Dictionary

All Word

47101 नियमितता ना. नियमित हुने भाव वा क्रिया।
47102 नियमी वि. नियमको अनुसरण गर्ने; नियमअनुसार चल्ने।
47103 नियाँ ना. १. सत्यअसत्य छुट्ट्याएर गरिएको निर्णय; न्याय; निया।
47104 नियाँ ना. २. दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ।
47105 नियाँ ना. ३. साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्य परीक्षा।
47106 नियाँनिसाप ना. निष्पक्ष न्याय; राम्रो इन्साफ; न्याय।
47107 नियाँस्रो ना. १. कुनै आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो।
47108 नियाँस्रो ना. २. सुनसान; एकलास।
47109 नियाँस्रो ना. ३. एकैनास भइरहने घटना वा कार्यप्रति हुने नरमाइलो भाव। वि.
47110 नियाँस्रो ना. ४. दिक्क लाग्ने वा लगाउने; उराठलाग्दो; नरमाइलो।
47111 निया ना. हे. नियाँ।
47112 नियात्रा ना. १. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप।
47113 नियात्रा ना. २. यात्रावर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध।
47114 नियामक वि. १. सामाजिक आचरणका लागि नियम बनाउने; स्थिति बाँध्ने।
47115 नियामक वि. २. प्रबन्ध मिलाउने; व्यवस्थापक। ना.
47116 नियामक वि. ३. माझी; बोटे; मल्लाह।
47117 नियामक वि. ४. सारथि।
47118 नियामक वि. ५. सर्वशक्तिमान् ईश्वर; विधाता।
47119 नियामक रेखा ना. भूगोलमा वर्णित अक्षांश र देशान्तरका रेखाहरू।
47120 नियाल्नु स.क्रि. १. कुनै व्यक्ति वा वस्तुलाई गडेर हेर्नु; ठम्याउने चेष्टा गर्नु।
47121 नियाल्नु स.क्रि. २. केलाउनु; ठिक-बेठिक पर्गेल्नु।
47122 नियालाइ ना. नियाल्ने क्रिया-प्रक्रिया।
47123 नियालाइनु क.क्रि. नियाल्ने पारिनु; नियाल्न लगाइनु।
47124 नियालाउनु प्रे. क्रि. नियाल्न लगाउनु।
47125 नियालिनु क.क्रि. नियाल्ने काम गरिनु।
47126 नियुक्त वि. १. कुनै काममा भर्ना गरिएको; भर्ती भएको।
47127 नियुक्त वि. २. लगाइएको; नियोजित।
47128 नियुक्त वि. ३. प्रेरणा दिइएको; प्रेरित।
47129 नियुक्ति ना. कुनै कार्यमा वेतन वा पारिश्रमिक पाउने गरी भर्ना हुने वा गर्ने काम; भर्ती; नियुक्त हुने कार्य।
47130 नियुक्ति अधिकार ना. कुनै पदमा कर्मचारी भर्ना गर्न पाउने अधिकार।
47131 नियुक्ति पत्र ना. भर्ना भएको प्रमाणपत्र।
47132 नियोक्ता वि. १. नियुक्ति गर्ने; काममा खटाउने। ना.
47133 नियोक्ता वि. २. भर्ना गर्ने व्यक्ति; नियोजक।
47134 नियोग ना. १. कुनै निकाय वा सङ्गठन।
47135 नियोग ना. २. सङ्घ; संस्था।
47136 नियोग ना. ३. निःसन्तान वा विधवा स्त्रीले पुरुष वा गुरुजनको आज्ञाद्वारा परपुरुषबाट क्षेत्रज सन्तान उत्पन्न गराउने काम।
47137 नियोगी वि. नियोग गर्ने।
47138 नियोजक वि. १. काममा लगाउने अधिकारप्राप्त; नियोक्ता। ना.
47139 नियोजक वि. २. भर्ना गर्ने व्यक्ति वा संस्था।
47140 नियोजन ना. १. नियन्त्रण; गर्भधारणविरुद्ध गरिने व्यवधान; निरोध।
47141 नियोजन ना. २. कुनै काममा तलब वा पारिश्रमिक पाउने गरी खटाउने काम; नियुक्ति।
47142 नियोजित वि. १. नियन्त्रित; रोकिएको।
47143 नियोजित वि. २. पूर्व आयोजित; पहिल्यै कामकुरा मिलाइएको।
47144 निर् उप. शब्द वा धातुका अगिल्तिर लागेर विभिन्न अर्थ बुझाउने उपसर्ग 'निस्' को अजन्त वर्ण अथवा घोष व्यञ्जनभन्दा पूर्व रहँदाको रूप (जस्तो- निरवयव, निरस्त्र, निर्दोष, निर्वाण इ.)।
47145 निरंश वि. १. अंशबाट ठगिएको; अंश नपाउने; अंश नछुट्ट्याइएको।
47146 निरंश वि. २. अंशविहीन। श्रनिरंशी - वि. निरंश।
47147 निर ना. १. निलो रङ।
47148 निर ना. २. निलो रङको एक प्रकारको मणि; नीलमणि।
47149 निर ना. बाटुला आकारका ससाना पात हुने, प्याजी रङका फूल फुल्ने, लामालामा कोसा फल्ने एक प्रकारको सानो बोट। (आयुर्वेदमा यसको गुण पेटसम्बन्धी रोगलाई नाश गर्ने बताइएको छ)।
47150 निर ना. यो. १. समीप; नजिक; नेर।