Dictionary

All Word

47151 निर ना. यो. २. सँगसँगै; आसपास। (उदा.- राम मनिर बस्यो। क्रि.वि.
47152 निर ना. यो. ३. निकटमा; समीपमा। (उदा.- ऊ अलि-अलि गर्दै निरनिर आइपुग्यो)।
47153 निरक्ष वि. / ना. अन्धो।
47154 निरक्षर वि. १. अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ।
47155 निरक्षर वि. २. मूर्ख; गँवार; असभ्य।
47156 निरक्षर भट्ट / भट्टाचार्य ना. पढ्न-लेख्न फुट्टी नजान्ने व्यक्ति; पटमूर्ख।
47157 निरग्नि वि. १. वैदिक धर्मअनुसार अग्निहोत्र नगर्ने; अग्निहोत्र यज्ञ गर्न छाडेको।
47158 निरग्नि वि. २. अवैदिक; वेदविरोधी।
47159 निरङ्कुश वि. १. कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको; बन्धनहीन; छाडा; स्वेच्छाचारी।
47160 निरङ्कुश वि. २. कुनै नियम वा संविधानको अधीनमा रही आफ्नै हुकुमलाई सर्वोपरि कानुन गराउने (शासक)।
47161 निरङ्कुश तन्त्र ना. निरङ्कुश शासक वा शासकसमुदायले चलाएको व्यवस्था।
47162 निरच्छेर वि. निरक्षर; अक्षर नजान्ने; लेखपढ गर्न नजान्ने; अनपढ; अपढ।
47163 निरच्छेरी ना. निरच्छेर रहेको अवस्था।
47164 निरञ्जन वि. १. आँखामा गाजल नलगाएको।
47165 निरञ्जन वि. २. दोष नभएको; निष्कलङ्क; निर्दोषी। ना
47166 निरञ्जन वि. ३. ईश्वर; परमात्मा।
47167 निरञ्जन वि. ४. पिसाब उत्सर्जन हुन नसक्ने वा बढी पिसाब फेर्न बाधा पर्ने एक रोग; निरञ्जन ग्रन्थि (प्रोस्टेट-ग्ल्यान्ड)।
47168 निरञ्जनी ना. १. सन्न्यासीहरूको एक सम्प्रदाय।
47169 निरञ्जनी ना. २. निरञ्जन-ग्रन्थि फुलेको रोगी।
47170 निरत वि. कुनै काममा लागेको; संलग्न; तल्लीन; तन्मय; एकाग्र।
47171 निरति ना. १. निकै बेर निरत हुने गुण वा अवस्था।
47172 निरति ना. २. प्रेम; आसक्ति; अनुराग।
47173 निरतिशय क्रि.वि. / वि. ज्यादै; अत्यधिक।
47174 निरनुनासिक वि. उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक।
47175 निरन्तर वि. १. बिचमा नटुटेको; व्यवधान नभएको।
47176 निरन्तर वि. २. लगातारको; बराबर; उस्तै किसिमको।
47177 निरन्तर वि. ३. नित्य; स्थायी। क्रि.वि.
47178 निरन्तर वि. ४. लगातार; क्रमैले।
47179 निरन्तरता ना. लगातार भइरहने क्रिया वा भाव; क्रमिकता; सातत्य।
47180 निरपराध वि. १. अपराध नभएको; अपराध नगरेको; निर्दोष; बेकसुर।
47181 निरपराध वि. २. दण्ड दिन अयोग्य; अदण्ड्य।
47182 निरपराधी वि. निरपराध; निर्दोष।
47183 निरपवाद वि. १. कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष।
47184 निरपवाद वि. २. सबै क्षेत्रमा समान रूपले लागु हुने।
47185 निरपवाद वि. ३. सबैद्वारा स्वीकृत; सर्वमान्य।
47186 निरपवाद वि. ४. अपवाद नभएको; अपवादविहीन।
47187 निरपेक्ष वि. १. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने।।
47188 निरपेक्ष वि. २. कुनै चासो नराखिएको; उपेक्षित।३. असम्बन्धित; सम्बन्धदेखि मुक्त।
47189 निरपेक्षा ना. १. बेवास्ता।
47190 निरपेक्षा ना. २. उपेक्षा।
47191 निरपेक्षित वि. वास्ता नगरिएको; उपेक्षित।
47192 निरपेक्षी वि. वास्ता नगर्ने; उपेक्षक; उदास।
47193 निर बिरालो ना. मुसाको जस्तो थुतुनु हुने, निलो रङको जङ्गली बिरालो।
47194 निरभिमान वि. १. अभिमान नभएको; घमन्ड नगर्ने।
47195 निरभिमान वि. २. उदार प्रकृति भएको; स्वच्छ।
47196 निरभिमानी वि. निरभिमान।
47197 निरभिलाष वि. अभिलाषा नभएको; कुनै कुराको चाहना नगर्ने; इच्छा नगर्ने।
47198 निरभिलाषी वि. निरभिलाष।
47199 निरर्गल वि. १. आग्लो नलागेको।
47200 निरर्गल वि. २. नछेकेको; कुनै किसिमको प्रतिबन्ध नलागेको।