Dictionary

All Word

47301 निरीक्षक वि. १. रेखदेख गर्ने, निरीक्षण गर्ने।
47302 निरीक्षक वि. २. परीक्षा लिने काममा अनियमितता हुनुबाट रोक्ने; परीक्षा कार्यलाई निष्पक्ष सम्पन्न गराउने। ना
47303 निरीक्षक वि. ३. प्रहरीको एक दर्जा; इन्स्पेक्टर।
47304 निरीक्षक वि. ४. निरीक्षणकर्ता।
47305 निरीक्षण ना. १. हेरचाह; रेखदेख।
47306 निरीक्षण ना. २. जाँच; परीक्षण।
47307 निरीक्षण ना. ३. कुनै काम ठिकसँग भए-नभएको जाँचबुझ गर्ने काम।
47308 निरीक्षणकर्ता ना. निरीक्षण गर्ने व्यक्ति।
47309 निरीक्षण भ्रमण ना. निरीक्षणका निम्ति काजमा जाने कार्य।
47310 निरीक्षणीय वि. निरीक्षण योग्य।
47311 निरीक्षित वि. रेखदेख गरिएको; जाँचिएको।
47312 निरीक्ष्य वि. निरीक्षण योग्य।
47313 निरीक्ष्यमाण वि. गरिँदै गरेको वा गर्दै रहेको।
47314 निरीश्वर वि. ईश्वर नमान्ने; नास्तिक; अनीश्वर।
47315 निरीश्वरवाद ना. ईश्वर नमान्ने सिद्धान्त; नास्तिकवाद।
47316 निरीश्वरवादी वि. ईश्वर नमान्ने मतको अनुयायी; अनीश्वरवादी।
47317 निरीह वि. १. कुनै वस्तुको चाहना नगर्ने; उदासीन।
47318 निरीह वि. २. चेतना-शक्तिको विकास नभएको; अदना।
47319 निरीह वि. ३. उद्योग नगर्ने।
47320 निरीहता ना. उदासीनता; वितृष्णा।
47321 निरीहा ना. १. चाहनाको अभाव; विरक्ति; निरीहता।
47322 निरीहा ना. २. चेतनाशक्तिको शून्यता।
47323 निरीहा ना. ३. चेष्टाहीनता; अकर्मण्यता। वि.
47324 निरीहा ना. ४. निरीह (नारी)।
47325 निरुक्त वि. १. तोकेर भनिएको; पक्कापक्की गरिएको। ना.
47326 निरुक्त वि. २. वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये एक अङ्ग।
47327 निरुक्त वि. ३. शब्दको व्युत्पत्ति र मूल रूपको व्याख्या गरिएको व्याकरणविशेष (जस्तै- यास्कको निरुक्त)।
47328 निरुक्ति ना. १. कुनै पद वा वाक्यको व्याकरण।
47329 निरुक्ति ना. २. शब्दको व्युत्पत्ति; निर्वचन।
47330 निरुत्तर वि. १. उत्तर दिन नसक्ने; नाजवाफ।
47331 निरुत्तर वि. २. जटिल प्रश्न वा तर्कको खण्डन गर्न नसक्ने।
47332 निरुत्तर वि. ३. अकाट्य।
47333 निरुत्तर वि. ४. चुप; मौन।
47334 निरुत्तरदायी वि. उत्तरदायित्व वहन नगर्ने; गैरजिम्मेवार।
47335 निरुत्तरित वि. निरुत्तर रहेको; उत्तर नदिइएको; उत्तर दिन बाँकी।
47336 निरुत्साह वि. १. उत्साह नभएको; केही गरौँ भन्ने उमेद नभएको; हतोत्साह। ना.
47337 निरुत्साह वि. २. उत्साहको अभाव; निष्क्रियता।
47338 निरुत्सुक वि. कुनै पनि काममा लाग्ने जाँगर हराएको; केही गरौँ भन्ने भावना मरेको; उत्सुक नभएको; उत्सुकतारहित।
47339 निरुद्देश्य वि. १. कुनै परिणामको आशा नभएको; उद्देश्य नभएको; लक्ष्यहीन; उद्देश्यविहीन।
47340 निरुद्देश्य वि. २. कामना नभएको; निष्काम।
47341 निरुद्देश्य वि. ३. अव्यावहारिक; मतिभ्रान्त।
47342 निरुद्ध वि. १. रोकिएको; अवरुद्ध।
47343 निरुद्ध वि. २. बाधा पुऱ्याइएको; प्रतिबन्धित।
47344 निरुद्यम वि. १. उद्योग वा इलम नभएको। ना.
47345 निरुद्यम वि. २. उद्यमको अभाव।
47346 निरुद्यमी वि. १. नयाँनयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी।
47347 निरुद्यमी वि. २. अल्छी।
47348 निरुद्योग वि. १. उद्योग नगर्ने; निरुद्यम।
47349 निरुद्योग वि. २. अल्छी। ना.
47350 निरुद्योग वि. ३. उद्योगको अभाव।