Dictionary

All Word

47801 निश्चेष्टता ना. १. निश्चेष्ट हुनाको भाव वा अवस्था; अरू ठाउँमा सर्ने प्रवृत्तिको अभाव; स्थिरता।
47802 निश्चेष्टता ना. २. चेष्टाविहीनता।
47803 निश्छल वि. १. अरूलाई धोका नदिने; छलकपट नगर्ने; निष्कपट।
47804 निश्छल वि. २. स्वच्छ हृदयको।
47805 निश्छलता ना. निश्छल हुनाको भाव वा स्थिति; निष्कपटता।
47806 निश्वस्त वि. १. निश्वास फालिएको।
47807 निश्वस्त वि. २. निश्वास निकाल्दा उच्चारण गरिएको (ध्वनि आदि)।
47808 निश्वास ना. १. नाक वा मुखबाट निस्केको सास; शरीरको श्वासप्रश्वासको प्रक्रियामा भित्रबाट बाहिर जाने वायु।
47809 निश्वास ना. २. प्राणवायु;नाकबाट निस्कने प्रक्रिया।
47810 निश्वास ना. ३. लामो सास; सुस्केरा।
47811 निश्शक्त वि. शक्ति नभएको; विनातागतको; शक्तिहीन।
47812 निश्शङ्क वि. विनाशङ्काको; शङ्कारहित; सन्देहरहित।
47813 निश्शब्द वि. आवाजविनाको; शब्दहीन।
47814 निश्शस्त्र वि. हतियार नभएको; शस्त्रहीन।
47815 निश्शस्त्रीकरण ना. हातहतियारले रहित पार्ने काम; शस्त्र हटाउने काम; कुनै देश वा देशहरूमा आपसी सम्झौताबाट हतियारहरू कम गर्दै जाने नीति।
47816 निश्शस्त्रीकृत वि. निश्शस्त्रीकरण गरिएको।
47817 निश्शुल्क वि. १. शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने; फिस बुझाउनु नपर्ने; निःशुल्क। क्रि.वि.
47818 निश्शुल्क वि. २. पारिश्रमिक नलिईकन; विनावेतन।
47819 निश्शेष वि. १. केही पनि बाँकी नरहेको; शेष नभएको।
47820 निश्शेष वि. २. सिद्धिएको; समाप्त।
47821 निषङ्ग ना. १. बाण, शर राखेर पिठ्युँमा भिर्ने भाँडो; ठोक्रो।
47822 निषङ्ग ना. २. तरबार; खड्ग।
47823 निषङ्ग ना. ३. एकता; मेल।
47824 निषङ्गी वि. १. ठोक्रो भिर्ने। ना.
47825 निषङ्गी वि. २. व्याधा।
47826 निषाद ना. १. एक प्राचीन अनार्य जाति।
47827 निषाद ना. २. सङ्गीतका सात स्वरमध्ये एक स्वर।
47828 निषाद ना. ३. ब्राह्मणद्वारा शूद्रकन्याबाट जन्माइएको वर्णसङ्कर जाति।
47829 निषादी ना. माहुते।
47830 निषिद्ध वि. १. निषेध गरिएको; रोक लगाइएको; वर्जित।
47831 निषिद्ध वि. २. दूषित; दोषले पूर्ण।
47832 निषिद्ध वि. ३. खराब; काम नलाग्ने।
47833 निषेचन ना. १. सेचन गर्ने काम; छर्कने प्रक्रिया।
47834 निषेचन ना. २. भिजाउने काम; आर्द्रीकरण।
47835 निषेध ना. १. रोक लगाउने काम; वर्जन; मनाही।
47836 निषेध ना. २. बाधा; प्रतिबन्ध; अड्को।
47837 निषेधक वि. रोक लगाउने; निषेध गर्ने; रोक्ने।
47838 निषेधाज्ञा ना. १. कतैकहीँ कुनै अवाञ्छित काम भएगरेमा वा गर्ने आशङ्का देखिएमा त्यसबाट हानि हुने पक्षले अदालतमा उजुरी परेको बखत सम्बन्धित अदालतबाट त्यस्तो कार्य नगर्न प्रतिवादी पक्षलाई दिइने आदेश।
47839 निषेधाज्ञा ना. २. कुनै सङ्कटको स्थितिमा मालसामानको आयातनिर्यात वा परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश; मालसामान वा सेवाको निकासी पैठारीमा लाइने प्रतिबन्ध वा नियन्त्रण।
47840 निषेधात्मक वि. निषेध गरिएको; अस्वीकृति वा अभाव बुझाउने; नकारात्मक।
47841 निषेधात्मकता ना. निषेधात्मक हुनाको भाव वा अवस्था।
47842 निषेधाधिकार ना. १. कुनै प्रस्तावित कार्यलाई अस्वीकृत गरेर रोक्ने अधिकारी; आफ्नो अस्वीकृति अरूमा पनि सक्रिय गराउने हक।
47843 निषेधाधिकार ना. २. संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्रस्तावित कार्यमा रोक लगाउने अधिकार; विशेषाधिकार; भिटो।
47844 निषेधित वि. निषेध गरिएको; रोक लगाइएको।
47845 निष्क ना. १. एक प्रकारको स्वर्णमुद्रा ( एक कर्ष बराबरको )।
47846 निष्क ना. २. गलामा पहिरने सुनको गहना।
47847 निष्क ना. ३. सुन।
47848 निष्कण्टक वि. १. काँडा नभएको; स्निग्ध।
47849 निष्कण्टक वि. २. बिघ्न- बाधा केही नभएको; निर्विघ्न।
47850 निष्कण्टक वि. ३. प्रतिद्वन्द्वी नभएको; कुनै शत्रु नभएको; एकलौटी। क्रि.वि.