Dictionary

All Word

47701 निलोत्पल ना. नीलकमल।
47702 निलोत्पल विजयसार ना. निलो रङको काठ हुने एक जातको सदाबहार विजयसार।
47703 निल्नु स.क्रि. मुखमा हालेर घाँटीबाट तल छिराउनु; खानु।
47704 निवपन ना. १. छराइ; रोपाइ।
47705 निवपन ना. २. पितृपक्षमा छरिने अन्नका दाना; सद्बीउ।
47706 निवसन ना. लुगा; वस्त्र; वसन।
47707 निवह ना. १. समूह; समुदाय।
47708 निवह ना. २. सात वायुमध्ये एक वायु।
47709 निवार ना. वनमा स्वतः फल्ने धान; मुनिधान्य; व्रत बस्दा खाइने अन्नविशेष; नाभो।
47710 निवारक कानुन ना. राष्ट्रको सुरक्षाका दृष्टिले कसैलाई केही समयका लागि ऐनबमोजिम थुनामा राख्ने कानुन।
47711 निवारक वि. निवारण गर्ने; हटाउने; रोक्ने।
47712 निवारण ना. १. कुनै काम गर्नुबाट रोक्ने काम; पन्छाउने काम; अपसारण।
47713 निवारण ना. २. रोक; रोकावट; छेको।
47714 निवारणीय वि. १. निवारण गर्न लायक; छेक्न योग्य।
47715 निवारणीय वि. २. रोकावट गर्न सकिने; हटाउन सकिने।
47716 निवास ना. १. निजी वासस्थानमा अथवा अरूकै घरकोठामा बस्ने काम; रहने काम।
47717 निवास ना. २. स्थान; आश्रम; घर; डेरा।
47718 निवास ना. ३. क्षणिक वास बस्ने काम।
47719 निवास स्थान ना. बस्ने ठाउँ; भवन; घर; डेरा; वास।
47720 निवासी वि. निवास गर्ने; बस्ने।
47721 निविड वि. १. झाङ्गिएको; बाक्लो; घना।
47722 निविड वि. २. घोर; डरलाग्दो; भयङ्कर।
47723 निविदा ना. कुनै संस्था वा कार्यालयबाट बनाइने भवन, सडक आदिको नापनक्साबमोजिम ठेक्कामा बनाउन स्वीकार गरिने पत्र; बोलपत्र।
47724 निविष्ट वि. १. निवेश बनाएर बसेको; स्थित; आसीन।
47725 निविष्ट वि. २. प्रवेश गरेको; छिरेको।
47726 निविष्ट वि. ३. एकाग्र पारिएको ( मन )।
47727 निविष्टता ना. निविष्ट हुनाको भाव, क्रिया वा स्थिति।
47728 निविष्टि ना. निविष्ट हुने काम; प्रवेश।
47729 निवीत ना. १. जनै; यज्ञोपवीत; ब्रह्मसूत्र।
47730 निवीत ना. २. ओढ्ने वस्त्र; पछ्यौरा; खास्टो।
47731 निवृत्त वि. १. कुनै कामकुरा, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको।
47732 निवृत्त वि. २. फिर्ता भएको; फर्केको; फिरेको।
47733 निवृत्त वि. ३. गर्नुपर्ने काम सकिएको; समाप्त।
47734 निवृत्त वि. ४. अवकाश पाएको; नोकरीको अवधि पूरा भएको।
47735 निवृत्ति ना. १. हट्ने काम; मुक्ति; छुटकारा।
47736 निवृत्ति ना. २. पन्छने वा तर्कने प्रक्रिया।
47737 निवृत्ति ना. ३. सकिएको स्थिति; समाप्ति।
47738 निवृत्तिभरण ना. कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउने निर्वाह-भत्ता; पेन्सन।
47739 निवेदक वि. निवेदन गर्ने; प्रार्थी; आवेदक।
47740 निवेदन ना. १. विनम्र भनाइ; बिन्ती; प्रार्थना।
47741 निवेदन ना. २. चढाउने काम; समर्पण।
47742 निवेदन पत्र ना. संस्था वा कार्यालय आदिमा कुनै काम पाऊँ वा गरिपाऊँ भनी लेखिने कागज; बिन्तीपत्र; दर्खास्त।
47743 निवेदित वि. निवेदन गरिएको।
47744 निवेश ना. १. पस्ने काम; प्रवेश।
47745 निवेश ना. २. वासस्थान; घर।
47746 निवेश ना. ३. विवाह।
47747 निशा ना. रात; रात्रि; रजनी।
47748 निशाकपि अनुगण ना. निशाकपि जस्तै साना जातको वानरसमूह।
47749 निशाकपि ना. नृतत्त्वशास्त्रअनुसार दिनमा निष्क्रिय र रातमा सक्रिय रहने वानर; निशाकपि अनुगणमा पर्ने एक प्रकारको सानो वानर।
47750 निशाकर ना. चन्द्रमा।