Dictionary

All Word

47901 निष्क्रियता ना. अकर्मण्यता।
47902 निष्क्लेश वि. क्लेश, चिन्ता वा फिक्री नभएको।
47903 निष्ठ वि. १. रहेको; काममा लागेको; कर्तव्यमा संलग्न।
47904 निष्ठ वि. २. कुनै काममा आस्था वा श्रद्धा राख्ने; निष्ठावान्।
47905 निष्ठ वि. ३. ठहऱ्याइएको; प्रमाणित।
47906 निष्ठा ना. १. कुनै कामविशेषमा अथवा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था।
47907 निष्ठा ना. २. अवस्थिति; आधार।
47908 निष्ठा ना. ३. विश्वास।
47909 निष्ठाकर्म ना. चोखीनिती; आचारविचार; धार्मिक कार्य।
47910 निष्ठाकाष्ठा ना. पुरानो रूढि र अन्धधारणालाई तर्कविना अनुसरण गर्ने काम।
47911 निष्ठावान् वि. निष्ठा भएको; श्रद्धा राख्ने; आस्थावान्।
47912 निष्ठित वि. निष्ठा भएको; निष्ठामा रहेको।
47913 निष्ठुर वि. १. कठोर हृदय भएको; उज्जन्ड।
47914 निष्ठुर वि. २. निठुरी; निर्दयी।
47915 निष्ठुरता ना. निष्ठुर बन्ने क्रिया वा स्वभाव; निठुरीपन; क्रूरता।
47916 निष्णात वि. १. सिपालु; कुशल; निपुण।
47917 निष्णात वि. २. कुनै विषयमा आधिकारिक जानकारी राख्ने; विशेषज्ञ।
47918 निष्पक्ष वि. १. वादी, प्रतिवादीमध्ये कसैको पक्षमा नलाग्ने; पक्षपात नगर्ने।
47919 निष्पक्ष वि. २. मध्यस्थ; तटस्थ; ब्रह्मले देखेको निर्णय दिने।
47920 निष्पक्षता ना. निष्पक्ष हुनाको भाव वा स्थिति; पक्षपात नगरिने क्रिया वा नीति।
47921 निष्पत्ति ना. १. पैदा हुने काम; उत्पत्ति।
47922 निष्पत्ति ना. २. प्रमाणद्वारा सिद्ध भएको स्थिति; निर्माण।३.व्युत्पत्ति; व्याकरण, कोश आदिबाट प्रमाणित स्थिति।
47923 निष्पत्र वि. १. पत्र वा पात नभएको; पातविनाको; पत्ररहित।
47924 निष्पत्र वि. २. प्वाँख नभएको; प्वाँखविनाको।
47925 निष्पन्द वि. स्पन्दन वा गति नभएको; निश्चल; स्थिर।
47926 निष्पन्न वि. १. उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको।
47927 निष्पन्न वि. २. सिद्धिएको; समाप्त।
47928 निष्पन्न वि. ३. व्याकरण, कोश आदिबाट व्युत्पन्न।
47929 निष्परिग्रह वि. १. विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहित।
47930 निष्परिग्रह वि. २. जहान, परिवारको सङ्ग्रह नगर्ने; विवाह नभएको; अविवाहित।
47931 निष्परिग्रह वि. ३. कुनै पनि दान नलिने; अपरिग्राही। ना.
47932 निष्परिग्रह वि. ४. दण्ड, कमण्डलु आदिको समेत सङ्ग्रह नगर्ने सन्न्यासी।
47933 निष्पादन ना. अरूबाट दिइएको वा स्वयम् थालिएको काम पूरा भएको अवस्था; तामेली।
47934 निष्पादित वि. १. सम्पन्न गरिएको; तामेल भएको (काम)।
47935 निष्पादित वि. २. व्याकरण, कोश आदिबाट व्युत्पत्ति गरिएको; व्युत्पादित।
47936 निष्पाप वि. १. अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने।
47937 निष्पाप वि. २. कुनै आरोप वा कलङ्क नलागेको; निष्कलङ्क।
47938 निष्पीडन ना. रस चुहुने गरी थिच्ने वा अँठ्‌याउने काम; निचोर्ने काम।
47939 निष्पुत्र वि. छोराछोरी नभएको; अपूतो।
47940 निष्पौरुष वि. पुरुषत्व वा पराक्रम नभएको।
47941 निष्प्रताप वि. बल नभएको।
47942 निष्प्रतिकार वि. साटो फेर्न नसकिने; प्रतिकारको कुनै उपाय नभएको।
47943 निष्प्रभ वि. १. प्रभाव वा प्रकाश नभएको; निस्तेज।
47944 निष्प्रभ वि. २. शक्ति नभएको; सामर्थ्यहीन।
47945 निष्प्रयोजन वि. १. विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको।
47946 निष्प्रयोजन वि. २. निःस्वार्थ। क्रि.वि.
47947 निष्प्रयोजन वि. ३. बिनसित्ति; अनाहक।
47948 निष्प्राण वि. १. प्राण नभएको; मरेको; निर्जीव।
47949 निष्प्राण वि. २. शक्तिहीन; निस्तेज।
47950 निष्फल वि. १. कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने।