Dictionary

All Word

47401 निर्गुण वि. २. असल गुण नभएको; बैगुनी। ना.
47402 निर्गुण वि. ३. ईश्वर; ब्रह्म; परमात्मा।
47403 निर्गुण वि. ४. अविकारी ईश्वरलाई गरिने एक प्रकारको भजन वा उपासना।
47404 निर्गुण्डी ना. हरेक ठाउँमा ससाना पाँच-पाँचवटा पात लाग्ने र सेता, पहेँला, नीला रङका मञ्जरी फूल फुल्ने एक जातको बोट; सिँदुरे।
47405 निर्गुन ना. १. निर्गुण।
47406 निर्गुन ना. २. भजनको एक भेद।
47407 निर्घात ना. १. आघात; प्रहार।
47408 निर्घात ना. २. ध्वंस; नाश। ३ तुफान; आँधी। क्रि.वि.
47409 निर्घात ना. ४. धूमधामसँग; बेसरी।
47410 निर्धिनी वि. १. इज्जत नभएको; बेइज्जतीपूर्ण।
47411 निर्धिनी वि. २. तुच्छ; नीच।
47412 निर्धिनी वि. ३. घिन नमान्ने।
47413 निर्घोष ना. १. आवाज; शब्द; नाद; ध्वनि। वि.
47414 निर्घोष ना. २. ध्वनिरहित; आवाज नभएको।
47415 निर्छली वि. 'निर्छलो' को स्नेहार्थी रूप।
47416 निर्छलो वि. १. लाज-सरम नभएको; बेसर्मी।
47417 निर्छलो वि. २. नकच्चरो।
47418 निर्छलो वि. ३. छलकपट नगर्ने।
47419 निर्जन वि. १. कुनै प्राणीसम्म पनि नभएको; एउटा मान्छे पनि नभएको; एकान्त; सुनसान; एकलासे। ना.
47420 निर्जन वि. २. मरुभूमि; विकट प्रदेश।
47421 निर्जर वि. १. जरावस्था नआउने; कहिल्यै बुढो नहुने। ना.
47422 निर्जर वि. २. देवता।
47423 निर्जरा ना. गुर्जो (लता)।
47424 निर्जल वि. १. पानी नभएको; जलहीन।
47425 निर्जल वि. २. पानीसम्म खान पनि निषेध गरिएको (व्रत)। ना.
47426 निर्जल वि. ३. मरुभूमि।
47427 निर्जला ना. हिन्दू धर्मअनुसार कार्तिक महिनाभर पानीसम्म पनि नखाई तीर्थमा बसेर गरिने व्रत।
47428 निर्जला एकादशी ना. ज्येष्ठ शुक्ल एकादशी।
47429 निर्जलीय वि. जलविहीन।
47430 निर्जलीयता ना. पखाला, रक्तस्राव, अतिसारजस्ता रोग लागेर शरीरमा तरल द्रव्य घट्तै जाने प्रक्रिया (डिहाइड्रेसन )।
47431 निर्जीव वि. १. जीव वा प्राण नभएको; मरेको; मृत।
47432 निर्जीव वि. २. गतिहीन; जड।
47433 निर्जीव वि. ३. स्थावर।
47434 निर्जीवन वि. १. जीवन नभएको; मरेको।
47435 निर्जीवन वि. २. मारिएको; खतम गरिएको।
47436 निर्जीवन बिमा ना. घर, पसल, कारखाना आदिको बिमा।
47437 निर्जीवीकरण ना. जीवित प्राणीलाई निर्जीव बनाउने प्रक्रिया; हत्या।
47438 निर्झर ना. झर्ना; छहरा; प्रपात।
47439 निर्झरिणी ना. झर्नाबाट निस्केकी नदी; निर्झरी।
47440 निर्झरी ना. १. निर्झरिणी।
47441 निर्झरी ना. २. झर्ना भएको पहाड।
47442 निर्णय ना. १. पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो; फैसला।
47443 निर्णय ना. २. कुनै विवादास्पद विषयमा एक्लै वा सामूहिक रूपमा गरिने निधो।
47444 निर्णय ना. ३. दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको मत।
47445 निर्णय ना. ४. निधो।
47446 निर्णय क्षमता ना. निर्णय गर्ने शक्ति।
47447 निर्णय पुस्तिका ना. सभा वा बैठकमा पारित भएका प्रस्तावहरू लिपिबद्ध गर्ने वा टिप्ने कार्यालयीय अभिलेख (माइन्युट )।
47448 निर्णयात्मक वि. १. निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी।
47449 निर्णयात्मक वि. २. कुनै विवादास्पद विषयमा गरिएको निर्णयसँग सम्बन्धित।
47450 निर्णयात्मक वि. ३. निर्णय दिने; टुङ्गो लगाउने; निर्णायक।