Dictionary

All Word

46901 निबन्धकार ना. निबन्ध लेख्ने लेखक।
46902 निबन्धन ना. १. बाँध्ने काम; बन्धन।
46903 निबन्धन ना. २. निबन्धका रूपमा लेख्ने काम; निबन्ध-शिल्प।
46904 निबन्धात्मक वि. निबन्धका रूपमा बनेको; निबन्धका आकारको।
46905 निबन्धात्मकता निबन्धात्मक हुनाको भाव वा स्थिति।
46906 निबा ना. एक जातको बाँस।
46907 निबारो ना. ठुलठुला पात हुने, डाले घाँसका रूपमा प्रयोगमा आउने एक प्रकारको रुख।
46908 निबिड वि. १. घना; आपट्टे; बाक्लो।
46909 निबिड वि. २. कठिन।
46910 निबुवा ना. गोलो किसिमको एक प्रकारको अमिलो फल वा त्यसको काँडादार वृक्ष।
46911 निब्टनु अ.क्रि. १. कुनै कामकुरो भने-सोचेजस्तो गरी सफल हुनु; फत्ते हुनु; तामेल हुनु।
46912 निब्टनु अ.क्रि. २. गर्न लागेको काम-कुरोबाट फुर्सद पाउनु।
46913 निब्टाइ ना. निब्टने किसिम, क्रिया वा भाव।
46914 निब्टाइनु क.क्रि. निब्टने पारिनु।
46915 निब्टाउनु प्रे. क्रि. / स.क्रि. निब्टने पार्नु वा पार्न लगाउनु।
46916 निब्टिनु अ.क्रि. निब्टने हुनु; निब्टनु।
46917 निब्ट्याइ ना. निब्टिने क्रियाप्रक्रिया।
46918 निब्ट्याइनु क.क्रि. निब्टिने पारिनु।
46919 निब्ट्याउनु प्रे. क्रि. / स.क्रि. तामेल गर्नु वा टुङ्ग्याउनु; निब्टाउनु।
46920 निभ्नु अ.क्रि. १. बलिरहेको आगो, बत्ती आदि बल्न छोड्नु; आगो, बत्ती आदि मर्नु।
46921 निभ्नु अ.क्रि. २. झगडा आदि टुङ्गिनु; समाप्त हुनु।
46922 निभ्नु अ.क्रि. ३. तेज घट्नु; पराक्रम सकिनु; निस्तेज हुनु।
46923 निभ्नु अ.क्रि. ४. मर्नु।
46924 निभाइ ना. निभ्ने क्रिया वा प्रक्रिया।
46925 निभाइनु क.क्रि. निभ्ने तुल्याइनु।
46926 निभाउनु प्रे. क्रि. / स.क्रि. निभ्ने पार्नु; निस्तेज गराउनु।
46927 निभृत वि. १. गुप्त रूपमा राखिएको; गुप्त।
46928 निभृत वि. २. भरिभराउ भएको।
46929 निभृत वि. ३. सुटुक्क; चुपचाप।
46930 निम ना. बकाइनाका जस्ता पात हुने, खैरा मसिना फूल फुल्ने, खिर्नीका आकारका फल फल्ने र फल, पात, काठ आदि सबै तीता हुने एक जातको रुख।
46931 निमक ना. १. पानी पर्नासाथ पग्लने तथा तरकारी, दाल आदिलाई स्वादिलो बनाउन मिलाइने नुनिलो चूर्ण वा ठोस पदार्थ; नुन; लवण।
46932 निमक ना. २. सरकार वा मालिक आदिबाट कमाएको दानापानी; आजीविका; नमक।
46933 निमक हराम वि. जीविका चलाइदिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; निमेक हराम; कृतघ्न।
46934 निमक हरामी ना. निमकको सोझो नगर्ने भाव वा अवस्था।
46935 निमक हलाल वि. जीविका चलाइदिनेको अनुकूल काम गर्ने; निमकको सोझो चिताउने; कृतज्ञ।
46936 निमक हलाली ना. निमकको सोझो गर्ने क्रिया वा भाव; कृतज्ञता।
46937 निमग्न वि. १. कुनै काम, व्यवसाय वा अध्ययन आदिमा पूर्ण रूपले लागेको; तल्लीन; तन्मय।
46938 निमग्न वि. २. गहिराइमा पुगेको; डुबेको; मग्न।
46939 निमज्जन ना. पानीमा मारिने डुबुल्की; गोता।
46940 निमज्जित वि. डुबेको।
46941 निमठ्नु स.क्रि. १. कुनै वस्तु जोरले समातेर बाटिने गरी घुमाउनु; बटार्नु।
46942 निमठ्नु स.क्रि. २. बोट बिरुवाको मुन्टो निमोठ्नु; टाउको मर्काउनु।
46943 निमठ्नु स.क्रि. ३. कपडा आदि बटारेर निचोर्नु। अ.क्रि.
46944 निमठ्नु स.क्रि. ४. आन्द्रा बटारिने गरी पेट दुख्नु; पीडा हुनु।
46945 निमठाइ ना. निमठ्ने भाव, क्रिया वा प्रक्रिया।
46946 निमठिनु क.क्रि. १. निमठ्ने काम गरिनु। अ.क्रि.
46947 निमठिनु क.क्रि. २. निमठाइमा पर्नु।
46948 निमठ्याइ ना. निमठिने भाव, क्रिया वा प्रक्रिया; निमोठ्‌याइ।
46949 निमठ्याइनु क.क्रि. निमठ्न लाइनु।
46950 निमठ्याइलो वि. निमट्ठिएलाजस्तो; निमट्ठ्याइ-स्वाउँदो।