Dictionary

All Word

46851 निन्द्रा ना. हे. निद्रा।
46852 निन्द्रालु वि. निद्रालु।
46853 निन्याउरो वि. हे. निदाउरो।
46854 निपर्सि क्रि.वि. पर्सिको भोलिपल्ट; निकोपर्सि; निकोर्सि।
46855 निपात ना. १. भाषामा खास-खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द (नि, पो, र, त आदि)।
46856 निपात ना. २. खस्ने काम; झर्ने काम; गिर्ने काम; अधपतन।
46857 निपात ना. ३. नाश; सखाप।
46858 निपातन ना. १. माथिबाट तल खस्ने काम; झर्ने काम; गिर्ने काम; पतन।
46859 निपातन ना. २. पिट्ने काम; चुट्ने काम; पिटाइ; चुटाइ।
46860 निपातन ना. ३. नाश गर्ने काम; नाश।
46861 निपातित वि. १. माथिबाट तल झारिएको; खसालिएको; गिराइएको।
46862 निपातित वि. २. नाश पारिएको।
46863 निपान ना. १. पोखरी।
46864 निपान ना. २. कुवा।
46865 निपान ना. ३. दुध दुहुने भाँडो।
46866 निपाने वि. पानी नभएको; सुक्खा (जमिन आदि)।
46867 निपुण वि . कुनै कामकुराको राम्रो ज्ञान भएको; काममा चतुर; सिपालु; चलाख; कुशल; दक्ष; चुपिचन्डाल।
46868 निपुणता ना. १. निपुण हुनाको भाव; दक्षता; कार्यकुशलता।
46869 निपुणता ना. २. चलाखी।
46870 निप्टनु अ.क्रि. हे. निब्टनु।
46871 निप्टाइ ना. निब्टाइ।
46872 निप्टाइनु क.क्रि. निप्टने पारिनु।
46873 निप्टाउनु स.क्रि. / प्रे. क्रि. निप्टने पार्नु वा पार्न लाउनु।
46874 निफन्नु स.क्रि. १. नाङ्लामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भूस आदि छुट्ट्याउनु; नाङ्लाले अन्न आदि केलाउनु।
46875 निफन्नु स.क्रि. २. अर्काको चेवाचर्चा गर्नु; अर्काको कुरा काट्नु।
46876 निफननाफन ना. नाङ्लाले फटकारेर धुलो, कसिङ्गर, भुस आदि छुट्ट्याउने काम; निफन्नेर केलाउने काम।
46877 निफनाइ ना. निफन्ने क्रिया वा प्रक्रिया।
46878 निफनाइनु क.क्रि. निफन्न लगाइनु।
46879 निफनाउनु प्रे. क्रि. निफन्न लगाउनु।
46880 निफनिनु क.क्रि. १. निफन्ने काम गरिनु। अ.क्रि.
46881 निफनिनु क.क्रि. २. निफनिएको होइनु।
46882 निफनुवा वि. १. निफनेको।
46883 निफनुवा वि. २. निफन्ने।
46884 निफर वि. कमजोर; निर्धो; दुर्बल।
46885 निफुल्कनु अ.क्रि. १. बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु; मात्तिनु।
46886 निफुल्कनु अ.क्रि. २. निखुल्कनु।
46887 निफुल्काइ ना. निफुल्कने क्रिया वा प्रक्रिया।
46888 निफुल्किनु अ.क्रि. निफुल्केको हुनु।
46889 निफुल्क्याइ ना. निफुल्किने काम वा किसिम।
46890 निफुल्क्याइनु क.क्रि. निफुल्किने पारिनु।
46891 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. १. निफुल्किने पार्नु।
46892 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. २. मत्याउनु।
46893 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. ३. खुत्याउनु।
46894 निफुल्क्याहट ना. निफुल्क्याइ।
46895 निब ना. लेख्नका लागि होल्डर,फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुँडो।
46896 निबद्ध वि. १. नफुस्किने गरी बाँधिएको; राम्ररी बाँधिएको; बद्ध।
46897 निबद्ध वि. २. उनिएको। ३ . लेखिएको।
46898 निबद्ध वि. ४. जडिएको।
46899 निबन्ध ना. १. कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्य विधा।
46900 निबन्ध ना. २. राम्रोसँग बाँध्ने काम।