Dictionary

All Word

47051 नियतात्मा वि. आफूलाई नियन्त्रणमा राख्ने; संयमी।
47052 नियताप्ति ना. प्रबन्धकाव्यका आख्यानमा पाइने द्वन्द्व वा सङ्घर्षपछिको अवस्था; संस्कृत साहित्यशास्त्रका अनुसार कथावस्तुमा भएका अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, फलागम) मध्ये चौथो।
47053 नियति ना. १. भाग्य; प्रारब्ध; दैव।
47054 नियति ना. २. आत्मानुशासन; आत्मसंयम।
47055 नियति ना. ३. नियमबद्ध हुने प्रकृति।
47056 नियति ना. ४. दैवी वा स्वतः सिद्ध उपलब्धि।
47057 नियति ना. ५. दैवी प्रकोप।
47058 नियतिवाद ना. भाग्यवाद।
47059 नियतिवादी वि. नियति वा भाग्यमा विश्वास राख्ने।
47060 नियतेन्द्रिय वि. इन्द्रियलाई वशमा राख्ने।
47061 नियन्डरथल ना. नृतत्त्वशास्त्रका अनुसार जर्मनीको नियन्डरथल नामक स्थानमा पाइएको मानव; फ्रान्सको मुस्तेर मानवसित पूरापूर मिल्ने मानव; अश्मीभूत अस्थिअवशेषको रूपमा पाइएको चतुर्थ हिमयुगका समयको मानव; आजभन्दा पैँतिस हजार वर्षउताको अर्धसभ्य पुरापाषाणयुगीन मानव।
47062 नियन्तव्य वि. नियममा राख्न योग्य; नियममा राखिनुपर्ने।
47063 नियन्ता वि. १. नियन्त्रणमा राख्ने; अनुशासनमा राख्ने; नियामक। ना.
47064 नियन्ता वि. २. शासक।
47065 नियन्ता वि. ३. शिक्षक।
47066 नियन्ता वि. ४. हात्तीलाई तह लगाउने माहुते।
47067 नियन्ता वि. ५. परमेश्वर।
47068 नियन्ता वि. ६. सञ्चालक।
47069 नियन्त्रक वि. १. नियन्त्रण गर्ने; नियन्ता।
47070 नियन्त्रक वि. २. व्यवस्थापक। ना.
47071 नियन्त्रक वि. ३. कुनै विश्वविद्यालय वा यस्तै संस्थाको परीक्षा सम्पन्न गराउने प्रमुख (कन्ट्रोलर )।
47072 नियन्त्रण ना. १. नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधीनता।
47073 नियन्त्रण ना. २. शक्ति प्रयोगबाट हुने गरिने अशान्त स्थितिको दमन।
47074 नियन्त्रण कक्ष ना. रेडियो, चलचित्र आदिमा ध्वनिलाई ठिक-ठिक रूपमा चलाउने कक्ष (कन्ट्रोलर बुथ )।
47075 नियन्त्रित वि. १. नियन्त्रणमा राखिएको; स्थिति काबुमा लिइएको।
47076 नियन्त्रित वि. २. व्यवस्थित; नियमबद्ध।
47077 नियम ना. १. परम्परागत नीति, विधि,धार्मिक व्यवस्था आदिद्वारा व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त; रुल; काइदा।
47078 नियम ना. २. ऐनकानुनअन्तर्गत कार्यसञ्चालनको विधि; सवाल।
47079 नियम ना. ३. परम्परागत रीति वा व्यवस्था।
47080 नियम ना. ४. कुनै संस्था वा कार्यालय सञ्चालनका लागि तयार गरिएको लिखित कार्यप्रणाली।
47081 नियम ना. ५. पविता, सन्तोष, तपस्या, स्वाध्याय र ईश्वर चिन्तन गरिने, योगका आठ अङ्गमध्ये एक अङ्ग।
47082 नियम ना. ६. अनुशासन।
47083 नियमन ना. १. नियममा राख्ने वा रहने काम; नियमको बन्धन।
47084 नियमन ना. २. वश गर्ने कार्य; अनुशासन; नियन्त्रण।
47085 नियमन ना. ३. दबाउने काम; दमन; निग्रह।
47086 नियमनिष्ठा ना. १. परम्परागत नीति-नियमप्रतिको आस्था; नियममा कट्टर रहने स्थिति।
47087 नियमनिष्ठा ना. २. नियमपालन।
47088 नियमपत्र ना. नियमहरूको सूची; नियमावली।
47089 नियमपर वि. नियमअनुसार हुने वा चल्ने; नियमको पालक।
47090 नियमपरक वि. नियमसित सम्बन्धित।
47091 नियमपालन ना. नियमको अनुसरण।
47092 नियमबद्ध वि. १. नियममा बाँधिएको; नीति-नियन्त्रित।
47093 नियमबद्ध वि. २. नियमअनुसार चल्ने वा हुने।
47094 नियमापत्ति ना. कुनै सभा वा बैठकमा स्वीकृत कार्य-प्रणाली वा नियमका विरुद्ध कारणवश उठाइएको आपत्ति; नियम चित्त नबुझेर सो बदल्न वा हटाउन गरिएको जोडदार माग।
47095 नियमावली नियमहरूको समूह/सङ्ग्रह (उदा.- आर्थिक नियमालवली, प्रशासनिक नियमावली)।
47096 नियमित वि. १. नियममा बाँधिएको; नियमबद्ध।
47097 नियमित वि. २. नियम वा काइदाअनुसारको।
47098 नियमित वि. ३. कार्यालय वा शिक्षण संस्था आदिमा प्रायः सधैँ र ठिक समयमा उपस्थित हुने।
47099 नियमित वि. ४. सबै कुरा ठिकठिक समयमा भइरहने।
47100 नियमित वि. ५. निश्चित; निर्धारित।