Dictionary

All Word

47551 निर्मल वि. ३. देवतालाई चढाइएको वस्तु।
47552 निर्मल वि. ४. शालिग्रामलाई स्नान गराएको जल; निर्माल्य। (निम्बार्क सम्प्रदायअनुसार वैष्णव समाजमा निर्माल्यको प्रचलन पाइन्छ)।
47553 निर्मली ना. १. लाम्चा, ठुला पात, सेता फूल र बाटुला, थेप्चा फल हुने, आयुर्वेदमा शूलनाशक, आँखाको हित गर्ने र पानी सफा गर्ने गुण बताइएको एक जातको रुख; त्यसकै फल।
47554 निर्मली ना. २. सगरमाथा अञ्चलनेर सीमामा पर्ने एक भारतीय स्थल।
47555 निर्माण ना. १. घर, मन्दिर, सडक आदि बनाउने काम; रचना।२. बनेका भवन, सडक, मन्दिर आदि।
47556 निर्माणकर्ता/कारी वि. निर्माण गर्ने; बनाउने; सार्वजनिक पाठशाला, बाटो आदि तयार गर्ने।
47557 निर्माण यातायात ना. नेपाल सरकारको एक मन्त्रालय; आफ्नो मातहतमा भवन, सडक, पुल आदि सार्वजनिक निर्माणको काम गर्ने, मन्त्रालय, विभाग वा संस्था।
47558 निर्माण विद्या ना. निर्माणशिल्प।
47559 निर्माण शिल्प ना. निर्माणसँग सम्बन्धित शास्त्र।
47560 निर्माण स्थल ना. निर्माण भइरहेको ठाउँ।
47561 निर्माणात्मक वि. निर्माणसम्बन्धी; रचनात्मक।
47562 निर्माणोन्मुख वि. भर्खर-भर्खर बन्न लागेको।
47563 निर्माता वि. १. बनाउने; भवन, सडक आदिको निर्माण गर्ने; रचयिता। ना.
47564 निर्माता वि. २. ईश्वर; परमात्मा।
47565 निर्माया वि . १. माया नभएको; निठुरी।
47566 निर्माया वि . २. एकअर्काको हृदय चिन्न नसक्ने (प्रेमी वा प्रेमिका)।
47567 निर्माल्य ना. १. वैष्णव सम्प्रदायअनुसार विष्णुलाई चढाइएको वस्तु; कुनै देवताको प्रसाद।
47568 निर्माल्य ना. २. शालिग्राम, देवमूर्ति आदि देवतालाई स्नान गराइएको पञ्चामृतसहितको जल; देवतालाई नुहाइदिइएको जल।
47569 निर्मित वि. बनाइसकिएको; बनेको; तयार, रचित।
47570 निर्मुक्त वि. पूर्ण रूपले मुक्ति पाएको; पूरै मुक्त।
47571 निर्मुक्ति ना. निर्मुक्त हुनाको भाव वा स्थिति; पूर्ण मुक्ति।
47572 निर्मूल वि . १. मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको।
47573 निर्मूल वि . २. पूरै सखाप पारिएको; बिउसम्म पनि नरहने गरी मासिएको।
47574 निर्मूलन ना. १. निर्मूल पार्ने काम; उन्मूलन।
47575 निर्मूलन ना. २. पूर्ण विनाश; सखाप।
47576 निर्मोक्ष वि. सांसारिक प्रपञ्चमा नफस्ने; माया-मोह नभएको; मुक्त।
47577 निर्मोचन ना. १. सर्पले काँचुली फेरे जस्तै प्रत्येक वर्ष चराहरूले पनि प्रजनन समयपछि प्वाँख फेर्ने प्रक्रिया।
47578 निर्मोचन ना. २. छुटकारा; मुक्ति।
47579 निर्मोह वि. १. मोहमा नअल्झेको। ना.
47580 निर्मोह वि. २. मोहको अभाव।
47581 निर्मोही वि. माया-मोह नभएको; निठुरी।
47582 निर्याण ना. १. बाहिर जाने काम; निष्क्रमण।
47583 निर्याण ना. २. मृत्यु।
47584 निर्याण ना. ३. निर्वाण; मोक्ष।
47585 निर्याण ना. ४. पशुका खुट्टामा बाँध्ने दाम्लो; खुट्टे; खुट्टेसो।
47586 निर्यात वि. १. निस्केको; बाहिरिएको।
47587 निर्यात वि. २. एक देशबाट अर्को देशमा पठाइएको (माल)। ना.
47588 निर्यात वि. ३. कुनै एक देशबाट अर्को देशमा मालसामान पठाउने काम; निकासी।
47589 निर्यातकर ना. बाहिरी देशमा निकासी गरिने मालमा लाग्ने महसुल; निर्यात गर्ने मालमा लाग्ने कर।
47590 निर्यातकर्ता ना. एक देशबाट अर्को देशमा कुनै मालसामान निकासी गर्न सरकारबाट प्रमाण पाएको व्यक्ति; निकासी गर्ने मान्छे।
47591 निर्यातन ना. धरौट राखेको माल फिर्ता लिने काम; ऋण तिर्ने काम; बदला लिने प्रक्रिया।
47592 निर्यातित वि. बाहिरी देशमा निकासी गरिएको ( मालसामान )।
47593 निर्यास वि. १. सल्लो आदिका रुखबाट निस्कने गुँद; चोप; खोटो।
47594 निर्यास वि. २. रुखको बाहिरी बोक्रो।
47595 निर्यास वि. ३. काँडा; क्वाथ।
47596 निर्लज्ज वि. १. लाज नभएको; सरम नमान्ने; नकच्चरो। क्रि.वि.
47597 निर्लज्ज वि. २. कुनै सङ्कोच नमानीकन; विना कुनै हिचकिचाहट।
47598 निर्लज्जता ना. कुनै प्रकारको सरम वा लाज नमान्ने भाव वा प्रवृत्ति।
47599 निर्लिप्त वि. १. सांसारिक मोहबन्धनमा नभुल्ने; राग, द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने।
47600 निर्लिप्त वि. २. लिप्त नभएको; कसैसित कुनै सम्बन्ध नभएको; स्वतन्त्र।