क्रि. / प्रे. क्रि. निधो गर्नु; निधो लगाउनु।
46830 निनाद ना. ध्वनि; आवाज।
46831 निनादित वि. शब्द निस्केको; निनाद भएको; ध्वनित।
46832 निनादी वि. ध्वनि निकाल्ने; हल्ला गर्ने; बज्ने।
46833 निनी ना. १. बालबोलीमा सुत्ने क्रिया बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ। वि. बो.
46834 निनी ना. २. बालकहरूलाई सुताउँदा भनिने शब्द।
46835 निनी ना. गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने शब्द।
46836 निनुङ ना. लिच्छवि शासनकालमा प्रशासन सञ्चालन गर्न खडा गरिएको केन्द्रीय स्तरको कुनै एक अड्डा।
46837 निन्दक वि. अर्काको भए-नभएको दोषको बखान गर्ने; अर्काको निन्दा गर्ने; परोक्षमा अर्काको कुरा काट्ने।
46838 निन्दनीय वि. १. निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय।
46839 निन्दनीय वि. २. ऐनकानुन, वंश-परम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध ( आचरण, व्यवहार इ.)।
46840 निन्दा ना. १. कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए-नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम।
46841 निन्दा ना. २. तिरस्कार; हेलाँ; घृणा; अवज्ञा।
46842 निन्दा ना. ३. अपकीर्ति; अपवाद; बदनामी।
46843 निन्दात्मक वि. कसैको निन्दा वा अनुचित आलोचना गरेर लेखिएको वा भनिएको; निन्दा भएको।
46844 निन्दित वि. निन्दा गरिएको; दोष देखाइएको; बदनाम भएको; तिरस्कृत।
46845 निन्दु ना. १. मरेको बच्चा जन्माउने स्त्री।
46846 निन्दु ना. २. जन्मनेबित्तिकै छोराछोरी मर्ने स्त्री; मृतवत्सा।
46847 निन्दु ना. ३. छोराछोरी जन्मनेबित्तिकै स्वयम् मर्ने स्त्री।
46848 निन्दोचर्चो ना. १. अर्काको नराम्रो बानीबेहोराको अनावश्यक चर्चा; अर्काको दोषको अनावश्यक खोजीनिती; परोक्षमा अर्काको कुरा काटिरहने प्रवृत्ति; चेवाचर्चा।
46849 निन्दोचर्चो ना. २. अर्काको दोष बखान गर्ने काम; बदख्वाइँ; बदनामी।
46850 निन्द्य वि. निन्दा गर्न लायक; निन्दा गर्नुपर्ने; निन्दनीय।