Dictionary

All Word

48001 निस्तब्ध वि. २. हलचल केही गर्न नसक्ने; स्थिर।
48002 निस्तब्ध वि. ३. जड पदार्थ जस्तै निश्चेष्ट।
48003 निस्तब्धता ना. सुनसान अवस्थाको भाव; सन्नाटा, चकमन्याइँ।
48004 निस्तरण ना. १. नदी आदिबाट पार लाग्ने काम; तर्ने काम।
48005 निस्तरण ना. २. काम फत्ते भएको स्थिति।
48006 निस्तरण ना. ३. छुटकारा; निस्तार।
48007 निस्तार ना. १. पार पाउने काम; तर्ने काम।
48008 निस्तार ना. २. छुटकारा; मुक्ति।
48009 निस्तार ना. ३. कुनै काम वा कुराबाट धर पाएको स्थिति।
48010 निस्तार ना. ४. उपाय; युक्ति।
48011 निस्तारक वि. १. कुनै कामबाट पार लगाइदिने।
48012 निस्तारक वि. २. छुटकारा दिलाउने, मुक्त गराउने।
48013 निस्तारण ना. १. पार लगाउने काम; तार्ने काम; उद्धार।
48014 निस्तारण ना. २. जित्ने काम; विजय।
48015 निस्तिनु अ.क्रि. १. नमुछिनु; निस्तो हुनु।
48016 निस्तिनु अ.क्रि. २. उत्कण्ठित हुनु; उत्सुक हुनु।
48017 निस्तिनु अ.क्रि. ३. न्यास्रो लाग्नु।
48018 निस्ती ना. १. काठ काट्दा आरावालले नापोका निम्ति प्रयोग गर्ने उपकरण।
48019 निस्ती ना. २. मिति; टुङ्गो।
48020 निस्ती ना. १. कुनै बेला सङ्कट पर्ने वा पार्ने काम।
48021 निस्ती ना. २. सङ्कट।
48022 निस्तुक ना. १. पक्कापक्की; निश्चय; टुङ्गो; निधो। वि.
48023 निस्तुक ना. २. मुद्रा ढाल्दा त्यसमा मिलाउन तोकिएअनुसारको धातु वा धातुको परिमाण।
48024 निस्तेज वि. १. तेज वा प्रकाश नभएको; अन्धकारयुक्त।
48025 निस्तेज वि. २. शक्ति नभएको; निर्धो।
48026 निस्तो वि. १. सहायक खाद्यवस्तु नभएको; अचार, तरकारी, दाल आदि केही नभएको (खानेकुरो )।
48027 निस्तो वि. २. नमुछिएको; बुगुल्टो।
48028 निस्तो वि. ३. निरस; रसहीन; उराठलाग्दो।
48029 निस्त्याइ ना. निस्तिने क्रियाप्रक्रिया।
48030 निस्त्याइनु अ.क्रि. नरमाइलो अनुभव गर्ने होइनु।
48031 निस्त्याउनु अ.क्रि. नरमाइलो अनुभव गर्ने हुनु।
48032 निस्त्याहट ना. नरमाइलो अनुभवगराइ।
48033 निस्त्रैगुण्य वि. सत्त्वगुण, रजोगुण र तमोगुण नभएको; त्रैगुण्यरहित।
48034 निस्पट्ट वि. १. कतै कहीँ केही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार।
48035 निस्पट्ट वि. २. विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति)।
48036 निस्पन्द वि. १. स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द।
48037 निस्पन्द वि. २. अचल; स्थिर।
48038 निस्पृह वि. १. स्पृहा वा आकाङ्क्षा नभएको; निराकाङ्क्षा; निस्पृह।
48039 निस्पृह वि. २. वैरागी; विरक्त।
48040 निस्याइलो वि. सुनसान किसिमको; उराठलाग्दो; नरमाइलो।
48041 निस्लोट वि. १. खुबसँग जरो आएको; जरोको तापक्रम बढी भएर होसहवास गुमेजस्तो भएको; ज्वरग्रस्त।
48042 निस्लोट वि. २. रोगले आक्रान्त।
48043 निस्सङ्कोच वि. १. सङ्कोच नभएको; हिचकिचाहट नभएको; निसङ्कोच। क्रि.वि.
48044 निस्सङ्कोच वि. २. धक नमानीकन; नअनकनाईकन।
48045 निस्सङ्ग वि. १. कसैसँग पनि सम्बन्ध नराख्ने; सङ्गत गर्न नचाहने; निसङ्ग।
48046 निस्सङ्ग वि. २. सांसारिक विषयवासनादेखि अलग रहेको।
48047 निस्सङ्ग वि. ३. एक्लो।
48048 निस्सङ्ग वि. ४. निर्जन; एकान्त।
48049 निस्सत्त्व वि. १. सत्त्व नभएको; भित्री गुण नभएको; सारहीन; निःसत्त्व।
48050 निस्सत्त्व वि. २. शक्तिहीन; कमजोर।