Dictionary

All Word

46751 निथारपिथार ना. बगेर, चुहिएर वा निथ्रेर बाँकी रहेको वस्तु; अवशेष।
46752 निथाराइ ना. निथार्ने वा निथ्रिने क्रिया-प्रक्रिया।
46753 निथारिनु क.क्रि. निथार्ने काम गरिनु; निथ्राइनु।
46754 निथ्रनु अ.क्रि. १. पानी आदि तरल पदार्थ बिस्तारै-बिस्तारै भएजति जम्मै चुहुनु वा बग्नु।
46755 निथ्रनु अ.क्रि. २. पानी आदि तरल पदार्थ अलि-अलि गरेर बग्दै सिद्धिनु।
46756 निथ्रनु अ.क्रि. ३. समाप्त हुनु; शेष नरहनु।
46757 निथ्राइ ना. निथ्रने किसिम; क्रिया वा भाव।
46758 निथ्राइनु क.क्रि. निथ्रने पारिनु।
46759 निथ्राइलो वि. निथ्रने स्वभावको।
46760 निथ्राउनु स.क्रि. / प्रे. क्रि. निथार्नु वा निथ्रने पार्नु।
46761 निथ्राहट ना. निथ्राइ।
46762 निथ्रिनु अ.क्रि. १. निथ्रेको होइनु; निथारिनु।
46763 निथ्रिनु अ.क्रि. २. निथ्रनु।
46764 निथ्रुक्क क्रि.वि. पानी वा पसिनाले सम्पूर्ण शरीर बेसरी भिज्ने गरी; झरीमा बेसरी रुझ्ने किसिमले; निथाचूर्ण।
46765 निथ्रेनी ना. निथ्रेर वा थिग्रेर बाँकी रहेको थिग्रेनी; निथार।
46766 निथ्य्राइ ना. निथ्रिने क्रिया वा प्रक्रिया।
46767 निथ्य्राइनु क.क्रि. निथ्राइनु; निथारिनु।
46768 निथ्य्राउनु प्रे.क्रि. निथार्नु।
46769 निथ्य्राहट ना. निथ्य्राइ।
46770 निदर्श ना. कुनै वस्तु वा कुराको अन्वेषण, परीक्षण गर्दा मूल वा समग्रताको राम्रोसँग प्रतिनिधित्व गर्ने केही अंश।
46771 निदर्शक वि. कुनै वस्तु वा कुरालाई देखाउने; प्रदर्शक।
46772 निदर्शन ना. १. कुनै वस्तु वा कुरा देखाउने काम; कुनै वस्तु वा कुरालाई औँल्याउने काम।
46773 निदर्शन ना. २. उदाहरण; उपमा; दृष्टान्त।
46774 निदर्शना ना. दुई वाक्यको अर्थमा अन्तर हुँदाहुँदै पनि उपमाद्वारा तिनीहरूका सम्बन्धको कल्पना गर्दा साहित्यमा हुने एक अर्थालङ्कार।
46775 निदाइ ना. निदाउने भाव, क्रिया वा प्रक्रिया।
46776 निदाइनु क.क्रि. निद्रामा परिनु; सुतिनु।
46777 निदाइलो वि. निद्रामा पार्लाजस्तो; सुतूँ-सुतूँ हुने।
46778 निदाउनु अ.क्रि. १. प्राणीहरूका जीवित अवस्थामा हुने अधिकांश चेतनावृत्ति रोकिएर निश्चेष्ट भई शारीरिक, मानसिक आदि विश्रान्ति पाउनु; निद्रामा पर्नु; सुत्नु।
46779 निदाउनु अ.क्रि. २. हातगोडामा रक्तसञ्चार बन्द भई झमझमाउनु।
46780 निदाउरो वि. १. भोक, प्यास, थकाइ वा मानसिक चिन्ताले मलिन; अँध्यारो; शिथिल।
46781 निदाउरो वि. २. निद्रातुर।
46782 निदान ना. १. कुनै कार्यको आदि कारण; प्रमुख कारण; मुख्य हेतु।
46783 निदान ना. २. डाक्टर, वैद्य आदिद्वारा रोगीको रोग खुट्ट्याउने काम; रोगीको रोगको निर्णय।
46784 निदान ना. ३. कुनै कुराको अन्तिम निष्कर्ष; परिणाम; निचोर; आखिर।
46785 निदान ना. ४. शुद्धता।
46786 निदान कार्य ना. रोग खुट्ट्याउने काम।
46787 निदानशेष/सेक क्रि.वि. अन्त्यमा; भरेपरन्तुमा।
46788 निदानसेकमा क्रि.वि. भरेपरन्तुमा।
46789 निदार ना. हे. निधार।
46790 निदाल ना. घरका दलिनहरू अड्याउनाका निम्ति गाराका बिचमा वारपार राखिने काठ, फलाम आदिको सत्तरी; दलिनहरू अड्याउने काठ, फलाम आदिको साधन।
46791 निदुरी ना. १. निदाइरहने स्वास्नीमान्छे।
46792 निदुरी ना. २. (दन्त्यकथामा) नीद; निदुली; निदरी।
46793 निदुली ना. (लोककाव्य, बालबोली आदिमा) निद्रा; निदरी; निदुरी।
46794 निदेश ना. १. ठुलो मानिसले आफूभन्दा साना मानिसलाई दिने आदेश; आज्ञा।
46795 निदेश ना. २. कथन; उक्ति।
46796 निदेश ना. ३. सामीप्य।
46797 निद्रा ना. १. सुतेको वा काम नभएको बेलामा शरीर शिथिल भई केही काल चेत हराउने प्रक्रिया वा गुण।
46798 निद्रा ना. २. त्यसरी चेत हराएको अवस्था; निद्रावस्था; नीद; स्वप्न; सपना।
46799 निद्रालु वि. १. धेरै बेरसम्म निदाइरहने, बढी निदाउने; सुताहा।
46800 निद्रालु वि. २. आँखामा निद्रा भएको; निद्राले ग्रस्त।